काठमाडौंको सानो गौचरनमा केटिएमले खोल्यो नयाँ सर्भिस सेन्टर
काठमाडौं । काठमाडौंको सानो गौचरनमा केटीएमले नयाँ सर्भिस सेन्टर खोलेको छ । हन्सराज हुलास चन्द एण्ड कम्पनी, केटीएमले काठमाडौंको सानो गौचरनमा नयाँ सर्भिस सेन्टर असोज ३० गते खोलेका हो । उक्त सर्भिस सेन्टरको उद्घाटन हन्सराज हुलास चन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले गरेका हुन् । यस सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइकहरु सर्भिसिङ्ग गर्ने क्षमता छ, जुन केटिएमको नेपालमा रहेको सर्भिस सेन्टरहरु मध्येकै अहिले सम्मको सबैभन्दा ठूलो सर्भिस सेन्टर रहेको दाबी गरेका छन् । नयाँ सर्भिस सेन्टरले केटिएमका ग्राहकहरुलाई प्रिमियम सर्भिसको अनुभूतिको साथै अत्याधुनिक उपकरण र दक्ष प्राविधिकहरुद्वारा उत्कृष्ट सेवा प्रदान गर्नेछ । सर्भिस सेन्टरको मुख्य लक्ष्य भनेको नेपालमा बढिरहेका रेसिङ्ग उत्साहीहरुलाई अतुलनीय अनुभूति प्रदान गरेको जनाएका छन् । अफ–रोड बाइकिङ्ग सेग्मेन्टमा सबैभन्दा अग्रणी स्थानमा रहेको छ । हालको दशकमा कुनै अन्य ब्राण्ड अफ–रोड मोटरसाइकल रेसिङ्गमा यत्तिको सफल भएको छैन । अहिलेको दिन सम्ममा केटिएम बाइकले २ सय ९१ वटा विश्व च्याम्पियन सिप उपाधिहरु जितिसकेका छन् । जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकर ¥याली पनि समावेश छन् ।
दुई अर्ब लागतमा कागज उद्योग स्थापना गर्ने तयारीमा प्रदेश ३ सरकार
काठमाडौं । प्रदेश नं ३ सरकारले मकवानपुरको मनहरिमा रु दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अगाडि बढाइएको जनाइएको छ । मनहरिमा कागज उद्योग स्थापनाका लागि तयारी गरिएको प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जानकारी दिएका छन् । उद्योग स्थापनालाई बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको जनाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालू आर्थिक वर्षमा कागज उद्योगको डिपिआरका लागि रु ५० लाख छुट्याएको छ । निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने ‘मोडालिटी’ बनाएको बताए । प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव हुन नदिने मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिएका छन् । मनहरिमा सरकारी जमिन आठ हजार रोपनी नापजाँच गरिएको र अरु सरकारी जमिन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उनले बताए । यसरी, कहाँ कागज उद्योग बनाउने भन्ने टुङ्गो भए सरकारी जमिनको अभाव हुन नदिने बताउँदै उनले यस्तै खालका सरकारी संरचना मनहरिमा निर्माण गर्ने भनेर मनहरि गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गा जमिनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै गरेको जानकारी दिए । अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति बनाएर काम शुरु गर्न लागेको उनको भनाइ छ । रासस
चार करोड लगानीमा वातावरण मैत्री उद्योग सञ्चालन
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ बनकट्टीमा चार करोड रुपैयाँको लगानीमा वातावरण मैत्री उद्योग सञ्चालनमा आएको छ । आईतबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले औपचारिक रुपमा एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । प्लाष्टिक झोलाले फैलाउँदो वातावरणीय प्रदषणलाई मध्यनजर गर्दै साङ्लो गु्रपले पहिलो उद्योगको रुपमा साङ्लो गु्रप एण्ड ईण्डष्ट्रिज प्रा.लि.को नामबाट उक्त नन् ओभन उद्योग सञ्चालनमा ल्याएको छ । सम्भवतः नेपालमै पहिलो पटक मल्टीकलर प्रिन्टिङको सुविधा सहित उत्पादन सुरु गरिएको उक्त झोलाले द्रुतगतिमा बजार विस्तार गर्न सक्ने विश्वास पनि ब्यक्त गरिएको छ । संस्थाका अध्यक्ष खिमानन्द भुषालको अध्यक्षता र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा कम्पनीको संक्षिप्त जानकारी गराउँदै अध्यक्ष खिमानन्द भुषालले समयको माग र बदलिंदो परिस्थितिसँगै सहयात्रा गरौं भन्ने उद्देश्यले सानो सानो पुँजिलाई एकिकृत गरी साङ्लो गु्रप एण्ड इण्डष्ट्रिज प्रा.लिको स्थापना गरेर वातावरण मैत्री उद्योग सञ्चालनमा ल्याएको बताए । उनले तिलोत्तमा नगरपालिकाले अगाडी सारेको ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा र राष्ट्रिय स्तरमै वातावरण सुरक्षाको लागि साङ्लो ग्रुप एण्ड ईण्डष्ट्रिज प्रा.लि. स्थापना सहयोगी भूमिकामा रहिरहने धारणा व्यक्त गरे । वर्तमान समयमा उद्योगले १३ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराउँदै अध्यक्ष भुषालले निकट भविष्यमै कृषि, यातायात, सहुलियत सपिङ मल लगायत उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने उद्देश्य बोकेको जानकारी दिएका छन् । प्रमुख घिमिरेले नगरपालिकाका सबै बजारहरुमा आफ्ना उत्पादनहरु पु¥याएर पूर्ण प्लाष्टिक झोला मुक्त गर्ने नगरपालिकाको अभियानमा सहयोग गर्नपनि आग्रह गरेका छन् । एक्लो प्रयासले कुनैपनि कामलाई सफलताको सिढीमा चढाउन असम्भव हुने हुँदा २५ जनाको संयुक्त लगानीमा सञ्चालनमा आएको उद्योग एक जनाको लागि उपयुक्त स्थान भएकोले फरक फरक क्षेत्रका अन्य २४ वटा उद्योगहरु पनि सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना ल्याएको बताएका छन् ।