अर्थमन्त्रीले भनेः बैंकहरुले अस्वभाविक नाफा कमाउनु हुँदैन, उद्योग बाँचे पो बैंक बाँच्छन् (भिडियाेसहित)

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक पुनरुत्थानका लागि बैंक तथा वित्तीय संस्था र उद्योगहरु सँसँगै अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा अर्थ विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन् । उनले कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटको सामना गर्नको लागि बैंक तथा वित्तीय संस्था र [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक पुनरुत्थानका लागि बैंक तथा वित्तीय संस्था र उद्योगहरु सँसँगै अगाडि बढ्नु पर्ने धारणा राखेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा अर्थ विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन् ।

उनले कोरोना भाइरसले निम्त्याएको आर्थिक संकटको सामना गर्नको लागि बैंक तथा वित्तीय संस्था र उद्योगहरुबीचकाे सम्बन्ध झन प्रगाढ हुनु पर्ने बताएका हुन् ।

‘अहिले बैंक तथा वित्तीय संस्थाहरुलाई अस्वभाविक नाफाको अवस्थाबाट हटाएर सामान्य नाफाको रुपमा राख्नुपर्छ,  बैंकहरुले नाफा गर्न खाेज्याे भने उद्योगहरु मर्छन् त्यसपछि बैंकहरु पनि समस्यामा पर्छन्, यो समय भनेको एकले अर्कालाई सहयोग गर्ने हो,’ उनले भने ।

आफुले बैंकको स्प्रेड क्रमशः घटाउँदै लैजानु पर्ने धारणा राख्दै आएको बताउँदै कुनै बेलाको ८/९ प्रतिशतको स्प्रेड अहिले ५ प्रतिशतभन्दा तल छ झरहेको उनको भनाई छ ।

खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सामान्य नाफाको अवस्थामा राख्ने गरी कानुनी व्यवस्था गरिएको बताएका छन्। उनले उद्योगलाई अफ्ठेरो नपर्ने गरी बैंक तथा वित्तीय संस्थाको स्प्रेड दर कम गर्ने पक्षमा सरकार सधैं रहेको पनि उल्लेख गरे।

यस्तै, उनले नेपाल दूरसञ्चार प्राधिकरणले उठाएको रोयल्टी पनि राजस्व डाइभर्ट गरी संकलित रकम सरकारले राजस्व खातामा ल्याउन खोजिएको बताए । उनले सरकारको अनिवार्य दायित्व मासिक ४० अर्ब रूपैयाँ रहेको र त्यो धान्न अहिले राजस्व पर्याप्त नरहेको बताए । ‘भन्सारबाट मासिक १५ अर्ब उठेको छ, आन्तरिक स्रोत कमजोर भएको छ, उनले भने, अनिवार्य दायित्व पूरा गर्न थप स्रोत व्यवस्थापन गर्नुपरेको छ।’

खतिवडाले निजी महँगा विद्युतीय गाडीलाई कर लगाइएको भए पनि सार्वजनिक सवारीमा कर नलगाइएको पनि प्रष्ट पारेका छन्।

Yubraj Khatiwada

Gepostet von Bikashnews.com am Sonntag, 14. Juni 2020

Share News