शिवम् सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड २०१९’, मारुति र जगदम्बालाई प्रसंशा पत्र
काठमाडौं । एनएस चिन्ह प्राप्त उद्योगमध्ये शिवम् सिमेन्टले ‘एनएस क्वालिटी अवार्ड २०१९’ पाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सर्वकृष्ट तथा गुणस्तरिय उप्पादनको आधारमा शिवमलाई यस वर्षको उक्त अवार्ड प्रदान गरेको हो । विभागले शिवम् सिमेन्टलाई ‘मार्कर्ड अडिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)’ को गुणस्तरिय उत्पादनको लागि उक्त अवार्ड प्रदान गरेको हो । यससँगै एनएस चिन्ह पाप्त मध्ये उत्कृष्ट १० उद्योगमा शिवम् सिमेन्ट प्रथम स्थानमा रहेको विभागले जनाएको छ । त्यसैगरी, एनएस चिन्ह प्राप्त मारुति र जगदम्बा सिमेन्टले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका छन् । यी दुईले गुणस्तर तथा नापतौल विभाग मार्फत प्रसंशा प्रत्र पाएका छन् । विभागले मारुति सिमेन्टस्लाई मार्कर्ड अर्डिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)को गुणस्तरिय उत्पादनको लागि प्रसंशा प्रत्र प्रदान गरेको हो । त्यसैगरी जगदम्बा सिमेन्ट मिल्स प्रा.लिलाई मार्कर्ड पोर्टल्याड स्याल्ग सिमेन्ट(एनएस ३८४) को गुणस्तरिय उत्पादनको लागि प्रसंशा पत्र दिर्ईएको विभागले जनाएको छ । विभागले कात्तिक २८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यमा एनएस क्वालिटि अवार्ड २०१९ आयोजना गरेको हो । विभागले नेपालमा गुणस्तरिय उत्पादनलाई प्रोत्साहन दिने उद्यश्यले एनएस चिन्ह प्राप्त उद्योगहरु मध्येबाट सर्वकृष्ट उत्पादनलाई एनएस क्वालिटी अवार्ड दिँदै आएको छ । त्यस्तै, अन्य दुईलाई प्रसंशा प्रत्र वितरण गर्दै आएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा चार आकांक्षी, अध्यक्ष निर्वाचनको विषयमा अझै विवाद
काठमाडौं । विधान संशोधनका लागि बोलाईएको विशेष साधारणसभा स्थगित निश्चित भएपछि नेपाल उद्योग वाणिज्य महासंघमा वहस आगामी निर्वाचनमा केन्द्रीत भएको छ । महासंघका नेताहरुबीच चैतमा हुने चुनाव, नेतृत्वका आकांक्षी र टिकटको विषयमा छलफल केन्द्रीत हुन थालेको छ । चुनावी साधारणसभाअघि विधान संशोधन नहुने भएपछि अबको निर्वाचन हालकै विधान अनुसार वरिष्ठ उपाध्यक्षमा केन्द्रीत हुने भएको छ । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष घोषणा गरिने छन् । वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म चार जनाले आकांक्षा व्यक्त गरेका छन् । उपाध्यक्षहरु किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र पूर्व उपाध्यक्ष तथा तीन नम्बर प्रदेश प्रमुख दिनेशलाल श्रेष्ठ वरिष्ठ उपाध्यक्षको आकांक्षीको रुपमा अगाडि आएका छन् । चार मध्ये सबैभन्दा बलियो उम्मेदवारको रुपमा धेरैले चन्द्रप्रसाद ढकाललाई लिन्छन् । उनले अरु आकांक्षीलाई समेत विश्वासमा लिएर सर्वसहमतिको प्रयास गरेका जानकारीहरु बताउँछन् । यसअघि पनि ढकाल एसोशियन तर्फको उपाध्यक्ष पदमा सर्बसहमत भएकोले उनी सर्वसहमति हुन सक्ने अनुमान गरिएको छ । अहिले वरिष्ठ उपाध्यक्ष हुने व्यक्ति दुई वर्षपछि स्वतः अध्यक्ष बन्ने भएकोले यति धेरै महत्वपूर्ण पदमा सर्बसहमति जुट्ने सम्भावना कम रहेको बताइन्छ । महासंघको नेतृत्व विधान संशोधनका प्रस्तावहरु आगामी साधारणसभामा विशेष प्रस्तावको रुपमा लैजान तयार भएको छ । अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कहिलेदेखि लागू हुने भन्नेमा विवाद अझै बाँकी छ ।
३ महिनामा १० अर्बले लगानी प्रतिबद्धता बृद्धि, पर्यटन र सेवामूलकमा आकर्षण
काठमाडौं । नेपालमा स्वदेशी र विदेशी लगानीकर्ताहरुको आर्कषण बढ्दै गएको छ । लगानीकर्ताले नेपालमा लगानी गर्न उपयुक्त वातारण छ भनेर बुझ्दै गएका छन् । उद्योग विभाग विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले फिटा संसोधन पछि नेपालमा लगानीकर्ताको आकर्षण बढेको बताए । उद्योग दर्ता गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज र सरल भएकाले लगानीमा प्रतिबद्धता बृद्धि भएकोे उनले बताए । यता, नेपाल उद्योग वाणिज्य महासघंका सदस्य तथा प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले पनि विदेशीले नेपालमा लगानीको वातावरण निर्माण हुँदै गएको बुझेको र सरकाले पनि लगानी मैत्री वातावरण निर्माण गर्दै गएकाले प्रतिवद्धतामा बृद्धि भएको बताए । १० अर्बले लगानी प्रतिबद्धता वृद्धि चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा गत आर्थिक वर्षभन्दा १० अर्बले लगानी प्रतिबद्धता वृद्धि भएको छ । असोज महिनाको अन्त्यसम्ममा ६८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी लगानी अनुमति लिइएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको सोही अवधिमा ४८ अर्ब ९१ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी लगानी अनुमति लिइएको थियो । विदेशी लगानीमा पनि ५ अर्ब प्रतिबद्धता वृद्धि भएको छ । चालु आर्थिक वर्षमा ११ अर्ब ३ करोड ६० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ भने अघिल्लो आर्थिक वर्षमा ७ अर्ब १३ करोड ८० लाखा रुपैयाँको मात्रै विदेशी लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार ६८ अर्ब ३५ करोड ८० लाखको लगानीमा १७५ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको छ । जसमा ८ हजार ४८४ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ९१ करोड ६० लाख लगानीमा ८२ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको थियो । गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा उद्योग दर्ताको प्रतिबद्धता पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा ८२ वटा उद्योग स्थापना गर्ने प्रतिवद्धता आएको थियो भने चालु आवमा १७५ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ । तथ्याङ्क अनुसार उद्योग दर्ता गर्ने प्रतिवद्धता ९३ वटाले वृद्धि भएको छ । पर्यटन र सेवामूलकमा आकर्षण पछिल्लो समय दर्ता भएका उद्योगहरुमा विभिन्न प्रकृतिका रहेका रहेका छन् । पर्यटनमूलक, उर्जामूलक र उत्पादनमूलक उद्योगमा लगानीकर्ताहरुको बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा प्रतिवद्धता गरेका लगानीका उद्योगमा सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रका छन् । लगानी प्रतिबद्धता आएका १७५ उद्योगमध्ये पर्यटन र सेवामूलक क्षेत्रमा ५३/५३ वटा छन् । उत्पादनमूलक ४४, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ७ वटा, कृषि तथा वज्यजन्यमा ९ वटा, उर्जामा उद्योग ६ र निर्माण क्षेत्रमा ३ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ ।