साउन १ गतेदेखि बन्द होला त अवैध मोबाइल फोन ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को आय व्यव वक्तव्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउनदेखि नेपालमा अबैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । गत वर्षदेखि नै अबैध फोन नियन्त्रणमा आउनुपर्नेमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडानको काम अझैँ भएको छैन । नेपाल दूरसञ्चार प्राधिकरणणको वेवास्ताका कारण अबैध फोन नियमन्त्रणमा ल्याउने उपकरण जडान अझै हुन सकेको छैन । सरकारको बक्तव्य अनुुसार अबको डेढ महिनाभित्र उक्त उपकरण जडान भएर अबैध फोन नियन्त्रणमा आइसक्नुपर्नेछ । प्राधिकरणकोे चार वर्षदेखिको तयारी र दुई वर्षअघिको सम्झौता अनुसार हालसम्म जडान हुन नसकेको उक्त उपकरण डेढ महिनामा सम्पन्न होला भन्ने आशंका हुन थालेको छ । प्राधिकरणका उच्च अधिकारी नै अबैध फोन नियन्त्रणको विपक्षमा रहेर उपकरण जडानमा ढिलाई गर्दै आएको मोबाइल फोनका व्यवसायी तथा इम्पोटरहरु नै बताउँदै आएका छन् । अर्थमन्त्रीको भाषण अनुसार अबैध फोन नियमन्त्रणमा ल्याउन समस्या हुने भएपछि प्राधिकरणले साउन १ गतेबाट नयाँ मोबाइल फोनमा मात्र उक्त प्रविधि जडान गर्ने भएको छ । प्राधिकरण स्रोतका अनुसार साउन १ गतेबाट नै सबै सञ्चालनमा रहेका फोन नियन्त्रण गर्न समस्या हुने देखिएको भन्दै तत्काल नयाँ दर्ता भएका आईएमइआइ नम्बरका आधारमा नियन्त्रणमा लिइनेछ । प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्र बजेट बक्तव्यमा भनिए जसरी साउन १ गतेबाट नै अबैध फोन नियन्त्रणमा आउँने बताउँछन् । ‘लगभग तयारी अन्तिम चरणमा पुगेको छ, केही उपकरणहरु निषेधाज्ञाका कारण हवाई सेवा बन्द हुँदा रोकिएका छन्, नियमित उडान तत्काल सुरु भए उक्त उडान मार्फत नभर चार्टर्ड उडान मार्फत भएपनि आवश्यक उपकरण ल्याएर एमडीएमएस जडान गछौँ’, उनले भने । नेपाल दूरसञ्चार प्राधिकरणले गत वर्षको पुस महिनामा नै ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडानको तयारी गरेको थियो । एमडीएमएस जडाको तयारी भएको चार वर्ष र सम्झौता भएको २३ महिनासम्म उक्त प्रविधि जहान हुन नसक्दा नेपालमा अवैध फोनको प्रयोेगमा बृद्धि भइरहेको छ । प्राधिकरणले २०७४ साल वैशाख २८ गते प्राधिकरणले अवैध मोबाइल रोक्ने प्रणाली जडान गर्न परामर्शदाता छनोटका लागि टेन्डर आह्वान गरेको थियो । प्राधिकरणले आह्वान गरेको टेन्डरमा आबेदन परेका १३ कम्पनी मध्येबाट २०७६ साल असारमा छनोट भएको कम्पनीले ६ महिनाभित्र उक्त सिष्टम जडान गर्नुपर्ने थियो । जसमा ओएसआई कन्सल्टिङ प्रालि भारत र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चर छनोट भएको थियो । उक्त कम्पनीलाई एमडीएमएस जडान गर्न ८० करोड बराबरको ठेक्का दिईएको थियो । सम्झौता भएको मितिले ६ महिनाभित्र अर्थात गत वर्षको पुस महिनामा एमडीएमएस प्रणाली जडान गरेर सञ्चालन ल्याइसक्नु पर्ने हो । तर गत वर्ष कोरोना संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गरेको बन्दाबन्दी र हाल लागु गरिएको निषेधाज्ञालाई देखाउँनै जडानको काम रोकिएको छ । २०७३ साल बैशाखबाट प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आईएमइआई) नम्बर ‘युनिक कोड’ दर्ता गर्न सुरु गरेको छ । पहिलो चरणमा आईएमइआई नम्बर दर्ता र दोस्रो चरणमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) जडान गर्ने जनाएको थियो । ६ महिनाभित्र आवश्यक सम्पूर्ण उपकरण जडान गर्न सम्झौता भएअनुसार निर्माण कम्पनीले आवश्यक उपकरण ल्याएको लामो समयपछि प्राधिकरणले भवन निर्माणकोे तयारी थालेको थियो । पुस महिनामा उपकरण जडान गरिसक्नुपर्नेमा प्राधिकरणले गत माघ महिनामा चावहिलमा भवन निर्माणको तयारी गरेको थियो ।

