आधिकांश आईएसपीले तिरेनन् पोल भाडा, लाइन काट्ने तयारीमा प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरी इन्टरनेट तथा केबल टिभीको लाईन लगेका दूरसञ्चार सेवा प्रदायक कम्पनीले सरकारलाई रकम भुक्तानी नगरेको पाइएको छ । सम्झौता अनुसार रकम भुक्तानी नगरेको भन्दै प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै पोलको भाडा नतिर्ने टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकका तार तथा उकरणहरू हटाईने जनाएको हो । उक्त सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा ट्रान्समिसन टावरहरूमा जडित अप्टिकल फाइबर भाडामा लिई टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गर्ने केही सेवा प्रदायकहरूले नियमानुसार सम्झौता नगरी विद्युतीय संरचनाहरू प्रयोग गरी रहेको, केहि सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जिपिएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात समेत पेस नगरी समयमा नविकरण नगरेको तथा केही सेवा प्रदायक संस्थाहरूले परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेका कारण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था नेपाल विद्युत प्राधिकरणको आम्दानीमा प्रत्यक्षमा असर पर्न गएको छ । अतः त्यस्ता सेवा प्रदायकहरूलाई नयाँ सेवा विस्तार गर्न रोक लगाउने तथा विद्युत प्राधिकरणको पोलमा जडान गरेको तार तथा उपकरणहरू हटाउने अभियान सुरु गर्न लागिएकोले यसबाट पर्नसक्ने नकारात्मक प्रभावलाई सोही अनुसार मनन् गरिदिनुहुन आम ग्राहक एवं उपभोक्ता महानुभावहरूमा हार्दिक अनुरोध छ,’ सूचनामा भनिएको छ । गत वर्ष प्राधिकरणले इन्टरनेट तथा केबल टिभी व्यवसायीले प्रयाेग गरेको पोलको भाडा बृद्धि गरेको थियो । एकतर्फि रुपमा प्राधिकरणले आफूखुशी पोलको भाडा बढाएको भन्दै दूरसञ्चार सेवा प्रदायक कम्पनीले विरोध समेत गरेका थिए । विरोध गर्दै एनसेल बाहेकका अन्य सेवा प्रदायक कम्पनीले प्राधिकरणलाई दिनुपर्ने रकम समेत भुक्तानी गरेका छैनन ।

सिजिनेटकाे तीज अफर: छ देखि १२ महिनाकाे इन्टरनेट सब्सक्राइब गर्दा उपहार नै उपहार

काठमाडौं । सस्तो इन्टरनेट सेवा रहेको सिजिनेटले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ । उक्त अफर भाद्र १६ देखि भाद्र ३० सम्म चल्ने कम्पनीले जनाएको छ । उक्त अफरमा महिला ग्राहकहरूले ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सब्सक्राइब गर्नुपर्ने हुन्छ । उक्त अफर सब्सक्राइब गरे वापत ‘लक्की ड्र’बाट दैनिक रूपमा २ वटा घराएसी सामाग्री पुरस्कार प्राप्त गर्न सकिनुको साथै अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र र ९ जनालाई थप पुरस्कार प्रदान गरिनेछ । कम्पनीको अनुसार उक्त अफर सिजिनेटको कभरेज भएको स्थानहरूमा मात्र उपलब्ध हुनेछ । सिजिनेटले आफ्नो विस्तार जावलाखेल, कुपण्डोल, कुलेश्वर, कालीमाटी, सतुंगल, बल्खु, छाउनी, कलंकीमा गरी सकेको छ । थप स्थानहरूमा पनि आफ्नो सेवा चाँडै नै विस्तार गर्ने कम्पनीले जनाएको छ । चौधरी ग्रुप अन्तरगत सिजि कम्युनिकेसनले सिजिनेटको सेवा प्रदान गर्दै आइरहेको छ ।

फोनपे मार्फत कारोबार गर्ने झापाका उज्ज्वलले पाए हुण्डाइको गाडी उपहार

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका बिजेतालाई गाडी हस्तान्तरण गरिएको छ । सो योजनामा झापा विर्तामोडका उज्ज्वल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका छन् । उनलाई एक कार्यक्रमक बिच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर र नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले गाडि हस्तान्तरण गरे । गाडी जित्ने अधिकारी नविल बैंकका ग्राहक हुन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको सा योजना फागुन २३ गतेदेखि असार मसान्तसम्म सञ्चालन गरिएको थियो । उक्त योजनामा नेपालभरीका कुनैपनि बैंकको आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए । फोन पे डाइरेक्ट मार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन सकिन्छ । जसबाट बिना बैंक खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैंक खातामा पठाउन सकिन्छ । फोनपे नेटवर्कमा हाल ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत सेवा प्रदान गर्दै आएको छ ।