टेलिकमले हटाएको छैन सापटी सेवा, ‘आवश्यक परे यसो गर्नुस्’
काठमाडौ । नेपाल टेलिकमले सापटी सेवामा परिमार्जन गरेको छ । ग्राहकले ईच्छाएको अवस्थामा मात्र सेवा प्रदान गर्ने उद्देश्यले टेलिकमले यस्तो योजना ल्याएको हो । ‘आवश्यक पर्दा तथा चाहेको अवस्थामा सापटी सेवा राम्रो भएपनि नचाहेको अवस्थामा प्रयोग गर्नुपर्ने बाध्यता भने राम्रो होइन भन्ने गुनासो ग्राहकवर्गले गर्दै आएका थिए’- नेपाल टेलिकमका सहायक–प्रवक्ता सोभन अधिकारीले विकासन्यूजसँग भने । अधिकारीले आगामी दिनमा समेत ग्राहकको माग अनुसार काम गर्दै जाने बताए । उनले अघिल्लो सिस्टमभन्दा पछिल्लो सिस्टममा केही भिन्नता रहेको समेत जानकारी दिएका छन् । यसरी लिन सकिन्छ सापटी: नेपाल टेलिकमको सिम कार्ड प्रयोग गर्ने ग्राहकहरुले सापटी सेवामा सहभागी हुन सक्ने छन् । सापटी सेवा सुचारु गर्नको लागि १४७७ मा सन्देश पठाउनु पर्नेछ । सन्देश पठाएपछि एसटिएआरटी(स्टार्ट) थिचेमा सेवा सुचारु हुन्छ । यस्तै, सुचारु गरिएको सेवा बन्द गर्न चाहेमा १४७७ मै एसटीओपि(स्टप)थिच्नु पर्नेछ । आफूले लिएको सेवाको बारेमा थप केही जानकारी लिन चाहेमा एसटिएटियूएस(स्टयाटस)थिचेर १४७७ मै सन्देश पठाउनु पर्नेछ । सेवा सुचारु भएको अवस्थामा २० रुपैयाँसम्म सापटी लिन सकिने छ । यसरी सापटी लिएको पैसा भ्वाईस कल तथा डाटा दुवैको लागि उपयोगी हुनेछ । पहिले यस्तो थियो: नेपाल टेलिकम मार्फत पाईने सापटी सेवाको लागि अहिले केही प्रकृया राखिएको भएपनि पहिले स्वतः सेवा सञ्चालन हुन्थ्यो । पहिले ग्राहकले मोवाइल फोनमा बोल्दै गर्दा ब्यालेन्स सकिएमा कल काटिदैन थियो । पछिल्लो सिस्टममा समेत कल नकाटिने भएपनि सापटीको रुपमा २० रुपैयाँ मात्र रहेको छ । तर, सो भन्दा अगाडि ४० रुपैयाँसम्म सापटी पाईने व्यवस्था नेपाल टेलिकमले गरेको थियो । नेपाल टेलिकमले सापटी सेवा गत माघ २९ गतेदेखि बन्द गरेको थियो । टेलिकमले सबै मोवाईल फोन प्रयोगकर्ताहरुलाई सन्देश पठाएर सापटी सेवा बन्द गरेको हो । टेलिकमले सिस्टम मर्मत सम्भार गर्नु पर्ने भएकाले २ दिनको लागि सेवा अवरुद्ध गरेको बताएको थियो । साथै, फागुन २ गते देखी परिमार्जित रुपमा सापटी सेवा उपलब्ध गराउने समेत जनाएको थियो । तर, परिमार्जन भएको सापटी सेवा भने गत फागुन १६ गतेबाट मात्र सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ । अहिले नयाँ सिस्टम अनुसार सापटी सेवा सञ्चलनामा रहेको छ । टेलिकमबाट सापटी लिईएको शुल्क आफूले रिचार्ज गर्दा कट्ने गर्छ ।
‘एनसेल सुपर सेलर’ योजना, उपहारमा कार र युरोप भ्रमणको अवसर
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना देशभरी रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’योजना ल्याएको छ । यस योजना अन्तर्गत खुद्रा बिक्रेताले बम्पर उपहार स्वरुप कार, युरोप भ्रमण र आईफोन एक्स जस्ता आकर्षक उपहारहरु जित्न सक्छन् । यो योजना चैत्र १ गतेबाट लागु भएको छ र १० महिना सम्म संचालनमा रहने कम्पनीले जनाएको छ । यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ । यो योजना अन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समुह मध्य कुनै एक समुहमा आफुलाई सहभागी गराई उपहार पाउन सक्छन् । बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाईक, स्कुटर, ५५ ईन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वाशिङ्ग मशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् । ‘एनसेल सुपर सेलर’ योजना लागु भएको ६ महिना पश्चात खुद्रा बिक्रेताहरुले आफुले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्नेछन् । यस योजनामा सहभागिता जनाउनका लागि खुद्रा बिक्रेताहरुले रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एप बाट खरिद गरेको हुनुपर्नेछ । यस योजनाको चार समुह अन्तर्गत खुद्रा बिक्रेताहरुले ३,७०० भन्दा बढी उपहारहरु जित्नेछन् । साथै योजनामा सहभागी मध्ये उत्कृष्ट १०,००० खुद्रा बिक्रेताहरुलाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।
फेसबुकको आपराधिक गतिविधिमा छानविन हुँदै, प्रयोगकर्ताको अनुमती बिना डाटा सेयर
न्यूयोर्क। न्यूयोर्क टाइम्समा एक नयाँ रिपोर्टको अनुसार, अमेरिकाको फेडेरल प्रोसिकुटरले फेसबुकको डाटा साझेदारीमा भएको आपराधिक गतिविधी माथि छानविन गर्ने भएको छ। छानविनको लागि न्यु योर्कको मुख्य ज्युरीले दुई प्रसिद्ध स्मार्टफोन निर्मातालाई डाटाको माग गरेको छ। न्युयोर्क टाईम्सको डिसेम्बर रिपोर्टको अनुसार फेसबुकको १५० भन्दा बढी कम्पनीहरुसँग डाटा साँझेदारी सम्झौता रहेको छ। यो सम्झौताले फेसबुकको अझै प्रयोगकर्ता बढाउने र यस सम्झौतामा संलग्न भएका पार्टनरहरुले प्रयोगकर्ताहरुको डाटा उनिहरुको अनुमिता बिना नै लिन सक्दछन्। टाईम्सको अनुसार धेरै कम्पनीसँगको सम्झौता वषौँ अघि सम्झौता तोडे पनि एमजन र एप्पलसँगको सम्झौता भने अझै पनि बाँकी रहेको बताएको छ। सिएनएनको सहयोगमा