ल्यापटप किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्
काठमाडौं । पछिल्लो समय विश्व बजारमा प्रविधिको पहुँच दैनिक बढ्दै गएको छ । प्रविधि भन्ने बित्तिकै हामी विज्ञानका सुक्ष्मदेखि बृहत किसिमका आविष्कार सम्झी हाल्छौं । विगत देखि हालसम्म विज्ञानको आविष्कारमा महत्वपूर्ण हिस्सा कम्प्युटर तथा ल्यापटपले ओगट्दै आएको छ । नविनतम प्रविधिमध्ये कम्प्युटर तथा ल्यापटप घर, कार्यालय, अस्पताल, शिक्षण संस्था हरेक क्षेत्रमा प्रयोग हुँदै आएको पाइन्छ । तर, हालसम्म पनि कस्तो किसिमको र कुन ब्राण्डको कम्प्युटर किन्ने भन्ने विषयमा ग्राहकहरूलाई छनोट गर्न त्यति सजिलो छैन । कम्प्युटर अत्यावश्यक र अत्याधुनिक प्रविधि हो । यद्यपि यो खरिद गर्नको लागि भने केही आधारहरू चाहिन्छ । सामान्यतया कम्प्युटर किन्न जाने मान्छेले आफूले कस्तो कम्प्यूटर रोज्ने भन्ने विषयमा केही अनुसन्धान त पक्कै गर्छन् । पछिल्लो समय नाम चलेका ब्राण्डमा ल्यापटप तथा कम्प्युटरहरूमा ग्राहकको ध्यान तानिएको हुन्छ । यति हुँदा हुँदै पनि ग्राहकले यस विषयमा ध्यान पुर्याउन सकिरहेका हुँदैनन् । ल्यापटप किन्दा ग्राहकहरूले केही कुरामा ध्यान पुर्याउन आवश्यक हुन्छ । ग्राहकहरूले ¥याम, हाडडिक्स, ग्राफिक्सको बारेमा जान्न आवश्यक हुन्छ । यस्तै, प्रोसेसर स्किन साइज व्याट्रीको अवस्थाको बारेमा जानकारी हासिल गर्न जरुरी हुन्छ । कसरी पहिचान गर्ने राम्रो कम्प्युटर ? पहिला उइन्डोजको आइकनमा रन लेखेर ओपन गर्ने । डिएक्सडीआईएजी टाइप गर्ने । रनमा गएर एमएस इनफो थर्टी टु टाइप गर्ने र कम्प्युटरको अवस्थाको बारेमा जानकारी लिने । केही महत्वपूर्ण टिप्सहरु प्रोसेसर सकेसम्म नयाँ जेनेरेसनको लिनु पर्छ । ¥याम कम्तीमा पनि ४ जीवीको हुनुपर्छ । साथै, ८ जिबी ¥याम भएको कम्प्युटरको स्पिड राम्रो मानिन्छ । अहिलेको प्रविधि युक्त युगमा हार्ड डिक्स लिँदा एसएसडी दिनु राम्रो हुन्छ । एचडीडी हार्ड डिक्स पुरानो भएपनि नेपालमा अझै बिक्री भइरहेको पाइन्छ । नयाँ हार्ड डिक्स लिन ग्राहक आफै सचेत हुन आवश्यक हुन्छ । २ जिबी ग्राफिक्स भएमा राम्रो मानिन्छ । ल्यापटपको स्किन ठूलो छ भने त्यसालाई राम्रो मानिदैन । नेपालमा १५.६ को स्किन चल्तीमा छ भने १४ स्ट्याण्डर्डलाई सुरक्षित मान्न सकिन्छ । कम्प्युटर र इन्टरनेट एक अर्काका अभिन्न अंग जस्तै भएका छन् । नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार अहिले नेपालमा इन्टरनेट प्रयोगकर्ता ६७ प्रतिशत रहेका छन् ।
ह्वावेद्धारा ६ नयाँ उत्पादन सार्वजनिक, मूल्य रेञ्ज तीन हजारदेखि डेढ लाख रूपैयाँ
काठमाडाैं । ह्वावे नेपालले ६ वटा नयाँ उत्पादनहरू सार्वजनिक गरेको छ । ह्वावेको आफ्नै इन्टेलिजेन्ट इकोसिस्टम वावे मोबाइल सर्भिसेसयुक्त (एचएमएस) ह्वावेको पछिल्लो फ्ल्यागशिप ह्वावे मेट ३० प्रो, वाइ नाइन एस स्मार्टफोनसहित वाच जीटी टु, ब्यान्ड फोर, ब्यान्ड फोर ई, फ्रि बड्स श्री तथा फ्रिल्यान्सजस्ता बेयरेबलहरू आइतबार सार्वजनिक गरेको हो । ह्वावेका प्रयोगकर्ताहरूका लागि सम्पूर्ण मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य लिएको ह्वावे कन्ज्युमर बिजनेस रुपको एक हिस्सा ह्वावे नेक्स्ट अर्थात ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) को बारेमा प्रकाश पारिएको थियो । ह्वावे नेक्स्टमा स्मार्ट, छिटो तथा समस्यारहित अनुभव प्रदान गर्नका लागि ह्वावेद्धारा