विज्ञान र उद्यमशीलतामा युवा सम्मेलन सुरु
काठमाडाैं । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवद्र्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ । युवालाई अध्ययन अनुसन्धान, नवप्रवद्र्धन र उद्यमशीलतासँग जोड्न सम्मेलनको आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । उनले सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पु¥याउने बताए । उनले सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमूलक बनाउन कार्यक्रम आयोजना गरिएको सुनाए । उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउन सातै प्रदेशमा नवप्रवद्र्धन केन्द्र स्थापना गरिनेसमेत जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । उनले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पु¥याउने उल्लेख गर्दै विज्ञान र प्रविधिलाई समाजसँग जोड्नुपर्ने भनाइ राखे । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्तोलाले अनुसन्धान र नवप्रवद्र्धनमा नेपालको शिक्षा कमजोर रहेको उल्लेख गर्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्नेमा जोड दिए । उच्च शिक्षामा अनुसन्धान र नवप्रवद्र्धनका काम हुनसके युवालाई स्वरोजगारमुखी बनाउन सकिने जनाउँदै उहाँले सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताए । नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समाजको समस्या समाधान गर्नतर्फ जोड्नपर्ने उल्लेख गरे । उनले विज्ञान र प्रविधिमार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्नसक्ने भनाइ राखे । विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने उल्लेख गर्दै उनले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्नेमा जोड दिए । काठमाडौं विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विज्ञानबाट सिकेका कुरालाई उद्यमशीलतातर्फ जोड्नुपर्ने बताए । उनले युवाले आफूसँग भएको सीपलाई उत्पादनशीलतामा जोडन् आवश्यक रहेकामा जोड दिए । सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेका विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले जानकारी दिए । सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत चार विषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा करीव ४०० युवा वैज्ञानिकको सहभागिता छ । रासस
नेपालमा खरीद फोनको आइएमइआई दर्ता गर्नु नपर्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी यसलाई थप व्यवस्थित गर्ने प्रयोजनका लागि प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० लागू गर्दैछ । ‘धेरै मोबाइलका ग्राहकलाई प्रयोगमा रहेका आफ्नो सेटको आइएमईआई दर्ता गर्नुपर्ने हो की भनी भ्रम तथा अन्योल उत्पन्न भई प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ । प्राधिकरणको वेबसाइटमा उपलब्ध लिङ्कमा दर्ता गर्ने क्रम पनि अत्याधिक वृद्धि भई उक्त प्रणालीमा प्राविधिक समस्या उत्पन्न भई दर्ता प्रक्रियामा अवरोध भएको र सञ्चालन हुन केही समय लाग्नेछ,’ जारी सूचनामा उल्लेख छ । नेपालमा मोबाइल सेट खरीद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमईआई दर्ता भएका मोबाइल सेट खरीद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिई खरीद गरी अनावश्यक झन्झट एवं अन्योलबाट मुक्त हुन अनुरोध गरेको छ । विसं २०७४ वैशाख २८ गते प्राधिकरणले अवैध मोबाइल रोक्ने प्रणाली जडान गर्न परामर्शदाता छनोटका लागि बोलपत्र आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको बोलपत्रमा आवेदन परेका १३ कम्पनीमध्येबाट २०७६ साल असारमा छनोट भएका कम्पनीले ६ महिनाभित्र उक्त सिष्टम जडान गर्नुपर्ने थियो । जसमा ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिङ्गापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । सम्झौता भएको मितिले ६ महिनाभित्र एमडिएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नुपर्ने भन्दै रु ८० करोड बराबरको ठेक्का दिइएको थियो । विभिन्न कारणले रोकिएको एमडिएमएस प्रणाली साउन १ गतेदेखि जडान हुँदैछ । विसं २०७३ वैशाखबाट प्राधिकरणले इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर ९आइएमइआई० नम्बर ‘युनिक कोड’ दर्ता गर्न शुरु गरेको थियो । पहिलो चरणमा आइएमइआई नम्बर दर्ता र दोस्रोचरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० जडान गर्ने जनाएको थियो । रासस
माइक्राेसफ्टले जारी गर्याे सुरक्षा चेतावनी, तत्काल कम्प्युटर अपडेट गर्ने आग्रह
काठमाडौं । सुरक्षा अनुसन्धाकर्ताहरुले अपरेटिङ्ग सिस्टममा जोखिम भेट्टाएपछि माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरुलाई तुरुन्त कम्प्युटर अपडेट गर्न आग्रह गरेको छ । अन्तराष्ट्रिय मिडिया बिबिसीको अनुसार प्रिन्टनाइटमेरको रुपमा परिचित उक्त सेक्युरिटी फ्लले विन्डोज प्रिन्ट स्पुल सर्भिसमा समस्या उत्पन्न गराउँदछ । साइबर सेक्युरिटी कम्पनी स्याङ्फोरमा रहेका अनुसन्धानकर्ताहरुले गल्तीले यसलाई कसरी प्रभावित पार्ने भनी सूचना नै प्रकाशित गरेको थियो जसलाई उनीहरुले तत्काल हटाएका थियो । जसले गर्दा ह्याकरहरुलाई य अनुसन्धानकर्ताहरुले गएको मे महिनाको अन्तिममा धेरै प्रयोगकर्ताहरुले प्रिन्टरमा पहुँच गर्न सक्ने हुनाले प्रिन्ट स्पुलरमा समस्या भएको भन्दै अपडेट गर्न सबैलाई आग्रह गरेको थियो । ह्याकरले यस मार्फत तपाईको कम्प्युटरमा प्रोग्राम इन्स्टल गर्न, डाटा हटाउने र नयाँ अकाउन्टहरु बनाई तपाईको कम्प्युटर पुर्ण रुपमा क्षति गर्न सक्नेछन् । यो समस्या दुवै विन्डोज १० र विन्डोज ७ मा देखिने बताइएको छ ।