अब सम्पूर्ण भुक्तानी सीजी पे बाटै गर्न सकिने, राष्ट्र बैंकले दियाे अनुमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रा.लि. लाई भुक्तानी सेवा प्रदायको काम गर्ने अनुमति पत्र दिएको छ । उक्त अनुमति पाएसँगै सीजी पेबाट विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सीजी पेबाट मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ । यस सीजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर गर्न सकिन्छ । साथै, टेलिकमहरुको रिर्चाज, टि.भी., ईन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशीतथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेष्टुरेन्टको बिल पेमेन्ट तथा अन्य पेमेन्ट सीजी पे बाटै गर्न सकिने कम्पनीले जनाएको छ । सीजी पे मोवाइल एप तथा वेब दुबै माध्यमबाट चल्ने तथा यसबाट ग्राहक(यूजर)लाई सजिलो तथा समयको बचत हुनेछ । यो सम्पूर्ण कारोबार बैङ्किङ् प्रणाली मार्फत सम्पन्न हुनेछ । सीजी पे सँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सजिलै यो सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
सुबिसुले ल्यायो भयंकर अफर, इन्टरनेट र क्लियर टिभी सेवामा विशेष छुट
काठमाडौं । सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले सुबिसु भयंकर अफर प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसर पारि आफ्नो ग्राहकहरुसँग खुशी साट्ने उद्देश्यले उक्त अफर सार्वजनिक गरेको हो । उक्त अफर अन्तर्गत रिटेल ग्राहकहरुका लागि क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभी सेवामा फरक फरक आकर्षक अफरहरु रहेका छन् । क्लियर टिभी प्रिमियम प्याक अफरः क्लियर टिभी सेवा अन्तर्गत मात्र ९९९ रुपैयाँ (कर सहित) मा १ महिनाको प्रिमियम सेवा पाइने छ । २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढीएच डि च्यानलहरु हुने । साथै, सेट–टप बक्स र जडान सेवा पाउन सकिने कम्पनीले जनाएको छ । सुबिसु इन्टरनेट– फाष्ट प्याक अफर इन्टरनेट सेवा अन्तर्गत १५ एमबीपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि पाइने छ । साथै, माेडेम र जडान सेवा मात्र १५०० हजार(कर सहित)मा प्राप्त गर्न सकिनेछ । सुबिसु इन्टनेट एण्ड क्लियर टिभी– कम्बो प्याक अफर इन्टरनेट र क्लियर टिभी सेवा अन्र्तगत मात्र २३०० रुपैयाँ(कर सहित)मा १ महिनाका लागि २३ एमबीपीएस अनलिमिटेड इन्टरनेट पाइने छ । साथै, क्लियर टिभी प्रिमियम प्याकेज र २६५ भन्दा बढी डिजिटल च्यानलहरु तथा ७० भन्दा बढीएच डि च्यानलहरु हेर्न पाइने छ। साथैं माेडेम, सेट–टप बक्स र जडान सेवा प्राप्त गर्न सकिनेछ । साथै, सम्पुर्ण ग्राहकहरु मध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सब्स्क्रिपशन प्राप्त गर्ने छ । बम्पर उपहार स्वरुप १ जना भाग्यशाली ग्राहकले स्मार्ट टिभी पाउने छन् । अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।
सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले विहीबार सो कम्पनीलार्ई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश जारी गरेको हो । “आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमतिप्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने कुनै पनि कार्य गर्न नरोक्नु, रोक्न नलगाउनु तथा निजलाई कुनै बाधा र अवरोध नगर्नु, नगराउनु”, आदेशमा भनिएको छ । त्यसैगरी आदेशमा अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने खरीद, जडान तथा सो सम्बन्धमा आवश्यकपर्ने थप लगानीका लागि निवेदक (सिजी टेलिकम)लाई आवश्यकताअनुसार अनुमति दिनु दिलाउनुसमेत भनिएको छ । आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र सञ्चालनमा ल्याउन आवश्यकपर्ने अन्य सेवाप्रदायकसरह समान हक स्थापित गर्नसमेत आवश्यक फ्रिक्वेन्सी वितरण गर्नसमेत अदालतले आदेशमा उल्लेख गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड पूरा नभएको उल्लेख गर्दै सेवा सञ्चालन गर्ने अनुमति दिएको थिएन ।