समाज लघुवित्तको आईपीओ भदौ ४ गतेदेखि भर्न पाइने, कति दिने आवेदन ?

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आईपीओ आगामी ४ गतेदेखि भर्न पाइने भएको छ । संस्थाले सो दिनदेखि ८६ लाख रुपैयाँ बराबरको अर्थात प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ८६ हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । कूल ८६ हजार कित्ता साधारण सेयर मध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरिने संस्थाले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ १८ गते हुनेछ ।

सिटी एक्सप्रेसद्वारा ‘हरेक कारोबारमा आकर्षक उपहार’ याेजनाका विजेताहरु घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरुलाई लक्षित गर्दै साउदीकै ईनाज बैंक एल बिलाडसँगको सहकार्यमा सुरु गरेकाे योजनाको विजेता घोषण गरेको छ । यस योजना अन्तर्गत ४५ जना बिजेताहरुले सिसटी म्याक्स सपिङ भाउचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जना भाग्यशाली बिजेताहरुले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो । सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुप हवाई टिकट जित्न सफल भएका छन् । यस कोभिड-१९ महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २ हजार साउदी रियाल प्राप्त गरेको छन् ।

ओटीसी बजारमा नेपाल बैंकसहित एक सय २३ कम्पनी दर्ता, कुन कुन ?

काठमाडौं । ओभर द काउन्टर(ओटीसी) बजारमा कूल एक सय २३ कम्पनी दर्ता(सूचीकृत) भएका छन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)का अनुसार हाल उक्त बजारमा वाणिज्य बैंक, विकास बैंक, हाइड्रो लगायतका विभिन्न क्षेत्रको गरी सो मात्राको कम्पनी दर्ता भएका हुन् । उक्त बजारमा नेप्सेबाट सूचीकरण खारेज भएका र सूचीकरण हुन नसकेका कम्पनीको सेयर कारोबार गराइन्छ । दोश्रो बजारको बैंकल्पिक मानिने यो बजार नेप्सेबाट नै सञ्चालित हुने छ । ओटीसी बजारमा सूचीकृत कम्पनीहरुको नामावलीः [pdf id=231822]