चुनाव सार्ने नसार्ने बारे निर्णय गर्न महासंघले ३० गते बैठक बालायो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले चुनाव सार्ने वा नसार्ने भन्ने विषयमा बैठक बाेलाएकाे छ । महासंघले ३० गतेका लागि बैठक बोलाएको हो । महासंघले चैत २८ र २९ गते ५४औं वार्षिक साधारणसभा गर्ने भनिएपनि हाल विश्वभर फैलिरहेको कोराना भाइरसको कारण महासंघको चुनाव सर्ने सम्भावना बढ्दै गएको छ । सरकारले पनि कुनै पनि सभा, समारोह नगर्न आग्रह गरिसकेकाे छ । प्रदेेश महासंघले भने चुनाव सार्न दबाब दिँदै आएका बुझिएको छ । महासंघको २८ र २९ चैत्रमा हुने साधारणसभापछि हालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको व्यवस्था अनुसार गोल्छा अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षमा रोचक भिडन्त हुँदैछ । चुनावका लागि यतिबेला उम्मेद्वारहरु भोट माग्न खटिएका छन् । उम्मेद्वारहरु भोटका लागि दौडिरहँदा यता महासंघको नेतृत्वले भने २८ चैतका लागि तोकिएको अधिवेशन स्थगन गरी नयाँ मिति तय गर्न छलफलमा जुटेको छ ।
उद्योग वाणिज्य महासंघको चुनाव सार्न दबाब
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा सार्न दबाब परेकाे छ । चैत २८ र २९ गते हुने भनिएको महासंघको ५४औं वार्षिक साधारणसभा सार्नका लागि प्रदेश संघहरुले दवाव दिएका हुन् । विश्वभर फैलिरहेकाे कोरोना भाइरस (कोभिड १९) को कारण देखाउँदै उनीहरुले महासंघको साधारण सभा सार्न दबाब दिएकाे बुझिएको छ । स्रोतका अनुसार प्रदेश महासंघहरुले कोराेना भाइरसको कारण देखाउँदै आफूहरुले प्रदेशको साधारणसभा गराउन नसकेको भन्दै महासंघलाई पत्र पठाइसकेका छन् । केही प्राविधिक कारणले उनीहरुले महासंघ भन्दा एक महिना नै गर्नु पर्ने साधारणसभा गर्न सकेनन्, अहिले कोरोनाको कारण देखाएर महासंघको नै साधारण सभा सार्न दवाव दिइरहेका छन्, यसले महासंघलाई प्रभाव नपर्ला,’ स्रोतले भन्यो । महासंघको विधानका अनुसार महासंघको साधारण सभा हुनुभन्दा एक महिना अगाडि नै प्रदेश महासंघहरुले आफ्नो साधारण सभा गरिसक्नु पर्ने हुन्छ । तर, उनीहरु अहिले प्रदेशको साधारण सभा गर्ने मनसायमा देखिँदैनन् । उनीहरुले अहिले महासंघलाई कोरोनाको कारण देखाउँदै पत्र पठाइसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले महासंघको साधारणसभा सार्न नभई प्राविधिक कूरा र अब प्रदेश महासंघहरुले कसरी सधारणसभा गराउने भन्ने विषयमा निर्देशन माग्न पत्र पठाएको बताए । ‘प्रदेश महासंघको साधारणसभा माघ महिनाभित्रै गर्नु पर्ने विधानमा लेखिएको छ, महासंघको कार्यसमितिले साधारणसभा गर्ने निर्णयकाे ढिलाईका कारण हामीले माघमा साधारणसभा गर्न सकेनौ, महासंघले एक्कासी चैत २८/२९ गते तोक्यो, त्यो भन्दा अगाडि हामी गर्न सक्ने अवस्थामा छैनौं’, उनले भने । सबै केन्द्रको साधारणसभामा व्यस्त भएकोेले पनि प्रदेशहरुले साधारणसभा गर्न नसकेको उनको भनाइ छ । ‘सरकारले