कटुवाल ग्रील उद्याेगले ल्यायाे खुट्टाले चलाएर स्यानिटाइज गर्ने उपकरण 

<p>काठमाडाैं । न्यु कटुवाल ग्रील उद्याेगले खुट्टाले चलाएर स्यानिटाइज गर्ने उपकरण बजारमा ल्याएको छ । उद्याेगले कम मूल्यमा गुणस्तरीय एवम् लामो समयसम्म टिकाउ हुने फलामबाट निर्मित उक्त उपकरण बजारमा ल्याएको हाे । स्वदेशमै रोजगारी सृजना हुने राज्यलाइ राजस्व प्राप्त हुने र स्वदेशी उद्याेगबाट उत्पादित बस्तुको  प्रयोगकोलाई बढावा उक्त उपकरण ल्याएकाे ग्रील उद्याेगले जनाएकाे छ । एक हातले नछोइकन स्यानिटाइज [&hellip;]</p>

काठमाडाैं । न्यु कटुवाल ग्रील उद्याेगले खुट्टाले चलाएर स्यानिटाइज गर्ने उपकरण बजारमा ल्याएको छ । उद्याेगले कम मूल्यमा गुणस्तरीय एवम् लामो समयसम्म टिकाउ हुने फलामबाट निर्मित उक्त उपकरण बजारमा ल्याएको हाे ।

स्वदेशमै रोजगारी सृजना हुने राज्यलाइ राजस्व प्राप्त हुने र स्वदेशी उद्याेगबाट उत्पादित बस्तुको  प्रयोगकोलाई बढावा उक्त उपकरण ल्याएकाे ग्रील उद्याेगले जनाएकाे छ ।

एक हातले नछोइकन स्यानिटाइज गर्न मिल्ने उक्त उपकरणकाे मूल्य एक हजार ५ सय ५० रूपैयाँ(भ्याट बाहेक) रहेकाे छ  ।

साथै, साबुन पानीले हात धुन मिल्ने वाटर टेन्की सहितको सामाग्री १५ हजार रूपैयाँमा निर्माण गरि उपभोक्ताहरुलाई उपलब्ध गराउन थालेको छ । उक्त उद्याेगले कलकारखाना सपिङमल, होटल रेस्टुरेन्टमा पार्टिप्यालेस, सरकारी कार्यालय सार्वजनिक स्थल/लगायतका स्थानमा उपलब्ध गराउँदै आएको छ।

उद्याेगका सञ्चालक मोहन कटुवालका अनुसार सधै लकडाउनमा बसेर सिङोमुलुकलाई आर्थिक सन्कटमा पार्नु भन्दा सबैले आफ्नो आफ्नो स्थानबाट कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाएहरु अपनाएर सबै जनाले आफ्नो आफ्नो काममा लाग्नु पर्ने बताएका छन् ।

याे अवस्थामा यस सुरक्षाको उपकरणको प्रयोगले केही हदसम्म सुरक्षित रहन मद्दत पुग्ने भएकोले सबै वर्गले स्वीकार्न सक्ने उनकाे विश्वास छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका कटुवालले महाभुकम्प पिडीत ६०० घर परिवारलाई ३० हजारमा भुइघर उपलब्ध गराएका थिए।

Share News