नयाँ हाइड्रोजन फ्युल सेल डिजेल इन्जिनभन्दा बढी प्रभावकारी

एजेन्सी । हाइड्रोजन फ्युल सेल निर्माता कम्पनी लुप इनर्जीले विकास गरेको नयाँ सेल प्रणाली अहिलेको मूल्य अनुसार डिजेल इन्जिनको तुलनामा सस्तो भएको जनाएको छ । सेप्टेम्बर ५ सम्म युरोपमा डिजेलको मूल्य प्रतिलिटर १.९१ डलर रहेको छ भने हाइड्रोजनको मूल्य प्रतिकेजी १० डलर रहेको छ । ब्रिटिस कोलम्बियामा आधार रहेको ‘द बर्नबे’ कम्पनीका अनुसार नयाँ एस१२०० हाइड्रोजन फ्युल सेल सिस्टम जडित ट्रक १०० डलरको हाइड्रोजनको सहायताले १११ माइल गुड्छ भने सोही डिजेल ट्रक सोही मूल्य बराबरको डिजेल हालेर १०९ माइल मात्रै गुड्छ । पछिल्लो समयमा अटो उद्योगहरुले डिजेल इन्धनबाट सञ्चालन हुने ठूला मालबाहक ट्रकहरुलाई पनि हाइड्रोजन इन्जिनमा परिणत गर्ने कुरामा लगानी गरिरहेका छन् । लामो दुरीसम्म चल्ने ठूला ट्रकहरुमा विद्युतीय ब्याट्र जडान गर्ने कुरा महंगो बनिरहेको छ । हाइड्रोजन इन्धन जडित सेलहरुले निश्चित प्रकृयामार्फत् शक्ति र तापको उत्पादन गर्छ, जसको सहायताले ट्रकको गुड्न सक्छ । हाइड्रोजनको उत्पादन पानीको रासायनिक प्रतिक्रिया गराएर हुन्छ । हाइड्रोजन इन्धन सेलहरुले मुख्यतः २ चुनौतीहरुलाई सामना गरिरहेको छ, पहिलो यो इन्जिन डिजेल इन्जिनको तुलनामा कम प्रभावकारी भएको छ र दोस्रो अहिले युरोपमा यसको भर्ने प्रकृया लगभग अस्तित्वमा छैन । लुप इनर्जीका कार्यकारी प्रमुख नाइल्यान्डले समाचार एजेन्सीलाई हाइड्रोजनको सेल प्रणालीले अगाडि देखिएका २ चुनौतीमध्ये पहिलो चुनौतीलाई सामना गर्ने बताएका छन् । ‘यसले भविष्यतर्फ लक्षित छ, यसले अहिलेको आर्थिक अवस्थामा सिर्जना भएको आवश्यकतालाई पूर्ति गर्न सघाउँछ ।’ नाइल्याण्डले भने की अहिले सो कम्पनीले स्टार्टअप ट्रक निर्माताहरुलाई सो सेल प्रणाली प्रदान गर्ने र ठूला ट्रकहरुलाई मूख्य आपुर्तिकर्ताको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । कम्पनीको सबैभन्दा ठूलो सेयरधनी अमेरिकी इन्जिन निर्माता कमिन्स हो, जसको २० प्रतिशत भन्दा ठूलो हिस्सा रहेको छ ।

भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक

नेपाल ।  भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागशिप अनुभव प्रदान गर्ने कम्पनी बताउँछ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । भिभो वाई ३५ र वाई २२ मा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।’ भिभो वाई३५ ले प्रयोगकर्ताहरूलाई थप सहज अनुभवको लागि विस्तारित र्याम ३.० अर्थात ८ जिबी र्याममा थप ८ जिबीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । यसमा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उच्च गुणस्तरिय तस्विरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेराका विशेषताहरु छन् जसले प्रयोगकर्तालाई कुनै समस्या बिना नै राती सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ । भिभो वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५००० एमएएच ब्याट्रीद्वारा संचालित छ । वाई २२ मा ५० एमपी रियर क्यामेरा छ जसबाटराम्रा तस्बिरहरू लिन सकिन्छ । वाई २२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेट लगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । यसकाे भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ । दुवै वाई ३५ र वाई २२ मा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ । वाई ३५ (८जीवी प्लस १२८जिबी) दुई ट्रेन्डी कलर भेरियन्ट – एगेट ब्ल्याक र डन गोल्ड कलरमा ३० हजार ९९९ रुपैयाँमा उपलब्ध छ । त्यस्तै ४ जिबी र्याम र ६४ जिबी रोम भएको वाई २२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार ९९९ रुपैयाँमा उपलब्ध छ ।  

कर्मचारी सञ्चय कोषले सार्वजनिक गर्यो मोबाइल एप, ऋण पनि लिन मिल्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । कोषले ६१औं वार्षिकोत्सवको अवसर पारेर उक्त एप सार्वजनिक गरेको हो । यो एप ग्राहकले आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् । यो एफमार्फत ग्राहकले घरमै बसी बसी लोन अर्थात ऋण पनि लिनसक्ने कोषले जानकारी गराएको छ । यसका साथै, यो एपमा विभिन्न सुविधाहरु रहेको छ । भदौ ३१ गते सार्वजनिक भएको यो एप केही दिनमा सञ्चालन ल्याउने कोषको तयारी छ । कोषले यो एपलाई छिट्टै नै प्रयोगमा ल्याउने जानकारी गराएको छ ।