क्यान इन्फोटेककाे दाेस्राे दिनमा एक लाखद्वारा अवलोकन
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिन दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् । मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ । कम्पिटिसनमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन हुनेछ । कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिहीबार बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ । २५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रा.लि. र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् ।
स्मार्ट टेलिकमले दिन थाल्यो इजिलोन
काठमाडौं । स्मार्ट टेलिकम कम्पनीले हालै इजिलोन अफर प्रस्तुत गरेको छ । यससँगै स्मार्टका ग्राहकहरुले आफ्नो ब्यालेन्स रु.१ वा सो भन्दा कम भएको अवस्थामा डायल गरी रु. १० को व्यालेन्स प्राप्त हुनेछ । ग्राहकले फोन गर्न, एस एम एस पठाउन, मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउन साथै लोन लिइएको रकम र सेवा शुल्क भने अर्को पटकको रिचार्जमा कट्टा गर्ने व्यवस्था रहेको छ । ग्राहकले रिचार्ज नगरेको खण्डमा पनि आगमन कलहरु सुचारु हुने छन् तर पुन : लोन लिनभने सकिने छैन । यो सेवा लिन स्मार्टको सिमकार्ड ६ महिना प्रयोग गरिएको हुनु पर्ने छ । यसै गरी स्मार्टका ग्राहकहरुले नेट टिभि डाउनलोड गरी लग इनमा आफ्नो मोबाइल नम्बरलाई प्रयोग गरी न्यूनतम शूल्कमा नेट टिभिमा उपलब्ध हुने प्रिमियम च्यानलहरु हेर्न सकिने सुविधा पनि प्रस्तुत गरेको छ । यस अन्तर्गत ग्राहकले साप्ताहिक सदस्यताको लागि रु. २९, १४ दिनको लागि रु ५२ तथा एक महिना(३० दिन) को लागि रु ८७ तिरी नेट टिभिको सुविधा रहेको छ ।
ड्रोन क्यामरा चाहियो ? क्यान इन्फोटेकमा जानुस्, आकर्षक छुटमा पाइन्छ
काठमाडौँ । माघ १५ गतेबाट शुरु भएको क्यान इन्फोटेक २०१९ मा आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस लिटल स्माइल्स्को पनि स्टल रहेको छ । क्यान इन्फोटेको स्टल मार्फत ड्रोन क्यामरा, एरियल फोटोग्राफीको स्टेबलाइजर र भिडियोग्राफीका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । विश्वमै प्रख्यात छन् । डीजेआईका उत्पादनहरु विश्व प्रख्यात छन् । यसमा विशेष प्रकारको इन्जीनियरिङ टेक्निक र विशेष प्रकारको क्षमता र श्रीजनशिलताका साथ, निर्देशन मान्ने र सिने म्याटोग्राफी भएको डीजेआई, कमउचाई एरियल तस्विर लिनका लागी विशेष उपयोगी आइएमएस ग्रुपले जनाएको छ । ओस्मो पकेल र स्मार्ट कन्ट्रोलर पनि आकर्षक छुटका साथ क्यान इन्फोटकमा आजैदेखि उपलब्ध हुने कम्पनीले जनाएको छ । आइएमएस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले “फेरी पनि अर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र डीजेआई ड्रोन क्यामरालाई नेपाली बजारमा भित्र्याउन पाएकोमा आफू एकदमै खुशी भएको बताए ।