काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन
काठमाडौं। दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो । प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश नं २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको बताए। काठमाडौँको सोह्रखुट्टेबाट बस बिहान ७ बजे छुट्ने उनको भनाइ छ । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष प्रह्लाद लोहनीले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन सेवाले ठूलो सहयोग पुग्ने बताए। सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न यस्ता सेवाले सहयोग पुग्ने उनको भनाइ छ । दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाडौँको कान्तिपथबाट पर्यटक बोकेर देशका विभिन्न पर्यटकीय भूभाग जाने गरेका पर्यटकीय बस यतिबेला बसपार्कको अभावका कारण सोह्रखुट्टे सडकबाट यात्रु बोकेर जान बाध्य छन् । पर्यटन विकासका लागि एशोसिएसनले यसअघि पोखरा, सौराह र लुम्बिनीमा पर्यटक बस सञ्चालनमा ल्याइसकेको छ । आगामी दिनमा बर्दियामा समेत बस लैजाने लक्ष्य राखिएको अध्यक्ष लोहनीको भनाइ छ । हाल काठमाडौँबाट देशका विभिन्न भागसम्म पर्यटकलाई ओहोरदोहोर गराउन एक सयको हाराहारीमा पर्यटक बस सञ्चालनमा रहेका छन्। रासस
पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य–चन्द्रप्रसाद ढकाल
काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य भएको बताएका छन् । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा राजधानीमा आयोजित ‘हिमालयन समीट’ मा मुख्य वक्ताको रुपमा आफ्नो अवधारणा प्रस्तुत गर्ने क्रममा अध्यक्ष ढकालले नेपाल र चीनबीच प्राचीन कालदेखि नै रहि आएको ऐतिहासिक र संस्कृतिक सम्बन्धको स्मरण गर्दै पर्यटन पूर्वाधार निर्माण गर्न र अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्न नेपालमा दक्ष तालिम प्राप्त शिक्षित युवा जनशक्ति तयार हुँदै गएको बताए । काठमाडौंको दक्षिण पश्चिम पर्वतमा निर्माण भएको एकीकृत पर्यटकीय पूर्वाधार चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपाल अद्वितीय प्राकृतिक र सांस्कृतिक धरोहरको केन्द्र रहेको बताउदै माउन्ट एभेरेस्ट, उच्च हिमसृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताए । यस्ता प्रचुर सम्भावना नेपालको अन्य क्षेत्रमा पनि विद्यमान रहेको भन्दै ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले नेपालका कैयौँ नयाँ क्षेत्रहरुमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरे । नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको नीजि क्षेत्र सवैसँग सदैव सहकार्य गर्न तयार रहेको कुरा दोहोर्याउँदै अध्यक्ष ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिए । नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा प्रशन्नता ब्यक्त गर्दै दुई विशाल छिमेकी मित्रराष्ट्रहरूको सद्भाव र सहयोगको लाभ नेपालको आर्थिक रुपान्तरणमा सदुपयोग गर्न नेपाली नीजि क्षेत्र तयार रहेको जानकारी दिए । उक्त सत्रमा चिनीया र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका र प्रतिनिधि सहित करिव एक सय जनाको सहभागिता रहेको थियो ।
