युवाले ठूला सपना देख्नु पर्छ : एनसेल सीईओ जाब्बोर
काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबार आयोजित ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी), २०८०’ मा सहभागी युवाहरूलाई प्रेरणा दिए । युवाकेन्द्रित यस कार्यक्रममा विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र भौगोलिक स्थानका करिब ५ हजार युवाहरू सहभागी थिए । यस वर्षको ‘केवाईसी’ संस्करणको विषय ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ रहेको एनसेलको विज्ञप्तिमा उल्लेख छ । प्रेरणादायी वक्ताका रूपमा सहभागी जाब्बोरले १६ देखि २५ वर्ष उमेर समूहका युवाहरुमाझ आफ्नो प्रस्तुति राखेका थिए । युवाहरूलाई थप सिक्ने भोक र लगनशीलताका साथ लक्ष्यमा अधि बढ्न उनीहरुले प्रेरित गरेका थिए । जाब्बोरले युवाहरूलाई प्रतिस्पर्धी बन्न, आफ्नो इच्छाअनुसार काम गर्न र त्यसलाई वास्तविकतामा परिणत गर्न प्रोत्साहित गरेको बताएका थिए । उनले भनेका थिए, ‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाइँलाई अझ राम्रो बनाउँछन् ।’ युवाहरूसँग आफ्ना प्रेरणादायी यात्रा, नेतृत्वका मुख्य सिद्धान्त र अनुभव बाँड्दै जाब्बोरले योजनाको महत्व र लगनशीलतामा जोड दिनुपर्ने बताएका थिए । ‘यदि तपाइँ अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाइँले सपना देख्नु पर्छ,’ उनले भने, ‘आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ ।’ कार्यक्रममा प्रख्यात नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरशेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासलगायतका वक्ता थिए । विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सफल व्यक्तित्वहरूको अनुभव र ज्ञान युवाहरूमाझ बाँडेर हौसला बढाउने यस सम्मेलनको प्रमुख उद्देश्य थियो । यो सम्मेलन युनिभर्सल कलेज र फिनिक्स कलेजको सहकार्यमा आयोजना गरिएको थियो ।
दियालो टेक्नोलोजिज र स्मार्ट वास सोलुसनबीच खानेपानी प्रणालीलाई डिजिटलाइज गर्ने समझदारी
काठमाडौं । नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज प्रालि र स्मार्ट वास सोलुसनबीच समझदारी भएको छ । सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनाल र स्मार्ट सोलुसनका तर्फबाट अध्यक्ष रामदीप शाहले हस्ताक्षर गरेका छन् । खानेपानी क्षेत्रलाई थप डिजिटलाइज गर्न एक आपसमा प्रविधि सहयोग, कार्यशाला गोष्ठी, अनुभव आदान–प्रदान, विभिन्न किसिमका तालिम सञ्चालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको बताइएको छ । हस्ताक्षर कार्यक्रममा पूर्व विज्ञान प्रविधि मन्त्री गणेश साह लगायत दुई वटै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । हालसम्म करिब ८ सय वटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोले दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको को बनाउने गरी वाटरमार्क सफ्टवेयर बनाइरहेको बताएको छ । करिब दश वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने मिटर रिडिङ्ग मोबाईल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एनआरडब्लु (पानी चुवाहट विश्लेषण) प्रविधि, ल्याब व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाईल एप्लिकेशन, इलेक्ट्रो म्याग्नेटिक फ्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरुको विकास गरेको छ । यसैगरी स्मार्ट वास सोलुसनले विगत ५ वर्षदेखि खानेपानी तथा सरसफाई क्षेत्रमा रहेका समस्याहरूलाई न्यूनिकरण गर्न तथा सुशासनमा सुधार गर्न आवश्यक नँया प्रविधिहरूको विकास, केन्द्र तथा प्रदेशमा खानेपानी तथा सरसफाई क्षेत्रमा नीतिगत तथा कानूनमा सुधार गर्न बहस तथा पैरवी गर्ने, सरोकारवाला निकायहरूको क्षमता अभिबृद्धि गर्ने, लगायतका क्रियाकलापहरू संचालन गर्दै आइरहेको छ ।
एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’
काठमाडौं । एनसेल आजियाटाले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल छ । एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशिष तिवारीबाट उक्त अवार्ड ग्रहण गरेका थिए । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी अन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो । एनसेलले जितेको अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउँछ । यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरु, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यहरुको सम्मान हो । ‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं । यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो । नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । ‘हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्नेछौं ।’ विभिन्न विधा अन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापढण्ड भित्र रहि निर्धारण गरिएका थिए । एक सम्मानित अनुसन्धान फर्मसँगको सहकार्यमा स्वतन्त्र निर्णायक मण्डलले सेल्स र मार्केटिङ कार्यमा उत्कृष्टता र नवीनता देखाउने संस्थाहरूको पहिचान गर्न उनीहरुको विवरणहरुलाई ध्यानपूर्वक मूल्याङ्कन र विश्लेषण गरेको थियो । शुक्रबारको अवार्ड समारोह ग्रोथ सेलर्स प्रा.लि.को स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको सेल्स समिट २०२३ को एक प्रमुख कार्यक्रम थियो । सेल्स समिट ग्रोथ लिडरशिप एकेडेमीले वार्षिक रुपमा आयोजना गर्ने एक प्रमुख कार्यक्रम हो । यो नेटवर्किङ, नलेज एक्सचेन्ज, र बिक्रीमा उत्कृष्ट अभ्यासहरूको सम्मान गर्ने एक अनुपम प्लेटफर्म हो ।