तारागाँउ रिजेन्सी होटलले घोषणा गर्यो गत वर्षको लाभांश
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । होटल्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । जसलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने छन् । हाल होटल्सको चुक्ता पुँजी एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यसको १० प्रतिशत लाभांश कर सहितले १८ करोड ८३ लाख ६५ हजार ४ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश अघिल्लाे आर्थिक वर्षकाे तुलनामा २ प्रतिशतले कम हाे । हाेटल्सले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
बुक बिल्डिङ्गमार्फत सेयर जारी गर्न ४६ संस्था मात्रै योग्य, कुन कुन ?
काठमाडौं । बुक बिल्डिङ्ग बिधिमार्फत धितोपत्रको सार्वजनिक निष्काशन गर्न ४६ संस्था मात्रै योग्य रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार निवेदन परेका ६२ संस्थाहरुमध्ये ४६ वटा संस्था मात्रै योग्य रहेका हुन् । बोर्डले निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति दिएको हो । योग्य संस्थागत लगानीकर्तामा ४ वाणिज्य बैंक पनि रहेका छन् । २७ वाणिज्य बैंकमध्ये ग्लाेबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकले पनि बुक बिल्डिङ्ग मार्फत सेयर जारी गर्न पाउने भएका छन् । यससँगै योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजानिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डको अपेक्षा रहेको छ । कुन कुनले पाए स्वीकृति ?
सिँगटी हाइड्रोलाई आईपीओ जारी गर्न बोर्डको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिँगटी हाइड्रो इनर्जी लिमिटेडलाई प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले पुस २१ गते सिँगटी हाइड्रोलाई ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । यससँगै हाइड्रोले स्थानीय र सर्वसाधारणलाई गरी कूल ४३ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँदरका ४३ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राख्ने छ । उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।