डिसेम्बर २३ देखि काठमाडौंमा मानव स्रोतको रुपान्तरण सम्बन्धी सम्मेलन हुँदै

काठमाडौं । डिजिटल विश्वमा मानव स्रोतको रुपान्तरण सम्बन्धी सम्मेलन आयोजना हुने भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युड अफ नेपाल (बीएफआईएन) ले यही डिसेम्बर २३ तारिखका दिन काठमाडौंको होटल र्याडिसनमा एकदिने सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा नेपाल तथा भारतका विज्ञ तथा व्यवस्थापकहरुले आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा भारतको टाटा कन्सल्टेन्सी सर्भिसेज फाइनान्सियल सोलुसनका उपाध्यक्ष आर. विवेकानन्द, भारतको आईडीएफसी बैंकका मानव संसाधन निर्देशक प्रतिक दुवे, रिस्क म्यानेजमेन्ट एशोसिएसन अफ इण्डियाका महासचिव राकेश अग्रवाल, साउथ एशिया फास्ट ट्रयाक एण्ड एनालाइसिस्टका सम्पादक सौरजित ऐयर लगायतलाई आमन्त्रण गरिएको छ । त्यस्तै, पूर्व मुख्यसचिव विमल कोइराला, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना र नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईँले सम्मेलनको विभिन्न सेसनको अध्यक्षता गर्नेछन् भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, माइक्रोसफ्टका क्षेत्रीय निर्देशक एलेन विलोचन तुलाधर, नेपाल इन्भेष्टमेन्ट बैंकका सह–महाप्रबन्धक विजेन्द्र सुवालले वक्ताका रुपमा रहेका छन् । त्यस्तै बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, ग्लोबल आइएमई बैंककी सहायक महाप्रबन्धक आरती राणा, संजित कुमार, प्रभु बैंककी मानव संसाधन र व्यवसायिक योजना विभाग प्रमुख रश्मी पन्त र लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले पनि कार्यक्रममा बोल्नेछन् । उक्त सम्मेलनमा सहभागी हुन बीएफआईएनका सदस्यहरुले प्रतिव्यक्ति ९००० रुपैंया र सोबाहेकका अन्यले १०००० रुपैंया तिर्नुपर्ने आयोजकले जनाएको छ । उक्त रकममा भ्याट समावेश नगरिएको समेत आयोजकले बताएको छ । उक्त सम्मेलनका लागि दराज डटकम, नेपाल लाइफ इन्स्योरेन्स, मेगा बैंक, कुमारी बैंक, मर्कन्टाइल लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताए । अात्रेयले सम्मेलनमा विश्वमा सूचना प्रविधिकाे अाविष्कारसँगै राेजगारीकाे अायामहरुमा परिवर्तन अाउँदै गरेकाे परिप्रेक्षमा भावी दिनहरुमा हुनसक्ने परिवर्तन र त्यस्ता परिवर्तनसँग मानवस्राेतकाे रुपान्तरण कसरी गर्ने भन्ने सम्बन्धमा विज्ञहरुले अाफ्ना विचार प्रस्तुत गर्ने र छलफल हुने बताए ।

मेगा बैंकले ल्यायो थ्रीडी सेक्योर प्रविधि, अनलाइन कारोबार थप सुरक्षित हुने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहनेछ । मेगा बैंकले भिसासँगको साझेदारीमा आइजिल्यान्ट टेक्नोलोजीमार्फत यो सेवा संचालनमा ल्याएको हो । यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन् । जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकले जनाएको छ । यस प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने मेगा बैंकको विश्वास छ । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेलीले थ्रीडी सेक्योर प्रविधिको सुरुवातले मेगा बैंकका कार्ड प्रयोगकर्ता ग्राहकको कारोबार सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । मेगा बैंकको अत्याधुनिक कार्ड सेवाले ग्राहकलाई विश्वस्तरीय सेवा उपभोगको अनुभव दिने उनको विश्वास छ । आइजिल्यान्ट टेक्नोलोजीका सीईओ प्रशान्त मेन्गावाडेले आफूहरुसँगको सहकार्यमा मेगा बैंकले भरपर्दो र सुरक्षित कार्ड सेवा शुभारम्भ गरेको बताएका छन् । त्यस्तै, यो सेवाले नेपालको डिजिटल कारोबारको बढोत्तरीमा मद्दत मिल्ने बताएका छन् ।

अष्ट्रेलियन एयरलाइन्सहरुमा ह्यान्डब्यागकाे ताैल ताेकियाे, ७ किलाे भन्दा बढीकाे सामान बाेक्न नपाइने