नगर्नु भनेको छ, सरकारले भनेको मान्नै पर्यो, सबै तयारी गर्न सजिलो छैन, राज्यले सार् भन्यो भने सार्नु पर्ला,’ उनले भने । महासंघले साधारणसभा सार्ने कि नसार्ने भन्ने विषयमा अहिले भन्न नसकिने बताएको छ । यसका लागि फागुन ३० गते कार्यसमितिको बैठक बोलाएको बताइएको छ । यद्यपी शुक्रबार मात्रै महासंघले ५४औं वार्षिक साधारण सभा हुने भन्दै परिपत्र जारी गरिसकेको छ । महासंघले परिपत्र जारी गरेपनि महासंघका प्रतिनिधिहरुबिच भने चुनाव सार्नका लागि छलफल शुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण सरकारले सार्वजनिक सभा समारोह नगर्न निर्देशन दिएसँगै महासंघमा चुनाव सार्नका लागि छलफल शुरु भएको हो । महासंघको २८ र २९ चैत्रमा हुने साधारणसभापछि हालको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने महासंघको व्यवस्था अनुसार गोल्छा अध्यक्ष हुने भएपछि वरिष्ठ उपाध्यक्षमा रोचक भिडन्त हुँदैछ । चुनावका लागि यतिबेला उम्मेद्वारहरु भोट माग्न खटिएका छन् । उम्मेद्वारहरु भोटका लागि दौडिरहँदा यता महासंघको नेतृत्वले भने २८ चैतका लागि तोकिएको अधिवेशन स्थगन गरी नयाँ मिति तय गर्न छलफलमा जुटेको छ । सम्बन्धित समाचारः कर्णालीका व्यवसायीको दुखेसोः महासंघले हाम्रो समस्या कहिल्यै बुझ्दैन, अपेक्षा याे छ भनेर के गरौं सुदूर-कर्णालीका व्यवसायी भन्छन्- हामी सँधै थिचियौं, अब हामीलाई माथि उठाउने नेतृत्व चाहिँन्छ किशोर प्रधानको उम्मेदवारी घोषणा सभामा शेखर गोल्छा गए, सौरभ ज्योति गएनन् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले व्यवसायीका समस्या सुनिदिए पुग्छ निर्वाचन नजिकिँदै गर्दा महासंघमा ध्रुवीकरण तीव्र पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः राजनीतिक दललाई गुहार्नुपर्ने प्रवृतिको अन्त्य गरोस् पाँच उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः अबकाे नेतृत्वले साना व्यवसायीका पनि पिरमर्का बुझोस् चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस् चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्
नेपालमा उत्पादन भएका सिमेन्टकाे ग्रेड ताेकिने, मूल्य भने बढ्ने
काठमाडौं । नेपालमा उत्पादन भएका सिमेन्टले आफ्नो बोरामा नै ग्रेड उल्लेख गर्ने भएका छन् । यसअघि सिमेन्ट उद्योगले ५३ वा ४३ ग्रेडको सिमेन्ट भन्दै विज्ञापन मार्फत ब्राण्डिङग गर्ने गरेका भएपनि बोरामा भने लेखिने गरिएको थिएन । सिमेन्टको बोरामा ग्रेड उल्लेख नहुँदा नेपाली उत्पादनको गुणस्तरप्रति प्रश्न गर्दै ठूला परियोजना बनाउने ठेकेदार कम्पनीले विदेशी सिमेन्ट ल्याउने गरेका थिए । नेपाली उत्पादन गुणस्तरीय भएपनि ग्रेड उल्लेख गर्ने प्रचलन नभएकोले समस्या उत्पन्न भएपछि सरकारले बोरामा नै ग्रेड उल्लेख गर्नुपर्ने व्यवस्था गर्न लागेको हो । सरकारले सिमेन्टको बोरामा नै ग्रेड उल्लेख्य गर्नुपर्ने नीतिगत व्यवस्था गरिसकेको छ । सरकारका प्रवक्ता सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाले सिमेन्टको बोरामा नै ग्रेड उल्लेख गर्नुपर्ने नीतिगत निर्णय भएको र सो विषय कार्यान्वयनमा ल्याउन राजपत्रमा सुचना प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए । नेपालमा उत्पादित सिमेन्टको बोरामा नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेड विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो । नेपालमा २०३१ सालदेखि सिमेन्ट उत्पादन हुँदै आएको भएपछि अहिलेसम्म बोरामा ग्रेड उल्लेख गर्ने गरिएको छैन । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवकुमार थापाले ग्रेड उल्लेख गर्ने व्यवस्था कार्यान्वयनपछि नेपाली उत्पादनको बजार बृद्धि हुने बताए । विदेशी परियोजनाले नेपाली सिमेन्ट गुणस्तरीय नभएको भन्दै सरकारबाटै स्वीकृति लिएर विदेशी सिमेन्ट आयात गर्ने गरेको उनको भनाइ छ । नेपाली सिमेन्ट पनि विदेशी उत्पादनभन्दा कम गुणस्तरीय नभएपनि बोरामा ग्रेड उल्लेख नगर्ने प्रचलनका कारण विदेशी ठेकेदारले विश्वास नगरेको उनले बताए । ‘सिमेन्टमा गे्रड उल्लेख गर्न थालिएपछि नेपाली उत्पादनले ठूला र अन्तराष्ट्रिय विकास आयोजनामा प्रयोग बढ्नेछ, नेपालमा उत्पादित सिमेन्टले बजार नपाउने र सानो प्राविधिक कारणले विदेशी सिमेन्ट आयात भइरहने वाध्यात्मक परिस्थितिको अन्त्यका लागि ग्रेड उल्लेख गर्नु राम्रो कुरा हो,’ अध्यक्ष थापाले भने । नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक संजिवकुमार ठाकुरले सिमेन्टमा ग्रेड प्रयोग प्रक्रिया अगाडी बढेको बताए । नेपालमा पहिलो सिमेन्ट उद्योगको रुपमा २०३१ सालमा हिमाल सिमेन्ट उद्योग स्थापना भएको थियो । अहिले हिमाल सिमेन्ट उद्योग बन्द छ । २०३२ सालमा हेटौंडा सिमेन्ट र २०४४ सालमा उदयपुर सिमेन्ट स्थापना भए । यी दुबै उद्योग अहिले पनि संचालनमा छन् । सरकारले सिमेन्ट उद्योगमा लगानी गर्न थालेको १९ वर्षपछि मात्रै निजी क्षेत्रले सिमेन्ट उद्योगमा लगानी गर्न सुरु गरेको हो । नेपालमा स्वदेशी र विदेशी गरी सिमेन्ट उद्योग क्षेत्रमा करिब ४ खर्ब रुपैयाँ लगानी छ । विदेशी ठेकेदारले बनाउने ठूला विकास आयोजनमा ग्रेडको प्राविधिक प्रश्न उठाएर सिमेन्ट आयात गर्ने गरेपनि अन्य क्षेत्रका लागि चाहिने सिमेन्ट नेपालमै उत्पादन हुने गरेको छ । केही वर्ष अगाडिसम्म वार्षिक अर्बाैं रुपैयाँ बराबरको सिमेन्ट आयात भएर नेपालको व्यापारघाटा बढाउने गरेको भएपनि पछिल्लो समय नगन्य मात्रामा मात्रै सिमेन्ट आयात हुने गरेको छ । मूल्य बढ्ने सिमेन्टको ग्रेड निर्धारणपछि ५३ ग्रेड समेन्टको मूल्य भने बढ्नेछ । अहिलेसम्म ५३ र ४३ ग्रेड भनेर छुट्टयाउने गरिएको थिएन । ग्रेड छुट्टयाउन थालिएपछि ५३ ग्रेडको सिमेन्टको मूल्य प्रतिबोरा १० रुपैयाँसम्म बढ्न सक्ने उद्योगीको भनाइ छ । अहिले सिमेन्टको उत्पादन मूल्य प्रतिबोरा ७ सय रुपैयाँ छ ।