कोरोनाकाे प्रकोप फैलिन नदिन घरमै बसेर काम गर्न सकिने, राकुटेन भाइबरले ल्यायो यस्तो सुविधा

काठमाडाैं । राकुटेन भाइबरले नेपालमा कोरोना भाइरसको जागरणका लागि एकपटकमा १० जनालाई सामूहिक कल गर्न मिल्ने गरी संख्या दोब्बर बनाएको छ । विश्वमा बढ्दो कोभिड १९ को त्राससँगसँगै अनगिन्ती मानिसहरुमा यसको जोखिम देखा परेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारी संघसंस्थाहरु, स्वास्थ्य मन्त्रालयहरुले यो भाइरसको प्रकोप फैलिन नदिन विभिन्न कम्पनीहरुलाई उनीहरुका कर्मचारीहरुलाई घरमै बसेर काम गर्ने वातावरण प्रदान गर्न आग्रह गरिरहेका छन् र धेरैले यसलाई पालना पनि गरेका छन् । वास्तवमा घरबाट काम गर्नु त्यति व्यवहारिक विकल्प कहिले भएको थिएन । मानिसहरुले टाढैबाट आफूलाई सुरक्षित राखेर पहिले जस्तै अझ उत्पादनशील ढँगमा उनीहरुको कम्प्युटरहरु र स्मार्टफोनहरुसँग काम गर्न सक्दछन् । भाइबर जस्तो एपको साथमा तपाईंले घरबाट नै अझ अधिक दक्षतापूर्ण एवं समयनिष्ठ तवरमा तत्कालको लागि काम सम्पादन गर्न सक्नु हुन्छ । यहाँ लोकप्रिय मैसेजिँग एपका केही त्यस्ता सरल उपायहरु छन् जसको सहायताबाट कोभिड १९ को प्रकोपबीच पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकिन्छ । सामूहिक कल मार्फत् मिटिङ्ग गनेुहोस्ः कोभिड १९ ठूलो समूहमा सजिलै फैलिन सक्ने भएकोले छलफल सत्रहरुलाई प्रतिबन्ध गरि भ्वाइस कलहरुमा परिणत गर्नु उत्तम छ । मिटिङ्गहरुबाट हुन सक्ने जोखिमबाट पार पाउन सामूहिक कल एक उत्कृष्ट उपाय हो । भाइबरले कोभिड १९ का बावजुद; सम्पर्कमा रहिरहन मद्दत पुगोस् भनेर भर्खरैमात्र सामूहिक कलहरुमा सहभागी बन्न सक्ने व्यक्तिहरुको संख्या दोब्बर बनाएको छ । अब, भाइबर सामूहिक कलले एकपटकमा १० जनासम्मलाई समेट्न सक्छ- जुन अत्यन्त महत्वपूर्ण मिटिङ्गको लागि पनि पर्याप्त हुन्छ । ‘हामी अहिलेको चुनौतिपूर्ण अवस्थालाई मध्यनजरमा राख्दै एकै स्थानमा सशरीर उपस्थित नभइकन पनि एक अर्कासँग सम्पर्कमा रहनका लागि विविध उपायहरुको खोजी गर्न प्रतिबद्ध छौं । कोरोना भाइरसको विस्तारको सन्दर्भमा आमजनले सावधानी अपनाएर काम गरेसँगै, हामी यो सुनिश्चित गर्न चाहान्छौँ कि, मानिसहरुले आफन्तहरुसँग बिना टाढा रहि सुरक्षित प्रविद्तिमा सम्पर्कमा रहिरहुन् र आफ्नो कामलाई पनि निरन्तरता दिन सक्षम रहुन् ।’ राकुटेन भाइबरका प्रमुख संचालन अधिकारी ओफिर ऐयालले भने। ठूला फाइलहरु पठाउनेः भाइबरले फाइलहरु सजिलै आदान प्रदान गर्नसहायता गर्दछ, यसैले तपाईंले आफ्ना सहकर्मीहरु र व्यवसायिक साझेदारहरुलाई महत्वपूर्ण कागजातहरु र प्रस्तुतीकरणहरु छिटो प्रेषित गर्न सक्नु हुनेछ । २०० एमबिसम्मको फाइल एप भित्र सिधै आदानप्रदान गर्न सकिन्छ । ठूला फाइलहरुको लागि पनि तपाईंले आफ्नो भाइबर च्याटमा क्लाउड सर्भिसको लिन्क सेयर गर्न सकिन्छ । डेस्कटपमा आरामले काम गर्नुहोस्ः भाइबरको डेस्कटप भर्सनद्वारा तपाईंले घरैबाट आफ्ना सहकर्मी र क्लाइन्टहरुसँग च्याट गर्न, भेट गर्न र कल गर्र्न सकिन्छ । यसमा राम्रो स्क्रिन शेयरिङको विशेषता पनि छ, जसले तपाईं आफ्नो कम्प्युटरमा जारी रहेको कार्यलाई सजिलै सेयर गर्न मद्दत गर्दछ; यसका साथै सँगै भिडियो हेर्न तथा मन परेको वर्क एपको सजिलो पाठ प्रदान गर्न यो अत्यन्त उपयोगी छ । भाइबरको सुविधाजनक विशेषताहरुका साथ अहिले पनि कारोबार पहिले जसरी नै सुचारु भैरहेको छ चाहे प्रत्येक जनाले घरबाटै काम गरिरहेको किन नहोस् । राकुटेन भाइबरको बारेमा राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् । राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ-कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो ।