अस्ट्रेलिया। आफ्ना नजिक र प्रिय साथीभाइ र आफ्न्तलाई उपहार लगिदेने सबैलाई यस डिसेम्बर बिदामा घर जाँदा अब तनाव हुनसक्नेछ। अब अष्ट्रेलिया एयरलाइन्सले वर्षको व्यस्त समयमा हाते झोलाको वजन सीमा लागू गर्न निर्णय गरेको छ। भर्जिन अष्ट्रेलिया र कन्टास एयरलाईन्सले आफ्न घरेलू यात्रुहरूलाई आफ्नो हाते झोला ७ किलो (१५ पाउण्ड) भन्दा बढी नबोक्न आग्रह गरेको छ र त्यसलाई सुनिश्चित गर्न विभिन्न ठाउँमा सामनको जाँच गरिने बताएको छ। सिएनएनसँगको कुराकानीमा भर्जिन अस्ट्रेलियाका ग्राउन्ड अपरेसनका जेनेरल म्यानेजर पल वुसनाम भन्छन्, “एक उद्योगको रूपमा हामीहरुले यात्रुहरुले सबै चीजहरू ल्याउन प्रयास गरेको देख्छौं अझै त्यतिमात्र नभएर भान्साको सरसामन पनि ल्याउने गरेको देखेका छौ जसको कारणले गर्दा उडान ढिलो हुने र त्यसका साथै क्याबिन चालक दलको सुरक्षामा पनि समस्याहरू आउने गरेको छ। ” यसकारणले कन्टास एयरलाईन्सले नभेम्बरको अन्तिम साता देखी कडासँग हाते झोलाको वजन जाँच्न थालेको छ र भर्जिन अस्ट्रेलियाले पनि डेसेम्बर १० तारिख देखि यसको लागि कडा नियम लागु गरेको छ। टाईगर एयर र जेस्टर एयरलाईन्सले भने पहिले देखि नै आफ्नो यात्रुहरुको सामनको वजन जोख्ने गर्थियो। क्याबिनका भारी लगेज ब्यागहरुको कारणले गर्दा एयरलाइन्सका क्याबिन चालकहरु सामान मिलाउने र यात्रुहरुलाई सघाउने बेला घाइते भएको पल वुसनामले बताए। हामी हाम्रो यात्रुहरु समयमा आफ्नो गन्तव्यमा पुगुन् भन्ने चाहन्छौ तर यस्ता यी क्याबिनमा राखिने सामानको कारण हामीहरुको उडानमा ढिलाई भईरहेको वुसनाम बताउँछन्। यसमा अस्ट्रेलियन सिभिल एभिएसन सेफ्टी अथोरिटीले समर्थन जनाएको छ जो भन्छ कि अत्याधिक नचाहिने सामन क्याबिनमा ल्याउँदा क्याबिन चालक लाई समस्या हुनुको साथै उडानमा पनि ढिलाई हुने बताएको छ। भर्जिन अस्ट्रेलियाले आफ्नो यात्रुलाई ३० केजी सम्मको लगेज ब्याग, साथै २३ किलोग्राम सम्मको अर्को ब्याग र ७ किलो सम्मको हाते झोला लैजान दिने गरेको छ। त्यसका साथै प्रत्येक यात्रीलाई ल्याप्टप ब्याग र अर्को सानो हाते झोलाको पनि अनुमति एयरलाइन्सले दिएको छ। क्यानटसमा यात्रा गर्ने घरेलु यात्रीहरुले कम्तिमा पनि ३० किलोग्राम सम्मको लगेज ब्याग, र दुईवटा ७/७ किलोको हाते ब्याग बोक्न पाउँछन्। क्रिसमस अत्यन्त ब्यस्त समय भएकोले यस समयमा अझै यो कुरालाई बिशेष ध्यान दिईने, वुसनाम बताउँछन्। यदि तपाई पनि यो समयमा अस्ट्रेलियाबाट यात्रा गर्दै हुनुहुन्छ र झोला जाँच्नबाट जोगिन चाहानुहुन्छ भने, तपाईले कसरी ठीकसँग सामान प्याक गर्ने भनेर जान्न आवश्यक छ। यदी तपाईंले ठीकसँग सामान प्याक गर्न जान्नुभयो भने तपाईंको यात्रा हल्का सामानको साथ आनन्दमय हुनेछ। यदी तपाईंले ठीक तरिकाले सामान प्याक गर्नुभएन र नचाहिने कपडा राख्नुभयो भने तपाईंको यात्रा कस्टकर हुनको साथै हुनेछ। [ सिएनएन ]