दैनिक १० करोड बढी कारोबार हुने अनलाइन व्यवसाय ठप्प

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण अनलाइन व्यवसाय अर्थात इकर्स ठप्प भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरुले गतसाता सबै व्यापार व्यवसायसँगै अनलाइन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेसँगै ईकमर्स व्यवसाय ठप्प भएको हो । कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउनका कारण नेपालमा अनलाइन कारोबार फस्टाएको थियो भने अनलाइन व्यापार गर्ने सर्वसाधारणहरुको संख्या पनि बढेको थियो । तर गत साताको निर्णय अनलाइन व्यापार पनि ठप्प भएको हो । केही हप्ता अगाडि दैनिक १० करोडभन्दा बढी कारोबार हुने अनलाइन व्यवसाय अहिले ठप्प भएको हो । केही साताअघि मात्रै अनलाइन व्यापार निर्वात रुपमा सञ्चालन भइरहेका थिए । सरकारले पनि अनलाइन व्यापारलाई प्रोत्साहन गरेका कारण खाद्यान्न स्टोर, रेस्टुरेन्ट, इलोक्ट्रोनिक पसल, लत्ताकपडाका पसल, सौन्दर्य सामग्री, तरकारीलगायत सामग्री अनलाइनबाट खरिद–बिक्री हुन थालेका थिए । त्यस्तै, बिजुली, पानी, बिमाशुल्क भुक्तानी, स्कुलको फी भुक्तानीलगायतका बिल भुक्तानीका लागि पनि अनलाइनकै प्रयोग गरिन थालिएको छ । तर, अहिले भने होम डेलिभरीमा प्रतिबन्ध गरेसँगै व्यवसाय ठप्प भएको हो । सरकारले कोरोना भाइरसको संक्रमणदरलाई ध्यानमा राख्दै होम डेलिभरीको बन्द गरेको हो । ईकमर्स एशोसिएसन अफ नेपालका महासचिव बदन बहादुर भण्डारीले अहिले अनलाइन व्यवसाय ठप्प नै भएको प्रतिक्रिया दिए । ‘निषेधाज्ञाको समयमा पनि हामीले स्वास्थ्य मापदण्डहरु अपनाएर काम गर्दै आइरहेका थियौं, तर गत हप्ता एक्कासी बनद गरियो, यो समयमा ईकमर्स व्यवसाय ठप्प नैछ,’ उनले भने । उनका अनुसार हाल नेपालमा करिब १० हजार ईकमर्स व्यवसायहरु छन् । त्यसमा ४० हजार हाराहारीमा कर्मचारी रहको उनको भनाई छ । उनका अनुसार प्रत्येक अनलाइनले कम्तीमा पनि १० जनालाई रोजगारी दिएका छन् । विक्रेता र क्रेता पनि प्रत्यक्ष रूपमा भेटघाट नभई इन्टरनेटका माध्यमबाट वस्तु वा सेवा खरिद–बिक्री गरिने कार्य नै अनलाइन व्यापार (इ–कमर्स) हो । यसमा विश्वको कुनै पनि कुनामा रहेको विक्रेता वा क्रेताले अर्को ठाउँमा बसेर सामान खरिद वा बिक्री गर्न सक्छ ।

काठमाडौंमा सीजी कम्युनिकेसन्सकाे इन्टरनेट सेवा सुरु, बजारभन्दा आधा सस्तो मूल्य

काठमाडौं । सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले दाबी गरेकाे छ । उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए । ‘दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,’ चौधरीले भने, ‘नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।’ सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । ‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यावसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउनेछ । निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउनेछौं कम्पीले जनाएको छ । भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न ‘सीजी नेट’ले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको छ । कम्पनीकाे अनुसार तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका याे सेवा उपलब्ध हुनेछ । कम्पनीकाे अनुसार १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लिखित क्षेत्रका उपभोक्ताका घरमा कम्पनीकाे सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । नेटवर्क विस्तारसम्बन्धी सम्पूर्ण जानकारी http://www.cgnet.com.np मा उपलब्ध छ । २०७८ को अन्त्यसम्ममा देशभर ‘सीजी नेट’ विस्तार गर्ने हाम्रो लक्ष्य छ भएकाे कम्पनीले जनाएकाे छ । हाल कम्पनीकाे ग्राहक सेवा केन्द्र शाखा– जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुनेछन् । कम्पनीले वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरेकाे छ भने मासिक ३ महिने र ६ महिने प्याकेजकाे लागि जडान र केबल निःशुल्क गरेकाे छ ।