एक वर्षमा १३२ अर्बले बढ्यो कनेक्ट आइपिएसको कारोबार

काठमाडौं । पछिल्लो समय कनेक्ट आईपिएस मार्फत हुने कारोबार रकममा उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्षको अवधिमा कनेक्ट आईपिएम मार्फत १ खर्ब ३२ अर्ब २ करोड ९० लाखबढी कारोबार भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको (गत साउनदेखि माघसम्म) वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०७८ अनुसार कनेक्ट आईपिएस मार्फत २ खर्ब ३६ अर्ब ४२ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । गत वर्षको माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोड ४० लाख बराबरको मात्र कारोबार भएको थियो । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस महिनासम्म बढेको डिजिटल भुक्तानी प्रणाली मार्फत हुने कारोबारमा माघ लागेपछि कमी आएको छ । गत पुस महिनाको तुलनामा माघ महिनामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट र अनलाइन (इ–कमर्श) बाट हुने कारोबारमा कमी आएको छ । पुस महिनामा डिजिटल वालेटमार्फत १६ अर्ब २७ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएकोमा माघ महिनासम्म १४ अर्ब ५३ करोड ६० लाख रुपैयाँमा सिमित भएको छ । यस्तैगरी, पुस महिनामा मोबाइल बैैंकिङ मार्फत ९४ अर्ब ४० करोड ९० लाख र इन्टरनेट बैंकिङ मार्फत ९२ अर्ब ७६ करोड ६० लाख बराबरको कारोबार भएको छ । पुस महिनासम्म इन्टरनेट बैंकिङ मार्फत १३ अर्ब ४९ करोड ६० लाख भएकोमा माघ महिनासम्म १२ अर्ब ८९ करोड ९० लाख बराबर मात्र कारोबार भएको छ । यस्तै, पुस महिनासम्म इ–कमर्श मार्फत ३४ करोड ९० लाख भएकोमा माघ महिनामा ३४ करोड ६० लाखमा सिमित बनेको छ ।

एनसेलका ग्राहकले अझै सस्तो दरमा भ्वाइस कल गर्न सक्ने

काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो दरमा भ्वाइस कल गर्न सक्ने भएका छन् । यसकाे लागि एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । सोमबार ९फागुन २३० देखि संचालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित १४ देखि ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्नेछन् । यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्नेछन् । ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित १४ मा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ मा सुचारु गर्न सक्छन् । त्यसैगरी ९४ मा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्नेछन् । अलि धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई वटा अन्य प्याकहरु पनि छन् जस अन्तर्गत ग्राहकले २६५ मा ४७५ मिनेट टक टाइम र ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्नेछन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनैपनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्नेछन् । आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।

हात्तिगौडामा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम

काठमाडाैं । नेपालभर डिटिएच र ईन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईबरनेटले बुढानिलकण्ठकाे हात्तिगौडामा पनि सह–वितरण सोरुमको उद्घाटन गरेको छ । फागुन २२ गते देखी डिशहोम फाईबरनेटले बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुम सिएम ट्रेडिङ्ग अन्तर्गत रहेको लक्की ग्यालरीले संचालन गर्नेछ । सोरुम समुद्धघाटनमा डिशहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रबन्दक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागर नारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सि एम टे्रडिङ्गका तर्फबाट गोपाल मान श्रेष्ठ ,सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाका उपस्थीतिमा सम्पन्न भएको थियो । लक्की ग्यालरीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अब डिशहोम फाईबरनेट बिक्री र बिक्री पछिको सेवा पनि गर्नेछ । १ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको लक्की ग्यालरी अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरीका संचालक राजन श्रेष्ठले बताए ।