स्मार्ट टेलिकमको ऐतिहासिक अफरः दुई मिनेटपछि सित्तैमा बोल्न पाइने

काठमाडौं । स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुई पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ त्यसपछि २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुनेछ । स्मार्ट टेलिकमले यस अफरले आफ्ना प्र्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले आफ्ना प्रयोगकर्ताहरुमा उत्साह र उमंग आउनेछ भनि विश्वास लिएको छ । स्मार्ट प्र्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् । अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगको असिमित पहुँच अझ सहज हुनेछ । यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताले निःशुल्क *१४१*१*५*१#डायल गर्नु सक्नेछन् । स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिँदै आएको छ ।

अब बुटवल र बर्दिबासमा पनि डिशहोमको फाइबर इन्टरनेट

काठमाडौं । डिशहोमले आफ्नो सेवा विस्तार गर्ने क्रममा आफ्नो इन्टरनेट सेवा बर्दिवास र बुटवलमा सुरु गरेकाे छ । कम्पनीका अनुसार बुटवलको सिद्धबाबा चोक, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदबारी, भाटभटेनी लाइन लगायतका १८ भन्दा बढी स्थानमा इन्टरनेट सेवा उपलब्ध रहेकाे छ । त्यस्तै कम्पनीले बर्दिबासकाे लालगढ हस्पिटल चोक, पानी ट्याङ्की, सुनौलो बस्ती, आदर्श चोक, बर्दिबास सिन्धुली रोड, बर्दिबास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक लगायत २१ स्थानमा सेवा विस्तार गरेकाे छ । हालसम्म कम्पनीले ३०, ४०, ६० र १०० एमबिपिएसको इन्टरनेट उपलब्ध गराउँदैं आएकाे छ । कम्पनीले चाँडै नै २०० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने जानकारी दिएकाे छ ।

फाइबर केबल काटिँदा इन्टरनेटमा समस्या

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ । वल्र्डलिङ्कले जडान गरेका सामान चोरी हुने तथा क्षति पु¥याउने क्रम बढेपछि सेवालाई गुणस्तरीय बनाइराख्न दोषी पत्ता लगाएर कानूनी कारवाहीसहित क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको वल्र्डलिङ्कका कावासोती शाखा प्रमुख आकाश केसीले जानकारी दिए । वल्र्डलिङ्कले सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिरहेको सन्दर्भमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रतिस्पर्धा गर्न नसकेर आपराधिक बाटो प्रयोग गरी वल्र्डलिङ्कको नाम बदनाम गर्न खोजेका कारण कानूनी उपचार खोजिएको केसीको भनाइ छ । केसीका अनुसार केही समयदेखि यस क्षेत्रमा अन्य स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीबाट दैनिकजस्तो फाइबर केबल काट्ने तथा पोलहरूमा राखिएको सामान चोरी गर्ने क्रम बढेको छ । वल्र्डलिङ्कलाई बदनाम गराउन खोज्नेले दुई दिनअघि मात्रै पनि रातिको समयमा चोरमारादेखि अरुणखोलाबीचको खण्ड, डण्डा र रजहर गरी चार ठाउँमा तार काटिदिएका आशंका गरिएको छ । अस्वस्थ्य प्रतिस्पर्धा गर्नेले तार काटिदिएका कारण बेलाबेलामा उपभोक्ता यसको मारमा पर्ने गरेका छन् । पछिल्लो समय इन्टरनेटको पहुँचमा जाने सेवाग्राही बढ्दै गएको सन्दर्भमा वल्र्डलिङ्कसँग प्रतिस्पर्धा गर्न नसकेपछि अन्य स्थानीय इन्टरनेट प्रदायकले गलत बाटो प्रयोग गरेका केसीले आरोप लगाए । व्यापार, व्यवसाय, शिक्षादेखि सबै क्षेत्रमा इन्टरनेटको प्रयोग आइरहेको छ । नेपालमा झण्डै ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँचमा पुगिसकेका छन् । वल्डलिकं कम्पनी इन्टरनेट सेवा प्रदान गर्ने सबैभन्दा ठूलो सेवाप्रदायक कम्पनी हो ।