शक्तिशाली सामुन्द्रिक आधीले नेपालमा हिमपातको खतरा बढ्यो, ३ दिनका लागि ‘अलर्ट’ जारी
काठमाडौं । देशका हिमाली भूभागमा हिमपातको सम्भावना देखिएको छ । दक्षिणपूर्वी अरब सागरमा आएको शक्तिशाली सामुन्द्रिक आधी (चक्रवात)को प्रभावले नेपालमा हिमपातको सम्भावना बढेको मौसम विभागले जनाएको छ । विभागले हिमाली भेग रहने मानिसलाई सतर्क रहन ‘अलर्ट’ जारी गरेको छ । उक्त हिमपातले हिमपातको प्रत्यक्ष असर पर्वतारोहिमा पर्न सक्ने भन्दै चक्रवात रहँदासम्म विशेष सावधानी अपनाउन आग्रह गरेको छ । विभागको गणितिय मौसम पूर्वानुमानका आधारमा आगामी तीनदिनसम्म हिमपातको अनुमान गरेको छ । मंगलबार विभागका अनुसार पश्चिम क्षेत्रमा सामान्यतया बदलीरहि पश्चिमी हिमाली क्षेत्रको धेरै स्थानमा हल्का देखि मध्यम खालको र मध्य क्षेत्रको हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । त्यस्तै पुर्बी हिमालि क्षेत्रको थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाट्टफुट्ट वर्षाको संभावना देखिन्छ। बुधबार पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका धेरै स्थानमा हल्का देखि मध्यम खालको हिमपातको संभावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको केहि स्थानमा हल्का हिमपातको सम्भावना देखिन्छ। पश्चिमका केहि क्षेत्रहरुमा हल्का वर्षाको सम्भावना देखिन्छ। विहीबार पश्चिम र मध्य क्षेत्रमा सामान्यतया वदलि रहि हिमालि भेगका केहि स्थानमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहनुको साथै पूर्वी हिमालि क्षेत्रको एक दुई स्थानमा हल्का हिमपातको संभावना देखिन्छ। पश्चिमका एक दुई स्थानमा फाटफुट वर्षाको संभावना देखिन्छ ।
भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान, साताको ६ दिन हुने
काठमाडौं । भोलिदेखि कुवेत-काठमाडौं-कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत-काठमाडौं प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं-कुवेत सिधा उडानबाट नेपाल-कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस
आजदेखि बाघको गणना सुरु, कति छन् त नेपालमा बाघ ?
रत्ननगर । दुर्लभ जातका रोयल बंगाली बाघको गणना आजदेखि सुरु भएको छ । भारत र नेपालमा एकैचोटी बाघको गणना सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । उक्त गणना दुई दक्षिण एशियाली मुलुकबीचका तराई भेग अन्तर्गतका दर्जनौं जंगलहरुमा गरिनेछ । यो परियोजनाले रोयल बेंगल बाघहरुको संख्या पत्ता लगाउनेछ । ९ सय ५० किलोमिटर क्षेत्रफलमा फैलिएको तराई भेग भारतको बिहार, उत्तरप्रदेश र उत्तराखण्ड र नेपालको दक्षिण भेगमा अवस्थित छ । उक्त क्षेत्रमा संसारकै बाक्लो ५००को हाराहारीमा बाघहरु रहेको वर्ल्ड वाइड फण्ड फर नेचर (डब्लुडब्लुएफ) को तथ्यांकले देखाएको छ । विभागका अनुसार क्यामराको सहायतबाट बाघको गणना गरिदैछ । बाघ हिड्ने बाटोहरुमा क्यामरा राखिएको हुन्छ । सोही क्यामरा मार्फत कति बाघ छन् तथ्यांक संकलन गरिने विभाले जानकारी दिएको छ । विभागका कार्यकारी निर्देशक गोपाल प्रसाद भट्टराईले १५० वटा क्यामरा सहित करिब २ सय जनशक्तीको सहायताबाट बाघको संख्या आकन गर्ने बताए । क्रमिक रुपमा गरिने गणनाबाट एउटै बाघ दोहोरिने सम्भावन कम हुने उनले बताए । सन् २०१३ मा नेपालमा बाघको संख्या १९८ वटा थियो । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, सुख्लाफाँटमा १७, पर्सामा ७ र बांकेमा चारवटा थिए ।