नयाँ आईफोन सवै सुरक्षित छन् : एप्पल
चीन (बेइजिङ): चीनमा केही संख्याका आईफोनमा आगो लाग्नुका पछाडि बाह्य कारण भएको दाबी एप्पलले गरेको छ । ८ जना प्रयोगकर्ताले आईफोन सिक्सका ह्यान्डसेटहरू पड्केको उजुरी सांघाईको उपभोक्ता वाचडगमा दर्ता गराएका थिए । एप्पलले परीक्षण सञ्चालन गरेको र यी उत्पादनमा चिन्ता लिनुपर्ने कारण नभएको जनाएको छ । एप्पलले आईफोनमा बाह्य भौतिक क्षति भएको जनाएको छ । वाचडगले एक महिलाले उनको आईफोन सिक्स प्लस अगस्टमा पड्केको उजुरी दर्ता गराएको जनाएको छ । नियामक निकायले आईफोनमा धूवाँ निस्केको तर आगो पनि देखिएको बारेमा कुनै निश्चित नभएको जनाएको छ । राज्य स्वामित्वको सांघाई कन्जुमर काउन्सिलले भनेजस्तै उपभोक्ताको उजुरीको सुनुवाइमा आफूले ढिलासुस्ती गरेको एप्पलले अस्वीकार गरेको छ ।
एप्पलले आइफोन बनाउन गोल्डविन्ड’का तीन सहायक कम्पनीको ३०% सेयर खरिद गर्यो
एप्पलले पछिल्लो समय चीनमा आइफोन बनाउन चीनको ‘विन्ड उर्जा (हावाबाट बिजुली)’ मा लगानीको डिल गरेको छ। शतप्रतिशत नविकरणीय उर्जा प्रयोग गर्ने उध्येश्य अनुरुप एप्पलले चीनको सबै भन्दा ठूलो विन्ड टर्बाइन उत्पादक गोल्डविन्डका तीन सब्सिडरी कम्पनीको ३० प्रतिशत सेयर हिस्सा खरिद गरेको छ। कम्पनीले यसका लागि गरेको लगानी रकम अघिलेसम्म खुलाएको छैन। ‘एप्पलले अहिलेसम्म नविकरण उर्जामा गरेको लगानी मध्ये यो सबै भन्दा धेरै हो। एप्पलका धेरै उत्पादन चीनमा निर्माण हुन्छन्। एप्पलको कुल बिक्रीलाई पाँच भाग लगाउँदा एक भाग बराबर चिनमा नै बिक्ने गरेको छ। वातावरणीय समुह ग्रिनपेसले चिनमा विद्युतिय उपरकरण उत्पादन गर्नेले अध्यधिक उर्जा खपत गरेको गुनासो गर्दै आएको थियो। एप्पलको लगानी पश्चात विस्तार हुने नयाँ विन्ड प्रोजेक्टले चिनको राष्ट्रिय गृडमा २८५ मेगावाट नविकरणीय उर्जा थप गर्नेछ। यसले अन्य स्रोतको उर्जा प्रयोग गरि रहेका कम्पनीका केहि अपरेटर र सप्लायर्सहरु फक्सकोन, लेन्स, क्याचर र सोल्भेलाई पनि सहज हुने एप्पलले जनाएको छ। चीनले यस्तो ‘इनिसिएटिभ’ लिने कम्पनीलाई धेरै सहुलियत समेत घोषणा गरेको छ। एप्पलले पावर पर्चेज एग्रिमेन्टको सुविधा पाएको छ। अब कम्पनीले अन्य सोलार एवं विन्ड इनर्जी उत्पादकबाट नविकरणीय उर्जा खरिद गरेर राष्ट्रिय गृडलाई होलसेलमा बिक्री समेत गर्न सक्छ। एजेन्सी
आफैं कल ब्लक गर्छन् टेलिफोन कम्पनी, आम्दानीको लडाइँले एक अर्काको नेटवर्कमा फोन नलाग्ने
काठमाडौं २४, मंसिर । तपाईसँग टेलिकमको सिमकार्ड छ ? एनसेलमा फोन गर्नुस् हत्तपत्त लाग्दैन ? । अनि एलसेलको सिमकार्डबाट एनटिसीमा नि ? त्यो पनि सजिलै लाग्दैन । तपाईं–हामीलाई लाग्छ– एउटा कम्पनीको नम्बरबाट अर्कोमा फोन नलाग्नुमा नेटवर्क दोषी छ । तर, होइन । नेटवर्क हुँदाहुँदै पनि आम्दानीको लडाइँमा यी कम्पनीले एक अर्काको नेटवर्कमा फोन नलाग्ने बनाइरहेका छन् । नेपाल टेलिकम र एनसेल मात्र होइन नेपालका सबै टेलिफोन सेवाप्रदायकले अर्काको नेटवर्कमा आफ्नो नेटवर्कबाट फोन नलाग्ने बनाइरहेका छन् । ‘आफ्नो नेटवर्क राम्रो छ भन्ने देखाएर ग्राहक बढाउन र विदेशबाट कल आउँदा हुने आम्दानी अर्काको भागमा नजाओस् भनेर कम्पनीहरुले यस्तो गरिरहेको पाइएको छ,’ दूरसञ्चार प्राधिकरणका एक प्राविधिक अधिकारीले भने, ‘यसलाई हाम्रो नेतृत्वले समयमै सम्बोधन गरेको छैन, त्यसको मर्का ग्राहकलाई परिरहेको छ ।’ करिब एक वर्षअघि नै प्राधिकरणले गरेको अध्ययन अनुसार नेपालमा अन्तरआबद्धता अबरोध दर १७ प्रतिशतसम्म पुगेको छ । अन्तरआबद्धता अवरोध भनेको एउटा कम्पनीको नेटवर्कबाट अर्को कम्पनीको नेटवर्कमा सम्पर्क गर्न खोज्दा सम्बद्ध कम्पनीले जानीजानी सम्पर्क हुन नसक्ने बनाउनु हो। कान्तिपुर दैनिकबाट ।