मोबाइलको पल्स घट्यो, अब जति सेकेन्ड कुराकानी उति नै पैसा

काठमाडौं । टेलिकम क्षेत्रको नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (एटीए)ले मोबाइल पल्स अवधि घटाएको छ । प्राधिकरणले बैशाख १ गतेबाट अनिवार्य कार्यान्वयन गर्ने गरी दूरसञ्चार सेवा प्रदायकलाई परिपत्र गरेर पल्स अवधि घटाउन निर्देशन दिएको छ । मोबाइल तथा टेलिफोन प्रयोगकर्ताले कुराकानी नगरेको समयको पनि पैसा तिर्नुपरेको गुनासो आएपछि पल्स अवधि घटाएर कुरा गरेको अवधिको मात्रै पैसा तिर्ने व्यवस्थासहितको नयाँ पल्स अवधि र रेट निर्धारण गरेको एलटीएले जानकारी दिएको छ । नयाँ पल्स अवधिअनुसार सबै प्रकारको मोबाइलमा प्रत्येक १० सेकेन्डको एक पल्स मानिने छ । अहिले २० सेकेन्डको एक पल्स हुन्छ । यस अनुसार अहिले मोबाइल प्रयोककर्ताले ९ सेकेन्ड कुरा गरेपनि २० सेकेन्डकै पैसा तिर्नुपरेको छ । २१ सेकेन्ड कुरा गर्ने प्रयोगकर्ताले ४० सेकेन्डको पैसा तिर्नुपर्ने हुँदा नयाँ पल्स अवधि घटाइएको हो । नयाँ पल्स अवधि अनुसार १० सेकेन्डको एक पल्स हुने भएकाले ९ सेकेन्डसम्म १० सेकेन्डकै पैसा र त्यसपछि १९ सेकेन्डसम्म २० सेकेन्डको पैसा तिर्नुपर्ने हुन्छ । अन्नपूर्ण पोस्टबाट ।

पूँजीगत लाभकर अब दुरसञ्चार नियमावलीमै राखिने, नियमावली बनाउँदै सरकार

काठमाडौं । दुरसञ्चार कम्पनी एक आपसमा गाभिदा (मर्ज हुँदा) पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था निमयावलीमै राखिने भएको छ । एनसेलको सेयर विक्रीका क्रममा पूँजीगत लाभकर छली भएपनि सरकारले नियमावलीमै यो व्यवस्था गर्न लागेको हो । सरकारले बनाइरहेको नियमावलीमा स्पष्ट रुपमा पूँजीगत लाभकर तिुर्नपर्ने व्यवस्थाको प्रावधान राखेको सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमाान गुरुङले बताए । दुरसंचार कम्पनीलाई एक आपसमा गाभ्नका लागि सरकारले दुरसञ्चार सेवाप्रदायक एक आपसमा गाभ्दा, गाभिदा (मर्जर) तथा प्राप्ती सम्वन्धी नियमावली २०७३ ल्याउन लागेको छ । यो नियमावलीपछि पूँजीगत लाभकरको विवाद नियमावलीले नै टुङ्याउने भएको छ ।

ड्रोनको प्रयोगबारे आइडिया हन्ट, उत्कृष्ट हुनेलाई साढे आठ लाख दिइने

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले ड्रोनको प्रयोग कार्यान्वयन र्ग सकिने आइडियोको खोजी सुरु गरेको छ । एसोसिएसनले उत्कृष्ट आइडिया दिनेलाई व्यवासायीक वातावरण सिर्जनका लागि ८ हजार डलर अर्थात करिब साढे आठ लाख रुपैयाँ पुरस्कारस्वरुप दिने भएको छ । ड्रोनको प्रयोग र यसबाट गर्न सकिने नयाँ कामको लागि एक महिनाको समय लगाएर गरिएको प्रस्तावमागमा विभन्नि १७ वटा टोलि रहेका छन् । यी टोलीले आगामी शनिबार आआफ्नो आइडियाको प्रस्तुतीकरण गर्ने छन् । यसमध्येबाट उत्कृष्ट आइडिया छनोट हुने रोवर्स एसोसिएसन अफ नेपालका संयोजक उत्तम पुडासैनिले बताए । यो आइडिया हन्ट इन्जिनियर्स एसोसिएशन, रोवर्स एसोसिएशन, रोबोटिक्स एसोसिएसन र नेपाल फ्लाइङ ल्यावले संयुक्त रुपमा आयोजना गरेका छन् । पछिल्लाे समय ड्रोनको प्रयोग फाेटाे खिच्न, सामान बाेक्न, अनुसन्धानसहितका काममा हुन थालेकाे छ । ड्रोनको प्रयोग बढाउने र दैनिकी सहज बनाउने उदेश्यले नै याे हन्टकाे अायाेजना गर्न लागिएकाे उल्ल्ख छ ।