ऋण त लिने तर कसरी र कहाँबाट लिने ? मेगा क्यापिटलले दिँदै छ निःशुल्क परामर्श

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले ऋण लिन चाहने व्यवसायी, उद्यमी तथा संस्थालाई निशुल्क परामर्श दिने भएकाे छ । कोभिड-१९ को प्रकोपले सृजना भएको परिस्थिति तथा नेपालका व्यवसाय, उद्यमी, संस्थाहरुलाई पारेको असरलाई मध्यनजर गर्दै क्यापिटलले व्यवसायलाई सञ्चालन गर्न, पुनर्जीवन गर्न तथा व्यवसाय विस्तार र वृद्धि गर्न आवश्यक बैंक तथा वित्तीय संस्थाबाट ऋण सुविधा जुटाउन आवश्यक सल्लाह निःशुल्क प्रदान गर्ने भएकाे हाे । साथै, वित्तीय बजारमा लामो समयदेखि रहि आएको सर्वसाधारण जनता, साना तथा मझौला उद्यमीहरु र उद्यम गर्न चाहनेहरुको बैंक तथा वित्तीय संस्थाहरुसंगको दुरी, बैंक तथा वित्तीय संस्थाहरुसंग सहीऋण कसरी लिने र कसरी त्यसबाट लाभप्राप्तगर्न सकिन्छ भन्ने ज्ञानको अभावलाई घटाउन उचित उपाय र परामर्श मेगा क्यापिटल मार्केट्सले दिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले बताए । सो सेवा अन्तर्गतयस क्यापिटलको लेखा, लेखा परीक्षण, जोखिम व्यवस्थापन, व्यवसाय संचालनमा दक्षता तथा कार्य अनुभव भएको उच्च व्यवस्थापनको कर्मचारीबाट उक्त परामर्श तथा सल्लाह प्रदान गरिने व्यवस्था मिलाईएको छ । उक्त परामर्शले तुलनात्मक हिसाबले, सस्तो पुँजीको श्रोत, ऋण सुविधा लिन तथा आवश्यक प्रक्रिया सरलता र ऋणमा पहुँच वृद्धि गर्नेछ । हाल बजारमा विध्यमान अत्याधिक तरलताको कारणले सस्तो व्याजदरमा ऋण सुविधा प्रदान भईरहेको हुनाले व्यवसायीले कम लगतमा व्यवसायलाई पुनरुत्थान गर्न तथा व्यवसाय विस्तार गर्न सहज हुने विश्वास कम्पनीले राखेको छ । व्यवसाय र नवीनतम ज्ञान, सिप र क्षमता भएका आविश्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थाहरुलाई निजहरुको योजना, सोच अनुरुपको व्यवसाय सफल पार्न समेत उक्त सेवाले सहज गर्ने कम्पनीकाे आशा छ ।

अब लाइनमा होईन अनलाइनमै डिम्याट खाता खोल्न सकिने, नम्बर पनि १ घण्टा भित्रै पाइने

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले “एनआईसी एशिया अनलाइन डिम्याट” सेवा सञ्चालन गरेको छ । पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासो बारम्बार आईरहेकोले हुँदा सर्वसाधारणलाई प्रविधिको प्रयोग मार्फत तुरुन्त डिम्याट खाता नम्बर उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ क्यापिटलले उक्त सेवा सञ्चालन गरेको हो । क्यापिटलले “एनआईसी एशिया अनलाइन डिम्याट” सेवा संचालन गरेको उपलक्ष्यमा २०७७ साल माघ मसान्तसम्म अनलाइन मार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता नि:शुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । हाललाई यो सेवा काठमाडौं उपत्यका भित्र मात्र उपलब्ध हुनेछ । साथै, निकट भविष्यमा काठमाडौं उपत्यका बाहिरबाट समेत अनलाइन मार्फत डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाइने क्यापिटलले जानकारी गराएको छ । अनलाइन मार्फत डिम्याट खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै यसमा क्लिक गरि रितपुर्वक विवरण भरी उक्त विवरण सक्सेस्फुल्ली सब्मिसन भएको १ घण्टा भित्र डिम्याट खाता नम्बर उपलब्ध गराईने क्यापिटलले जानकारी गराएको छ । साथै, उक्त सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुने व्यहोरा समेत अनुरोध छ । हाल एनआईसी एशिया क्यापिटलले डिम्याट खाताको पहुँच बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरि “एक नेपाली, एक डिम्याट” अभियान संचालन गरिरहेको छ । क्यापिटलले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग तथा इन्भेष्टमेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

माघ ९ गतेदेखि ‘सानिमा लार्ज क्याप फण्ड’को बिक्री खुला, कति गर्ने लगानी ?

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले ‘सानिमा लार्ज क्याप फण्ड’ को माघ ९ गते शुक्रबारदेखि बिक्री खुला हुने भएको छ । सानिमा बैंक लिमिटेड कोष प्रबर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो बन्दमुखी योजना भोलिदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला हुने भएको हो । संस्थाले प्रतिइकाई १० दरको १० करोड इकाई अर्थात १ अर्ब रुपैयाँको उक्त फण्ड निष्काशन गर्न लागेको हो । जुन ७ वर्षे बन्दमुखी योजना हो । योजनामा न्यूनतम १०० इकाई अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १ करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यस योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले मेरो सेयर मार्फत वा आफ्नो बैंक खाता रहेको आस्वा सदस्यकुनै पनि बैंक तथावित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् । इकाई खरिदका लागी अधिकमाग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानुनको अधिनमा रहि योजनाको आकारलाई अधिकतम १ अर्ब २० करोड रुपैयाँसम्म पुर्याउन सकिनेछ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित पहिलो योजना सानिमा इक्विटी फण्डले सञ्चालनको ३ वर्ष अवधि पुरा गरेको छ । योजनाले ईकाईधनीहरुलाई पहिलो वर्ष १० प्रतिशत र दोस्रो वर्ष ७ प्रतिशत गरि जम्मा १७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । साथै, सानिमा इक्विटी फण्डको माघ २ सम्मको प्रति ईकाई खुद सम्पत्ती मूल्य १६.३७ रुपैयाँ रहेको छ ।