क्यान इन्फोटेक सम्पन्न, सवा दुई लाखले गरे अवलोकन

काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना भएको आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आर सफलतापूर्वक सम्पन्न भएको छ । सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७ औं संस्करण यसअघि कोभिड १९ तथा सोही सम्बन्धी नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै विगतमा २ पटकसम्म स्थगित भएको थियो । दुई वर्षपछि सम्पन्न भएको यस वर्षको इन्फोटेकमा करिब सवा दुई लाखले अवलोकन गरेका छन् । एसईईको परीक्षा, त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न संकायमा भैरहेको परिक्षा, कजेलहरुको पूर्वबोर्ड परीक्षा, स्थानीय चुनाव तथा यस सम्बन्धि निर्वाचन आयोगको आचार संहिता, पछिल्लो दुई दिन स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय सभागृहमा मनोनयन दर्ता गर्ने कार्यक्रम, अघिल्लो २ दिन वर्षको अवरोधका कारण अवलोकनकर्ताको संख्यामा कमी देखिए पनि यसलाई स्वाभाविक लिनुपर्ने क्यान महासंघको धारणा रहेको छ । इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायजसो स्टलहरुले छूट तथा अफरहरूलाई आगामी १–२ महिनासम्म कायम राख्ने क्यान महासंघलाई जानकारी गराएका छन । क्यान इन्फोटेकको स्टार्टअप र इन्नोभेशन खण्डमा रहेका २६ वटा स्टलहरुमा सबै दिननै अवलोकनकर्ताको आकर्षण देखिएको थियो । अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेशनलाई प्राथमिकता दिने क्यान महासंघको निर्णयको स्वागत गरेका छन । इन्नोभेशनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो । क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका थिए जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए । २७ औं क्यान इन्फोटेकको शीर्ष प्रायोजन आइएमइ पेले गरेको थियो भने सह–प्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको थियो । इन्फोटेकको प्लाटिनम प्रायोजक ( वर्ल्डलिङ्क कम्युनिकेसन, डायमण्ड प्रायोजक ( डिस होम फाइवरनेट, गोल्ड प्रायोजकमा ( जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा ( नमस्ते पे, डिजिकम, एस(पावर बिपिइ, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी र टेकमिन्ट रहेका थिए । त्यसैगरी इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब ,इकमर्स पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एल.इ.डि. रहेका थिए । क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरी भर्चुअल प्रदर्शनी समेतको ब्यवस्था गरिएको थियो । उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसंग सहकार्य गरेको थियो । त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रवन्ध गर्न रेबानसँग सहकार्य गरिएको थियो भने प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमई बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमई जनरल ईन्स्युरेन्स रहेका थिए । ईन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, सुचना प्रविधी विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायत अन्तराष्ट्रिय संस्था विट्सा ,असोसियोको प्रत्यक्ष रअप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको थियो ।

सिजीको टू इन वान मोडको दुई मोडलका भ्याकुम क्लिनर नेपाली बजारमा

काठमाडौं । सिजी ब्रान्डअन्तर्गत ‘सिजी मेरिडिया स्टिम क्लिनिङ सिस्टम’ बजारमा आएको छ। सिजी इलेक्ट्रोनिक्सले ‘कोर्डेड ह्यान्डी एन्ड स्टिक भ्याकुम क्लिनर’ र ‘स्टिम क्लिनिङ सिस्टम’ गरी दुई प्रकारका भ्याकुम क्लिनर बजारमा ल्याएको हो। ‘कोर्डेड ह्यान्डी एन्ड स्टिक भ्याकुम क्लिनर’मा टू इन वान मोड रहेको कम्पनीले जनाएको छ। यसकारण यो सजिलै ‘ह्यान्डी’ वा ‘स्टिक’ मोडमा परिवर्तन गर्न सकिने कम्पनीको दाबी छ । यसमा सिंगल साइक्लोन सिस्टम रहेको छ । त्यस्तै, यसमा रहेको ‘डस्ट कप’लाई सजिलै फुकाल्न सकिने जनाइएको छ। उच्च क्षमताको ‘स्पन्ज एक्जस्ट फिल्टर’ जडान भएको यस भ्याकुम क्लिनरमा ‘ब्यागलेस डस्ट कलेक्सन’ गर्न सकिने र यसमा पाँच एमपियरको पावर लाइन रहेको कम्पनीले जनाएको छ। कम्पनीले ल्याएको ‘स्टिम क्लिनिङ सिस्टम’ले एक सय डिग्री सेन्टिग्रेड बाफले ९९ दशमलव ९९ प्रतिशत कीटाणु नष्ट गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ। १५ सेकेन्डमै बाफ उत्सर्जन गर्नु यसको मुख्य विशेषता भएको कम्पनीको दाबी छ। यो काठ, टायल, कार्पेटजस्ता विविध प्रकारका सतहहरूमा पनि उपयुक्त रहेको कम्पनीले जनाएको छ । तीन सय ७० मिलिलिटर पानी ट्यांकीको क्षमता भएको ‘स्टिम क्लिनिङ सिस्टम’मा सानो राउन्ड ब्रस, स्कार्पर, स्काउरिङ हेड, ह्यांगिङ आइरन हेड, कार्पेटका लागि स्लाइडिङ प्लेट, होस एसेम्बली स्ट्रेट नोजल र अडाप्टरजस्ता विविध प्रकारका एसेसरिजहरू पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

डिशहोमका दुई ग्राहकले रिचार्ज गर्दा जिते जनही एक लाख

काठमाडौं । एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरूले १ वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन्, साथै हरेक हप्ता लक्की ड्रमार्फत एक जनाले एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् । यसै योजना अन्तर्गत वैशाख ५ गते र वैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः CAS ID 71900831042 र 0256425170 भएका ग्राहकहरूले एक–एक लाख रुपैयाँ जित्न सफल भएका छन् । डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलर दाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फर मार्फत आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्नेछ । यस लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल र डिशहोम सोकेसमा हुने गर्छ ।