लिएगो ब्राण्डको नयाँ स्मार्टफोन नेपाली बजारमा आउँदै

काठमाडौं, ८ मंसिर । नेपाली बजारमा नयाँ नयाँ ब्राण्डका स्मार्ट फोनहरु भित्रिरहेको अवस्था अर्को ब्राण्डको स्मार्ट फोन थपिने भएको छ । चीनमा निर्माण गरिएको लियागो ब्राण्डको मोबाइल फोन नेपाली बजारमा थपिने भएको हो। नेपालको लागि आधिकारिक बिक्रेता रहेकोजेएसएस ग्रुपले पत्रकार सम्मेलन गरी लिएगो ब्राण्डको स्मार्ट फोन नेपाली बजारमा ल्याउन लागिएको जानकारी दिएको छ । कम्पनीका अनुसार यो मोबाइल चार सिरिजका ११ मोडल बजारमा आउनेछ। अव नेपाली बजारमा आउन लागेको लिएगो स्टाइलिस मोवाइल अन्य मोवाइल भन्दा सस्तो गुणस्तर र भरपर्दो रहेको कम्पनीका प्रबन्ध निर्देशक मोहन वंशलले दावी गरे । उनले सवजै प्रकारका उपभोक्तालाइृ लक्षित गरी स्टाइलिस फोन ल्याउन लागिएको जानकारी दिए । दुई बर्ष अगाडीबाट निर्माण थालीएको यो फोन विश्व बजारमा २५ वटा देशमा मार्केट विस्तार गरिसकेको छ । वंशलले भने– ‘हामी फोन बेच्ने मात्र नभइ विक्रिपछि सेवा दिने गरी देशभरी ३८वटा सर्भिस सेन्टर खोल्न लागेका छौं। उनका अनुसार सवै प्रकारका मोवाइलहरु मंसिर १० गतेबाट नेपाली बजारमा सार्वजनीक गरिने छ ।

एप्पलको पछिल्लो भर्सन विक्रि सुरु भएको तीन दिनमा नै १८३३ सेट विक्रि भएको जेनेक्स्टको दावी

काठमाडौ, ६ मंसिर । एप्पलको आधिकारीक विक्रेता ‘जेनेरेसन नेक्स्ट कम्युनिकेसन‘ (जेनेक्स्ट) ले आइफोन सेभेन र आइफोन सेभेन प्लस विक्रि गर्न सुरु गरेको तीन दिनमा नै १८३३ वटा विक्रि भएको दावी गरेको छ । जेनेक्स्टले प्रेस विज्ञप्ती जारी गरी आइफोनका ग्राहक नेपालमा बढ्दै गएको र माग पनि प्रसस्त आएको जनाएको छ । उसले आइफोनसेभेन र आइफोन सेभनेप्लस किन्ने ग्रहकहरुलाई आफ्ना डिलरहरु इभोस्टोर, फ्युचर वल्र्ड, वोलीज स्टोर, सोनु मोवाइल, एपेक्स डिजिटलबाट मात्र किन्न अनुरोध गरेको छ । आइफोनका नयाँ भर्सन किन्दा आइएमइआइ नम्वर रजिष्टर्ड भएको नभएको जाँचेर मात्र किन्न र म्याट विल लिन पनि अनुरोध गरेको छ । बजारमा आइफोन सेभेन र आइफोन सेभेन प्लसका नक्कली मोवाइल सेटहरु पाउन थालेपछि यस्तो सुचना जारी गरी ग्राहकलाई सचेत गराएको जेनेक्स्टले जनाएको हो । बजारमा यही मंसिर पाँच गते इभोष्टर नेपालबाट आइफोन सेभेन र आइफोन सेभेन प्लसको विक्रि सुरु गरेको थियो । आईफोन ७ को मूल्य ३२ जिबीको लागि ९१ हजार, १२८ जिबीको लागि एकलाख आठ हजार रुपैयाँ र २५६ जिबीको लागि एकलाख १९ हजार ५०० रुपैयाँ तोकिएको छ । आईफोन ७ प्लस्को ३२ जिबीको लागि एकलाख आठ हजार रुपैयाँ, १२८ जिबीको एकलाख २२ हजार ५०० रुपैयाँ र २५६ जिबीको लागि एकलाख ३६ हजार रुपैयाँ तोकिएको छ

सामसुङको दाबी – ‘ग्यालेक्सी एस सेभेन सुरक्षित छ’, अब पड्किदैन

काठमाडौं, ७ मंसिर। सामसुङले उसको पछिल्लो स्मार्टफोन उत्पादन ग्यालेक्सी एस सेभेन सुरक्षित रहेको जनाएको छ। सामसुङले एक विज्ञप्ति निकाल्दै ग्यालेक्सी एस सेभेन सिरिजका स्मार्टफोन पूर्णरुपमा सुरक्षित रहेको दाबी गरेको हो। ब्याट्रीको समस्याका कारण ग्यालेक्सी नोट सेभेन उत्पादन बन्द गर्नुपर्दा करोडौँ डलर घाटा बेहोरेको सामसुङले अहिले आफ्नो ध्यान एस सेभेनमा केन्द्रित गरेको जनाएको छ। विज्ञप्तीमा ग्यालेक्सी एस सेभेन सिरिजको गुणस्तर तथा सुरक्षाका लागि सामसुङ पूर्ण रुपमा प्रतिबद्ध छ । अमेरिकामा करीब १ करोड प्रयोगकर्ताले ग्यालेक्सी एस सेभेन सिरिजका स्मार्टफोन प्रयोग गरिरहेका छन् र आन्तरिक रुपमा ब्याट्री फेल भएको भन्ने कुनैपनि पुष्ट खबर अहिलेसम्म आएको छैन । बाहिरी कारणले स्मार्टफोनमा नोक्सानी भएका केही घटना बाहिर आएका छन् । जबसम्म सामसुङलाई त्यस्ता कुनैपनि डिभाइस प्राप्त हुँदैनन् र त्यसको जाँच हुँदैन तबसम्म यस्ता प्रकारका घटनाको सत्यता बुझ्नु असम्भव हुन्छ । अाफ्नो ब्राण्ड इमेजमा परेको नोक्सानीलाई परिपूर्ति गर्नका लागि एस सेभेन पूर्ण रुपमा सुरक्षित रहेको विषयमा उपभोक्तालाई विश्वस्त गराउन भरमजदुर काम गरिरहेको कम्पनीले जनाएको छ। नोट सेभेनको उत्पादन बन्दसँगै सामसुङले ग्यालेक्सी एस सेभेन र एस सेभेन एज स्मार्टफोनका विज्ञापनमा जोड दिएर आर्थिक नोक्सानीबाट समेत माथि उत्रने कोसिस गरिरहेको छ । सामसुङ आफ्ना ग्राहकको विश्वास जित्नका लागि हरसम्भव कोसिस गरिरहेको छ । आगामी सिजन उसले एस सेभेन स्मार्टफोनको बिक्रि अझै बढाउने कोसिस गर्नेछ ।