हिमालय एअरलाइन्सकोे नयाँ एअरबसको आगमन, थप दुई नयाँ गन्तव्यको घोषणा

काठमाडौं, ४ माघ । हिमालय एअरलाइन्सले यहि जनवरी महिनाभित्र आफ्नो दोश्रो नयाँ एअरबस ३२०-२१४ को आगमन गरेको छ । यसका साथै, कम्पनीले थप दुई नयाँ गन्तव्यहरुमा उडान सेवा सञ्चालन गर्ने भएको छ । एअरबस सँग लामो समय सम्मको लागि ड्राइलीजमा लिन लागेको थप नयाँ विमानको आगमन सँगै एअरलाइन्सले क्वाललाम्पुर, मलेशियामा माघ २८ गतेदेखि र तथा याङगुन, म्यानमारमा फागुन १३ गतेदेखि उडान सेवा सञ्चालन गर्न लागेको होे। नाइनएन-एएलभी नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ एअरबस ३२०–२१४ विमानमा १५८ इकोनोमीक्लास सिट क्षमताको रहेको छ । एअरलाइन्सले आफ्नो कार्यकालको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न लागेको हो । साथै, यही २०१७ साल भित्र थप दुई विमान थप्ने योजना बनाएको छ । आफ्ना यात्रुहरुलाई आन्नद दायि यात्राको अनुभव दिलाउनको लागि एअरलाइन्सले नयाँ विमानमा आरामदायी सीटहरु, नविनतम भिडियोका साथै सँगीतद्धारा इन फ्लाइट इन्टरटेनमेन्ट दिने कम्पनीले जनाएको छ । योजनाका अनुसार एअरलाइन्सले हप्ताको पाँच दिन क्वालालम्पुर, मलेशियार हप्ताको दुई दिनयाङगुन, म्यानमार उडान सञ्चाल नगर्ने छ । एअरलाइन्सले कार्निभल ट्राभल एसडीएन बिएचडी र माइ गोल्डेन लाइन एभाइटेशन प्रालि लाई क्रमशःमलेशिया र म्यानमारको लागि जेनरल सेल्स एजेन्ट छनौट गरेको छ । जेनरल सेल्स एजेन्टको रुपमा यीनीहरुले एअरलाइन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछन् । एअरलाइन्सले काठमाडौ-क्वालालम्पूर-काठमाडौको लागि शुरुवाती टिकट दर २५ हजार ३७५ रुपैयाँ (राउण्ड ट्रिप) र क्वालालम्पूर-काठमाडौ-क्वालालम्पूरको लागि एमवाइआर ९२८(राउण्ड ट्रिप) कायम गरेको छ । त्यसैगरी काठमाण्डौ-याङगुन-काठमाण्डौको लागी २९ हजार ६०० रुपैयाँ (राउण्ड ट्रिप) र याङगुन-काठमाण्डौ-याङगुनको लागी यूएसडी ३२० (राउण्ड ट्रिप) कायम गरी उक्त्त टिकट दरमा सरकारी कर लागु हुने कम्पनीले जानकारी गराएको छ । दोहा र कोलोम्बो सँगै क्वालालम्पुर र याङगुन जोडिए पछि एअरलाइन्सले एसीयाली क्षेत्रहरुमा आफ्नो सञ्जाललाई विस्तार गर्नेछ । एयरलाइन्सको भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ भन्छन्,“हामीे एयरलाइन्सको दोश्रो नयाँ एअरबस ३२०-२१४ लाई स्वागत गर्न एकदमै उत्साहित छौँ । यसले नेपालको हवाई क्षेत्रको अन्तर्राष्ट्रिय सञ्जाललाई अझ सुध्रिड बनाउने छ । साथै दुई नयाँ गन्तब्य जसलाई हामी शुरु गर्दै छौँ, यसले हाम्रा यात्रुहरुको बड्दो धार्मीक र मनोरञ्नात्मक यात्राको मागलाई सम्बोधनगर्न मात्रनभई नेपाल, क्वालालम्पुर रयाङगुनबिच कायमगर्न पनि मद्धत गर्ने छ । थप गन्तब्यहरुले हिमालय एयरलाइन्सको एशीयाका अन्य गन्तब्यहरु सँग नेपाललाई जोड्दै पर्यटन र व्यापार प्रवर्धन गर्ने प्रतिबद्धता पनि प्रतिविम्त गरेको छ ।”

