यी मापदण्ड पूरा गरेर मात्रै खुलाउन पाइन्छ उद्योग, व्यापार र पसलहरु
काठमाडौं । सरकारले शुक्रबारदेखि सबै उद्योग, व्यापार र पसल खोल्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेसँगै उनीहरूले मापदण्ड पुरा गरेर आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने भएका छन् । उद्योगीहरुले पनि उद्योगधन्दा बन्द भएको कारण अर्थतन्त्रमा असरका परेकोले पुर्णरुपमा उद्योग खुलाउन सरकारसगँ माग गरिरहेका थिए । साेहि अनुसार सरकारले मापदण्ड पुरा गरेर मात्रै खोल्न निर्देशन दिएको हाे । यस्तो छ मापदण्ड लकडाउन अवधिभर उत्पादन प्रक्रियामा संलग्न श्रमिक कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउनु पर्ने छ । आफ्नो प्रतिष्ठान भित्र पर्याप्त स्थान नभएमा उक्त प्रतिष्ठान रहेको स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक, सामुदायिक भवन वा सरकारी तथा निजी विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरुसंग सम्पर्क नहुने गरी सुरक्षित आवास तथा खाना/खाजाको व्यवस्था गर्ने व्यवस्था छ । यस सम्बन्धी खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्ने पर्ने छ । आवास स्थलदेखि उद्योग प्रतिष्ठान रहेको स्थानसम्म श्रमिकहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित परिवाहनको व्यवस्था मिलाउनु पर्ने छ । उद्योगहरुले कार्यस्थललाई अनिवार्य रुपमा स्यानिटाइजेशन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरी उद्योग व्यवसायहरु सञ्चालन गर्ने व्यवस्था सम्बन्धित उद्योग प्रतिष्ठानले मिलाउन पर्ने छ । उद्योग/प्रतिष्ठानको व्यवसायिक कार्यालयहरु (कर्पोरेट अफिस) मा काम गर्ने उद्योगी तथा कर्मचारीको हकमा कूल कर्मचारी संख्याको एक तिहाई र सवारी साधन एक चौथाई संख्यामा नबढ्ने गरी न्यूनतम संख्याबाट कार्यालय/प्रतिष्ठान संचालन गर्नु पर्ने छ । स्थानीय प्रशासनले तोकेको समयमा मात्र आवागमन गर्नु पर्ने छ । कार्यालय र उद्योगमा न्यूनतम स्वास्थ्य सामाग्री जस्तै मास्क, पञ्जा,स्यानिटाइजर तथा सावुन पानीको व्यवस्था गरी सामाजिक दूरी समेत कायम गर्ने । उद्योगमा काम गर्ने कामदार कर्मचारीको दैनिक सामान्य स्वास्थ्य जाँच जस्तै ज्वरो मापन गर्ने व्यवस्था गर्नपर्ने छ । कुनै कामदार कर्मचारीलाई कोभिड-१९ को लक्षणको आशंका भएमा परीक्षणको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पठाउने छ । उद्योग सचिव चन्द्र कुमार घिमिरेले नयाँ निर्देशन आउने क्रममा रहेको बताए । अब सबै उद्योग स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार नै सञ्चालन हुने छन् । ‘उद्योगमा न्यूनतम स्वास्थ्य सामाग्री जस्तै मास्क, पञ्जा,स्यानिटाइजर तथा सावुन पानीको व्यवस्था गरी सामाजिक दूरी गरि सबै उद्योग सञ्चालन हुने छ,’ घिमिरेले भने । लकडाउन सुरु भए पछि अति आवश्यकभन्दा बाहेकको उद्योग चैत ११ गतेदेखि बैशाख २६ गतेसम्म पुर्ण रुपमा बन्द रहेको थिए । त्यसपछि बैशाख २६ गते बसेको मन्त्रपरिषद्को बैठकले ४४ प्रकारको उद्योग खोल्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय सहरानीय, कर तिर्ने समय पनि बढाई दिने चेम्बरको विश्वास
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बुधबार बसेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णस सहरानीय रहेको जनाएको छ । कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने, पसल सञ्चालन गर्न दिइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सहरानीय रहेको चेम्बरले प्रतिकृया दिएको छ । यससँगै सरकारको निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाएर जस्तै माक्सको उचित प्रयोग गरेर, सेनिटाइजर र सोसल डिस्ट्यान्सको पलना गरेर कामहरु गर्दै जाने चेम्बरले जनाएको छ । काठमाडौं उपत्यकाका निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । यसमा जोर गते जोर नम्बर भएका र बिजोर गते विजोर नम्बर भएका निजी सवारी चलाउन पाइनेछ । यसमा मोटरसाइकलमा चालक मात्र र अन्य जुनसुकै निजी सवारी साधनमा चालक सहित बढीमा तीनजना सवार हुन पाइनेछ । यी सबैका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनु पर्नेछ । अहिले जसरी सरकारले उपत्यकालाई सिल गरेर बचाइ राखेको छ, त्यसरी अगाडि पनि बचाइ राख्नु पर्छ । राति राति उपत्यका बाहिरबाट मान्छेहरु आउँने कुरा छ, त्यसलाई पनि रोक्नु पर्ने चेम्बरले बताएको छ । साथै, देशभर साइकलयात्री र पैदलयात्रीलाई हिँड्ने दिने, कृषि, उद्योग, दुग्ध ढुवानीलाई निरन्तरता दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यसै गरेर पसल सञ्चालन गर्न दिने, पीसीआर परीक्षणको दायरा बढाउने, संक्रमित धेरै देखिएको ठाउँमा सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहका बीच प्रदेश सरकारले समन्वय गर्ने र देशभरका क्वारेन्टाइनको स्तरोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । त्यस्तै, सरकारले भ्याटको, कर तिर्ने समयलाई पनि बढाई दिने चेम्बरको विश्वास रहेको छ । साथै राजस्व सम्बन्धि सबैलाई सुविधा गर्न हुने अनुरोध गर्दै अब आउँने यी असारमा स्थानिय तहले पनि सबै करदेखि स्थानिय करमा सुविधा सहुलियत छुटहरु दिने विश्वास रहेको चेम्बरले जनाएको छ ।
भारतिय प्रधानमन्त्री मोदीले उद्योग क्षेत्रमा सम्बोधन गर्दै
काठमाडौं । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) को ९५ औं वार्षिक सत्रको उद्घाटनमा सम्बोधन गर्ने भएका छन् । बिहीबार ११ बजे भिडियो कन्फरेन्सिंगको माध्यमबाट हुने इन्डियन चेम्बर अफ कमर्सकाे ९५ औं वार्षिक सत्रको उद्घाटनकाे अवसरमा प्रधानमन्त्री माेदीले यस क्षेत्रकाे बारे सम्बाेधन गर्ने कार्यक्रम तय भएकाे छ । यसभन्दा अघि प्रधानमन्त्री मोदीले २ जूनको भिडियो कन्फरेन्सिंगको माध्यमबाट भारतीय उद्योग परिसंघ (सीआईआई) को वार्षिक साधारण सभामा पनि भाग लिएका थिए । सीआईआईको बैठकमा उनले विश्व एक विश्वासयोग्य साझेदारको खोजीमा रहेको भारतीय उद्योगहरूले विगत केही वर्षमा निर्माण गरिएको विश्वासको फाइदाको बारेमा बताए ।