पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएस एस
काठमाडौं । पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । उक्त आईपीओ निष्काशनको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामासोनापुर मिनरल्स्का प्रबन्धक सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् । यस कम्पनीले २ करोड कित्ता सेयर स्थानियबासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ । दाङ जिल्लामा अवस्थित यस कम्पनीसगँ उच्चस्तरिय र गुणस्तरिय चुनढुङ्गा छन् ।
ग्रीनलाइफ हाइड्रोले आईपीओ जारी गर्ने, पायो बोर्डको स्वीकृति
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले १९.४२ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार मात्रै यस संस्थालाई अंकित मूल्य १०० को ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ ।
चन्द्रागिरी हिल्सकाे आईपीओ शुक्रबार बाँडफाँड हुँदै, कहाँ र कति बजे ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ) माघ ९ गते शुक्रबार(भाेलि) बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त सेयरको बाँडफाँड शुक्रबार बिहान १० बजे काठमाडाैंकाे नक्सालस्थित रहेकाे आफ्नै केन्द्रिय कार्यालयमा गर्न लागेकाे हाे । क्यापिटलले आईपीओको प्रिअलोटमेन्ट भने हिजाे बुधबार नै गरिसकेको छ । जसअनुसार कूल १२ लाख ११ हजार ११५ जना आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ता सेयरको लागि दिएकाे आवेदन रितपूर्वक रहेका छन् भने बाँकी ४० हजार बढी आवेदन रद्द भएका छन् । पुस २८ गतेसम्म निष्काशन भएकाे कम्पनीकाे आईपीओमा कुल १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग गरेका थिए । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले गत पुस २४ गतेदेखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको थियो । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरेको हो । याे पनि पढ्नुहाेस् चन्द्रागिरीको आईपीओ भर्नेलाई चन्द्रागिरी केवलकारमा २५ प्रतिशत छुट, कहिलेसम्म पाइन्छ ?