२२ अर्ब ६३ करोडमा एयरवसको २ वाइडबडि किन्ने औपचारिक निर्णय, पहिलो जहाज आगामी असोजभित्रै

काठमाडौं ३, माघ । नेपाल वायुसेवा निगमले अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग एयरबस ३३०–२०० सिरिजका दुई वाइड बडी जहाज खरिद गर्ने औपचारिक निर्णय गरेको छ । यूरोपमा निर्मित एयरबस कम्पनीका जहाजहरू अमेरिकी लिजिङ कम्पनीबाट खरिद गर्ने निगम सञ्चालक समितिले शनिबार निर्णय गरेको हो । निगम हाल अमेरिकी जहाज बोइङ विस्थापन गर्दै युरोपेली जहाज एयरबस खरिद गर्दैछ । संचालक समितिले एएआर कर्पोरेसनसँग जहाज खरिद गर्ने निर्णय गरेपछि आइतबार नै उक्त कम्पनीलाई आशयपत्र पठाइसकिएको छ । निगमले जहाजका लागि आह्वान गरेको ग्लोबल टेन्डरमा एएआरले नयाँ जहाज सस्तो मूल्यमा दिनेगरी प्रस्ताव गरेको थियो । टेन्डरमा सहभागी ११ कम्पनीमध्ये सबैभन्दा सस्तो प्रस्ताव भएका कारण निगमको जहाज खरिदका लागि गठित सिफारिस समितिले सञ्चालक समितिलाई एएआरकै नाम सिफारिस गरेको थियो । निगम व्यवस्थापनले प्राविधिक विभागका प्रमुख आरबी शाहको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । निगमलाई २० करोड ८१ लाख ६० हजार अमेरिकी डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा दुई जहाज दिने प्रस्ताव कर्पोरेसनले गरेको छ । “कम्पनीले यो रकम प्रस्ताव गरे पनि यसमा समेत केही ‘नेगोसिएसन’ हुनसक्छ,” निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । दुई जहाजको मूल्य २२ अर्ब ६३ करोड रुपैयाँ गत महिना खुलाइएको टेन्डरमा वाइड बडी जहाज उपलब्ध गराउन ११ अन्तर्राष्ट्रिय कम्पनीले प्रस्ताव गरेका थिए । “पहिलो जहाज २०७४ असोजभित्रै काठमाडौं ल्याउनेछौं,” कंसाकारले भने । उनका अनुसार दोस्रो जहाज २०७४ चैतभित्रै ल्याइसक्ने योजना निगमकोे छ । केही दिनभित्रै अमेरिकी कम्पनीका प्रतिनिधि काठमाडौं आउने र सैद्धान्तिक सहमति ९एमओयू० गरिनेछ । त्यसपछि मात्रै कम्पनीसँग जहाज खरिद सम्झौता हुने कंसाकारले जानकारी दिए । निगमले खरिद गर्ने जहाजमा ४० देखि ६० इन्च फराकिला १२ देखि १८ सिट बिजनेस क्लास रहनेछन् । यस्तै, ३० देखि ३६ इन्च फराकिला इकोनोमी क्लासका २ सय ८० सिट रहनेछन् । निगमले दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, बेलायत लगायतका गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । निगमले अहिले आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थासँग ऋणका लागि छलफल चलाएको छ । ति संस्थाहरूले व्याजदर बढेको भन्दै निगमको ७ प्रतिशत प्रस्तावलाई स्विकार गरिसकेका छैनन् । “हामी धेरै व्याज तिर्न सक्दैनौ, ७ प्रतिशतमा दिनेसँग ऋण लिनेछौं,” कंसाकारले भने । यसअघि खरिद गरेको जहाज एयरबस ३२० का दुई जहाजका लागि संचयकोषले १० अर्ब रुपैयाँ ऋण दिएको थियो । जसमा ११ प्रतिशत व्याजको भार निगमले बेहोर्दै आएको छ । कारोबार दैनिबाट ।

चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुट, प्रतिटिकट मूल्य १०८ रुपैयाँ मात्र

काठमाडौं, २ माघ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको छ ।  माघ महिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने विश्वास अनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर उक्त व्यवस्था गरिएको कम्पनीले जनाएको छ । माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले १०८ रुपैयाँमा नै टिकट प्राप्त गर्ने छन् । यस व्यवस्था अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् भने टिकट काठमाडौं थानकोट स्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । यसरी खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुनेछन् । यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य छुट भने नपाउने कम्पनीले जनाएको छ ।