सामसङका डीसीईओ हान जोंग-हीको निधन
काठमाडौं । दक्षिण कोरियाको प्रतिष्ठित कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) हान जोंग–हीको निधन भएको छ । उनको हृदयघातका कारण ६३ वर्षको उमेरमा निधन भएको हो । कम्पनीले उनको निधनको पुष्टि गरेको छ । हानले कम्पनीको उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उपकरण विभागको नेतृत्व सम्हालेका थिए । सामसुङले हालसम्म हानको उत्तराधिकारीको नाम घोषणा गरेको छैन । हान जोंग–हीले १९८८ मा इनहा विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक डिग्री पूरा गरेपछि सामसुङमा काम गर्न सुरु गरेका थिए । २०११ देखि २०१३ सम्म उनी कम्पनीको उत्पादन अनुसन्धान र विकास (आर एन्ड डी) टोलीको प्रमुख थिए । हानले २०१७ मा भिजुअल डिस्प्ले व्यवसायको नेतृत्व लिएका थिए । २०२१ मा उनलाई उपाध्यक्ष र डीसीईओमा पदोन्नति गरिएको थियो । स्थानीय मिडियाका अनुसार सामसुङको टिभी व्यवसायलाई उचाइमा पुर्याउने श्रेय उनलाई दिइन्छ । सामसुङका एक प्रवक्ताका अनुसार हान जोंग–हीको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो । ३० नोभेम्बर, २०२४ सम्ममा हानको कुल सम्पत्ति करिब ९ लाख ७१ हजार २९१ नेट वर्थ थियो । उनको वार्षिक तलब प्याकेज ६.९० अर्ब वोन (झन्डै ४८.३ लाख डलर) थियो । गत वर्षको अवधिमा सामसुङका सेयरहरू सबैभन्दा कमजोर प्रदर्शन गर्ने प्रविधि सेयरहरूमा परेका थिए । हानले भनेका थिए कि कम्पनीले तीव्र रूपमा विकसित भइरहेको एआई सेमिकन्डक्टर बजारलाई पर्याप्त रूपमा जवाफ दिन असफल भएको छ ।
कर्मचारीको परम्परागत कार्यशैलीले पुँजीगत खर्च हुन सकेन, अब खर्च बढाउनतिर लागौँ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउदा सूचना प्रविधि (आइटी) पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् । त्रिवर्षीय (आव २०८२/८३-२०८४/०५( बजेट सीमा तथा स्रोतमाथि केन्द्रीत रही मन्त्रालयअन्तर्गतका विभाग र निकायसँग बजेट योजना छलफल कार्यक्रममा उनले बृहत्तर उद्देश्य बोकेका योजना ल्याउन विभागीय प्रमुखलाई ध्यानाकर्षण गराए । सूचना प्रविधिको विकासले राजस्व वृद्धिमा निकै ठुलो टेवा पुर्याएको उल्लेख गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आइटी क्षेत्रमा पूर्वाधार निर्माण नहुँदा यसबाट लाभ लिन नसकिने धारणा राखे । ‘आइटी क्षेत्रमा पूर्वाधार नभई सोचे जस्तो लाभ लिन र उत्पादन गर्न कठिन छ । त्यसैले आइटीपार्क बनाउने जस्ता बृहत्तर योजना ल्याउनुहोस्,’ उनले भने, ‘नेपाललाई प्रविधिमैत्री र इ-गभर्नेन्स प्रणालीमा लैजान पनि सरकारको लगानी आवश्यक छ । डेटा सेन्टर निर्माण गर्नु आजको अर्को अति आवश्यक विषय हो ।’ मन्त्री गुरुङले एकीकृत कार्यालय प्रणाली लागू गराउन, नागरिक एप प्रयोगका लागि अभियान चलाउन जरुरी रहेकामा जोड दिँदै यसका लागि आवश्यक बजेट विनियोजन हुनुपर्ने बताए । पुँजीगत खर्च गर्न नसक्ने समस्याले मन्त्रालयसमेत ग्रस्त रहेको भन्दै उनले यसका लागि कर्मचारीलाई इमान्दार र निडर भएर काम गर्न आग्रह गरे । ‘कर्मचारीको परम्परागत कार्यशैली, नीतिगत व्यवस्थामा समस्यालगायत कारणले पुँजीगत खर्च हुन नसकेको हो । अब पुँजीगत खर्च बढाउन बनाउनतिर लागौँ । योजना बनाउदा नै तालिम जस्ता स-साना उपलब्धि नहुने खालका कार्यक्रम कटौती गरेर बृहत्तर प्रभाव पार्ने योजनामा बजेट निर्माण गर्न लागौँ,’ मन्त्री गुरुङले भने । सञ्चार मन्त्रालयकी सचिव राधिका अर्यालले सरकारी निकायले असार १५ सम्म बजेट स्वीकृत गरिसक्नुपर्ने भन्दै उत्पादन मुलक र नवीन उद्देश्य बोकेका जनमुखी योजनामा बजेट तर्जुमा गर्न आग्रह गरिन्। उनले खर्च गर्न नसकिने योजनामा बजेट ल्याउनुभन्दा खर्च गर्न सकिने अतिआवश्यक कार्यक्रममा केन्द्रीत हुनुपर्नेमा जोड दिइन् । छलफलमा मन्त्रालयअन्तर्गतका विभागीय तथा विभिन्न निकायका प्रमुखले आ-आफ्नो कार्यालयको बजेटबारे जानकारी दिए ।
जेडटीई स्मार्टफोनको नयाँ सिरिज सार्वजनिक, १० हजार ५ सय बाट सुरु
काठमाडौं । जेडटीई स्मार्टफोनको नयाँ सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा जेडटीईले नयाँ सिरिज सार्वजनिक गरेको हो । नेपालका लागि जेडटीईको आधिकारिक वितरक शंकर ग्रुपले विभिन्न पाँच मोडेलका नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले सस्तो मूल्यमा नेपाली प्रयोगकर्तालाई स्तरीय फिचर र पर्फमेन्स भएका फोन अनुभव गराउने उद्देश्यले यी फोन ल्याएको जनाएको छ । कम्पनीले ब्लेड र नुबिया सिरिज बजारमा ल्याएको हो । कम्पनीले ब्लेड ए ७५, ब्लेड ए ३५ ई, ब्लेड ए ५५, नुबिया भी ७० म्याक्स र नुबिया भी ७० डिजाइन गरी पाँच नयाँ स्मार्टफोन सार्वजनिक गरको हो । ’हामी जेडटीईलाई नेपालमा पुनः ल्याउन पाउँदा उत्साहित छौं । हामी नेपाली ग्राहकलाई उत्कृष्ट स्मार्टफोनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं,’ शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जाखेरले भने । यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, मल्टिटास्किङ र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटीईका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बनेको छ । जेडटीईका नयाँ स्मार्टफोनको मूल्य र स्टोरेज क्षमता जेडटीई ब्लेड ए ७५ को मूल्य १३ हजार ९९९ रुपैयाँ रहेको छ । यसमा ४ जीबी र्याम २५६ जीबी स्टोरेज उपलब्ध छ । फोन डायमन्ड ब्ल्याक र मिन्ट ग्रीन कलरमा छ । जेडटीई ब्लेड ए ५३ ई को मूल्य १० हजार ४९९ रुपैयाँ रहेको छ । यसमा २ जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको छ । यो सिल्भरी ग्रे र आइस ग्रीन कलरमा उपलब्ध छ । जेडटीई ब्लेड ए ५५ २ जीबी र्याम, ६४ जीबी स्टोरेज– ११ हजार ९९९ रुपैयाँ ४ जीबी र्याम, १२८ जीबी स्टोरेज – १२ हजार ९९९ रुपैयाँ कलर– स्टारी ब्ल्याक एन्ड वाटर ब्लु जेडटीई नुबिया भी ७० म्याक्स मूल्य– १५ हजार ९९० स्टोरेज ६ जीबी र्याम, १२८ जीबी स्टोरेज कलर– लेक ग्रिन र ग्लाटिक ग्रे जेडटीई नुबिया भी ७० डिजाइन ८ जीबी र्याम, १२८ जीबी स्टोरेज– १६ हजार ९९९ रुपैयाँ ८ जीबी र्याम. २५६ जीबी स्टोरेज– १८ हजार ९९९ रुपैयाँ कलर- स्टोन ग्रे र जेड ग्रिन