दुई अर्ब लगानीमा राजधानीमा मनोरञ्जन पार्क बनाउने तयारी, दुर्इ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । संसारका सबै ठूला शहरमा मनोरञ्जन पार्क हुन्छन् । सिंगापुर, थाईल्याण्ड, लण्डन, फ्रान्स, दुबई जहाँ गयो त्यहाँ भव्य र मनमोहक मनोरञ्जनस्थल पाइन्छन् । कहिँ सरकारले बनाएको छ,कहिँ निजी क्षेत्रको लगानीमा बनेका छन् । नेपालको राजधानी र मुख्य शहर काठमाडौंमा एउटा पनि यस्तो मनोरञ्जन पार्क छैन, जहाँ परिवार लिएर ५/७ घण्टा रमाइलोसँग बिताउन सकियोस् । विदाको दिन परिवार लिएर घुम्न जाउँ न भन्यो भने कि सिनेमा हल कि रेष्टुरेन्ट । काठमाडौं फन भ्याली वर्षमा ६ महिना बन्द हुन्छ । हुप्पी ल्याण्डमा मनोरञ्जनको सीमित साधन छन् । केबुलकार चढ्न, उपत्यका र पहाडी क्षेत्रको दृष्यावलोकनको लागि चन्द्रागिरी नयाँ गन्तव्य बनेको छ । तर स्थायी, अस्थायी बसोबास गर्ने र विभिन्न कामले राजधानी आउने करिब ६५ लाख मानिसको चाहना पूर्ति गर्ने खालको मनोरञ्जनका साधनहरु सहितको पार्क छैन । यस्तो ठम्याई हो नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेस प्रालिका अध्यक्ष रमेशकुमार भट्टराईको । बैकिङ र बीमा क्षेत्रमा लामो समय काम गरेका भट्टराई पछिल्लो समय नयाँ व्यवसायमा केन्द्रीत भएका छन् । भन्छन्–‘काठमाडौंबासीको लागि सजिलै जानेआउने सुविधा भएको, परिवार, साथी सर्कलबीच रमाइलोसँग विदा मनाउन जाने भन्ने ठाउँ नै भएन । त्यसैले हामी आधुनिक सुविधायुक्त र सबै उमेर समूहले मनोरञ्जन लिन सक्ने पार्क बनाउने तयारीमा जुटेका छौं ।’ प्रस्ताविक पार्ककाे स्केज ‘तार्केश्वर नगरपालिकामा निजी स्वामित्वमा रहेको १०२ रोपनी जग्गा पाएका छौ । तर पाएसम्म सार्वजनिक जग्गा उपयुक्त हुन्छ भनेर खोजी गरिरहेका छौं’ उनी भन्छन्–‘राजधानीका विभिन्न नगरपालिकाका मेयरहरुसँग छलफल भईरहेको छ । मनोरञ्जन पार्क समाज विकासको महत्वपूर्ण सूचक पनि हो । रोजगारी पनि सिर्जना हुन्छ । नगरपालिकाको आम्दानी बढ्छ । त्यसैले जनप्रतिनिधिहरुबाट विभिन्न ठाउँमा जग्गाको प्रस्तावआएको छ । सर्वसाधारणलाई आउन जान सहज हुने क्षेत्रमा कम्तिमा १०० रोपनी जग्गा प्राप्ति पछि हामी काम थालि हाल्छौं ।’ कस्तो बनाउने पार्क ? प्रस्तावित याेजनामा फन पार्क, वाटर पार्क, चिल्ड्रेन पार्क, मिनि जु, अडल्ट इन्टरनेनमेन्ट पार्क हुनेछन् । त्यसभित्र रोलर कोस्टर, जम्पिङ सर्कल, ड्रागन कोस्टर, विग पेण्डुलम, डबल फ्लाइङ, विग वाटर फल, इलेक्ट्रिक ट्रेन, म्याजिककार, अक्टोपस राइड, कार्टुन ट्रेन, फ्लाइङ कार, स्नेइल अट्याकिङ, सेल्फ कन्ट्रोल प्लानेरट्रोरिङ, स्पाइरल जेट लगायतमनोरञ्जनका साधनपार्कमा राखिने उनले बताए । त्यस्तै, मिनिफिल्म हल, रिसोर्ट, मिटिङ हल, सेमिनार हल, रेष्टुरेन्ट राखिने छ । १२ वर्ष मुनीका, १३ देखि २५ वर्ष उमेरका, २६ देखि ३६ वर्ष उमेरका र ३६ देखि ५५ वर्ष उमेर समूहलाई लक्षित गरी फरक फरक कल्स्टरमा मनोरञ्जनका साधनहरु राखिने भट्टराईले बताए । मनोरञ्जनस्थलमा बालबालिका र युवायुवतीलाई बढी प्राथमिकता दिन्छौं । छोराछोरीलाई लैजादाबाबु आमालाई पनि मनोरञ्जन दिने साधनहरु हुने छन् । व्यवसायिक मिटिङ, सेमिनारका लागि विभिन्न साइजका हलहरु बनाइने छ । २ अर्ब लागत रमेशकुमार भट्टरार्इ[email protected] ‘जग्गा ३०/३५ वर्षको लागिलिजमा लिन्छौं । पब्लिक प्राइभेट पार्टनरसिप मोडलमा काम गर्ने योजना छ’ भट्टराई भन्छन्–मनोरञ्जन पार्क निर्माणका लागि मलेसियन, चाइनिज र अमेरिकन ग्रुपले इच्छा राखेका छन् । उनीहरुले बाइ वा लिज अफर दिएका छन् । कुन मोडलमा जाने भनेर निर्णय भएको छैन’ उनले भने । परियोजनानिर्माण सम्पन्न गर्न करिव २ अर्ब लगानी हुने अनुमान गरिएको छ । ‘सेयर पुँजी १ अर्ब रुपैयाँ राख्छौं । ५० करोड रुपैयाँ लगानीको प्रतिवद्धता आईसकेको छ । थप एक अर्ब रुपैयाँ बैंकबाट ऋण लिन सकिन्छ’ पूर्व बैंकर्स भट्टराईले वित्तीय योजना सुनाए । ‘परियोजनाको प्रारम्भिक तयारी नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेसले गरेको छ । जमिनको टुङगो लागेपछि नयाँ कम्पनी दर्ता गरी निर्माण प्रक्रिया तत्काल थालिने छ’ भट्टराइ भन्छन्-‘दुर्इ वर्षमा याे परियाेजना निर्माण सम्पन्न गर्छाै ।