नेपाल टेलिकमको फोरजी सेवा पर्यटकीय स्थल स्याङ्बोचेमा

काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो । विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि विश्वभरबाट आउने पर्यटकहरुले यसबाट प्रत्यक्ष लाभ उठाउन सक्नेछन् । पर्यटकीय मौसममा स्याङ्बोचे हुँदै खुम्जुङ, खुण्डे तथा चर्चित गोक्यो ताल जाने पदयात्रीहरुको आवतजावत बाक्लो हुने गर्दछ । स्याङ्बोचे नजिकै रहेको एभरेष्ट भ्यु होटलबाट सगरमाथाको दृश्यावलोकन गर्ने विदेशीहरुको संख्या पर्यटकीय मौसममा दैनिक ५ सयभन्दा बढी पुग्ने गरेको छ । यसका साथै यहाँ नेपालकै सबैभन्दा अग्लो स्थानमा अवस्थित स्याङ्बोचे विमानस्थल समेत रहेको छ । पर्यटकीय दृष्टिबाट अत्यन्त महत्वपूर्ण सो स्थान आसपास पर्यटकीय मौसममा दैनिक ७ सयभन्दा बढी विदेशी पर्यटकहरु आउने गरेका इलाका प्रहरी कार्यालय नाम्चेका इन्सपेक्टर केशबकुमार कटुवालले बताए । स्याङ्बोचेमा स्थापित मोबाइल बीटीएसबाट त्यहाँ पुग्ने विदेशी तथा स्वदेशी यात्रुहरुले पनि उच्च गतिको डाटा र गुणस्तरीय भ्वाइस सुविधा सहितको फोरजी मोबाइल सेवा उपभोग गर्न सक्ने छन् । सगरमाथा आरोहणका लागि वेस क्याम्प जाने मार्ग समेत स्याङ्बोचे हुँदै अघि बढ्ने भएकाले आरोहीहरुले यो सेवाको प्रयोग गर्न सक्ने छन् । यही मार्ग हुँदै पर्यटकीय मौसममा दैनिक आउने र जाने गरी एक हजारभन्दा बढी पर्यटकले फोरजी सेवा प्रयोग गर्न सहज हुनेछ । फागुन १५ देखि जेठ १५ सम्म र असोज, कात्तिक र मंसिरलाई त्यस क्षेत्रको भ्रमणका लागि उपयुक्त समय मानिन्छ । ती दिनमा नाम्चे, स्याङ्बोचे, खुम्जुङ, खुण्डे, चर्चित गोक्यो ताल लगायत स्थानहरु भ्रमण गर्ने तथा सगरमाथा आरोहण गर्ने पर्यटकको आवतजावत अत्याधिक हुने गरेको छ ।

एनसेलकाे अफरः दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको बोनस पाइने

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेटको २ रूपैयाँ बोनस स्वरुप प्राप्त गर्दछन् । यो अफर बुधबार (फागुन २८) बाट लागु भएको छ र ३ महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म रु २ को दरले बोनस पाउँछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु २० सम्म बोनस प्राप्त गर्नेछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् । बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ । आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप लाभ सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजना अन्तर्गत प्राप्त हुने बोनसले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।