बनाइएको एप्लिकेशनहरू तथा सर्भिसहरू राखिएको छ । ह्वावे मोबाइल सर्भिसेसमा ह्वावे एप ग्यालरी, ह्वावे ब्राउजर ह्वावे मोबाइल क्लाउड, बावे थिमहरू, ह्वावे म्युजिक, बावे भिडियो, ह्वावे असिसटेन्ट तथा अन्य एचएमएस एपहरू ह्वावे आइडी, ह्वावे हेल्थ, ह्वावे थिम, ह्वावे म्युजिक तथा अन्य धेरै रहेका छन् । ह्वावेले एचएमएस इकोसिस्टमका लागि एक वर्षभित्र तीन अर्ब अमेरिकी डलर र तीन हजार रिसर्च एण्ड डिभलेपमेन्ट कर्मचारी परिचालन गर्ने जनाएको छ । अब दुई वर्षभित्र उक्त लगानी रकम बढाएर पाँच अर्ब अमेरिकी डलर पुर्याउने योजना रहेको छ । अहिलेसम्म १ सय ७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरिरहेको बताइएको छ । प्रयोगकर्ताहरूका लागि टिकाउ ब्याट्री, उच्च स्तरको फोटो र भिडियो खिच्ने, ४० एमपी सुपर सेन्सिङ क्यामरा, एमपीको टेलिफोटो क्यामरा तथा श्रीडी डेप्य सेन्सिङ क्यामरा जडित छ। मूल्य कति पर्छ ? ह्वावे मेट ३० प्रोको एक लाख २९ हजार ९ सय, हाइवे वाच जीटी टु ४६ एमएमको २९ हजार ९ सय, ह्वावे ब्याण्ड फोरको ४ हजार ४ सय, ह्वावे ब्याण्ड फोर ईको ३ हजार ४ सय, ह्वाई फ्रि बड्स थ्रीको २० हजार ९ सय, ह्वावे फ्री लेसको ९ हजार ९ सय मूल्य रहेको छ । हवावे विश्व बजारमा दोस्रो ठलो स्मार्टफोन सप्लायर हो । अक्टोबरसम्म २०० मिलियन यनिटहरू निर्यात गरिसकेको छ। यो आँकडा अघिल्ला वर्षको तुलनामा २६ प्रतिशतले वद्धि भएको हो ।
युरोप, अफ्रिका र एशियाली मुलुकहरुको सहभागितामा उद्योग-व्यापार प्रदर्शनी मेला हुँदै
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सले पुस ४ गते देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय उद्योग–व्यापार प्रदर्शनी मेला आयोजना हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उध्योग – व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी मेला हुने बताएको हो । नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर ब्यापार साझेदारि, नविनतम प्रविधि प्रदर्शन र संवाद गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ । उक्त प्रदर्शनी मार्फत ति पाँच बिधामा संचालन भएका उध्योग र व्यापार व्यवसायहरलाई निर्यातकाे अवसर, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै बिभिन्न उध्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित हुने बताइएको छ । यस प्रदर्शनिले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ् का खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाँउमा उभ्याउदै बितरक र खरिदकर्ता बिचको सिधा सम्पर्क प्रवर्द्द गर्ने आयोजकले विश्वास लिएको छ । भारतको पिएचडि च्याम्बर अफ कमर्स, नेपाल च्याम्बर अफ कमर्स, स्क्रिन प्रिन्टिङ् असोसिएसन अफ ईन्डिया र कोरुगेटेड बक्सेस म्यानुफ्याक्चरर्स असोसिएसन अफ नेपाल यस नेपाल फाईभ पी एक्सपोलाई सफल पार्न सहयोगी भुमिकामा रहेका छन। नेपालमा कच्चा पदार्थको प्रमुख निर्यातकर्ता भारत भएकाले पनि भारतबाट आएका १०० भन्दा बढि कम्पनिहरुले चाईना, ताईवान, जर्मनी, ईटाली र नेपालका अन्य ५० कम्पनिहरुसंगै प्रदर्शनि गर्ने गर्छन । छिमेकी मुलुकहरुबाट मात्र नभई युरोप, अफ्रिका र अन्य एशियाली मुलुकहरुबाट प्रदर्शकहरुको सहभागिता रहने जनाइएको छ । यस बर्षको नारा “बिल्डिङ नेपाल टुगेदर फर अ ब्राईटर टुमरो” लिएर नेपाल फाईभ पी प्रदर्शनीको तयारी अगाडि बढाईदै छ।