वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड, ऋण ४५ अर्ब ९३ करोड
काठमाडौं । नेपाल वायुसेवा निगमको सम्पत्ति ५४ अर्ब १६ करोड ८६ लाख रुपैयाँ भएको बताएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले निगमको कुल सम्पत्तिको मूलयाकैन गर्दा सो रकम बराबरको सम्पत्ति भएको बताएका छन् । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा गरेको प्रगतिका बारेमा गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले निगमको ३९ अर्ब ८० करोड ९६ लाख ऋण भएको बताए ।
पर्यटन मन्त्रालयको खर्च ५९ प्रतिशतमै सीमित
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा ५९ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले आज गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगतिको पूस्तक सार्वजनिक गर्दै ५९ प्रतिशत खर्च गरेको जनाएको हो । मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ८१ प्रतिशत खर्च गरेको थियो । मन्त्रालयले अपेक्षाकृत प्रगति नगरेको स्वीकारेको छ । मन्त्रालयका प्रवक्ता तथा सकमल प्रसाद भट्टराईले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न सामग्रीहरुको अभावले उल्लेख्य प्रगति नभएको बताएका छन् । उनले मन्त्रालयले पुँजीगत तर्फ ६४ वित्तीय तर्फ ५४ प्रतिशत र चालु तर्फ ८० प्रतिशत प्रगति भएको बताए । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पनि मन्त्रालयको वार्षिक प्रगति उत्साहजनक नभएको बताए । उनले कोरोना भाइरसको कारण उल्लेख्य काम हुन नसकेको बताए । ‘कोरोना नभएको भए हामी धेरै काम गर्थ्यौं, कोरोना नभएको भए भैरहवा विमानस्थलको निर्माण सम्पन्न भइसक्थ्यो त्यसमा साढे तीन अर्ब रकम खर्च हुन सकेन, निजगढ विमानस्थलमा पनि खर्च हुन सकेन, पोखरा विमानस्थलमा पनि त्यस्तै समस्या आयो, त्यसेले सोचेको जस्तो काम भएन,’ उनले भने । उनले कोरोना नभएको भए मन्त्रालयको प्रगति ९० प्रतिशत हुन सक्ने बताए ।
होटललाई ‘पेआइशोलेशन’ बनाउने तयारी
काठमाडाैं । कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुन सक्ने जनाउँदै पाेखरा महानगरपालिकाले पोखराका केही होटललाई ‘पेआइशोलेशन’का रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षणविना सङ्क्रमण देखिएका र अस्पताल लानुपर्ने अवस्था नभएका सङ्क्रमित पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने ‘पेआइशोलेशन’का लागि होटल प्रयोग गर्न सकिने बताए । उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शै्याको आइशोलेशन वार्डका रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइशोलेशन’का रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ । उनले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको र करिब चार सय जनाले यसको सुविधा लिएको जानकारी दिए । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको रू एक हजारदेखि रू दुई हजारसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए । पोखरा महानगरले कृषि तालिम केन्द्र, मालेपाटन, पदम नसिर्ङ्ग होम, लेकसिटी ब्लक बी र ¥यालेचौर बेंसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शै्याको चार क्वारेन्टिन सञ्चालन गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २२७ जनामध्ये हाल जम्मा ७० जनामा मात्र छन् भने अरु घर फर्किसकेका छन् । महानगरको क्वारेन्टिनमा विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरु राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेव अर्जुन क्षेत्रीले जानकारी दिए । उनका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि महानगरको सहकार्यमा पोखराका २४ होटलले सो सुविधा उपलब्ध गराएका छन् । त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शै्याको क्वारेन्टिन सञ्चालन गरेकाे छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई भेन्टिलेटर र ११ आइसियु शै्या छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माका अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना सङ्कलन भएको छ । यसमा सङ्क्रमतिको सङ्ख्या एक हजार ८८९ छ । गण्डकीमा ८३० क्वारेन्टिन छन् भने २६१ आइसोलेशन छन् । भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या १९ हजार ३१५ रहेको छ ।