दसैँमा टेलिकमको ग्रुप एसएमएसमार्फत सामूहिक सन्देश पठाउन सकिने
काठमाडौं । दसैँमा टेलिकमको ग्रुप एसएमएसमार्फत सामूहिक सन्देश पठाउन सकिने भएको छ । नेपाल टेलिकमले बडादसैँको अवसरमा सामूहिक रुपमा शुभकामना सन्देश पठाउन आफ्ना विभिन्न प्याकेज सर्वसाधारणका लागि फलदायी हुने जनाएको छ । पहिलादेखि नै सञ्चालनमा रहेको ‘ग्रुप एसएमएस’ सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिने टेलिकमले जनाएको छ । यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने जनाइएको छ । २ हजार ५०० रुपैयाँमा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ भने ५ हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नरहेको पनि टेलिकमले प्रस्ट पारेको छ । यो सेवाप्रयोग गर्न प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने पनि जनाइएको छ । यो सेवाप्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सक्ने जनाइएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरि यही प्रक्रिया दोहो¥याई आफूले चाहेबमोजिमका मोबाइल नम्बरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।
एनसेलले ३५ सय ग्राहकलाई दियो १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान
काठमाडौं । एनसेल आजियाटाले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकहरुलाई शुक्रबार जनही १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत संचालनमा ल्याइएको यो योजनामा ग्राहकहरुलाई यो बोनस ब्यालेन्स प्रदान गरिएको हो । भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको यो योजनामा हरेक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएका थिए । यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए । दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु १०० बोनस ब्यालेन्सका लागि छानिएका थिए । विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरि एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन्।् । साप्ताहिक रुपमा १०० रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो । एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्नेछ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक–एक स्कुटर जित्नेछन् । ४५ हजार भन्दा बढी नाराहरु पठाई यो योजनालाई बृहद रुपमा सफल बनाउन योगदान पुर्याएकोमा एनसेलले आफ्ना ग्राहकहरुलाई हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
स्क्रीनमा पढ्दा हाम्रो दिमाखमा कस्तो असर पर्छ ?
काठमाडौं । पढ्ने बानीले मानिसलाई कम तनावमा रहन सहयोग पुर्याउनुका साथै मस्तिस्कलाई सक्रिय राख्ने काम गर्छ । साथै पढ्ने बानीले मानिसको संवेदनामा सुधार गर्ने र धेरै विषयहरुको जानकारी वा ज्ञान पनि प्राप्त गर्न सहयोग पुर्याउँछ । न्यूयोर्कको द न्यू स्कूल फर सोसल रिसर्चका अनुसार किताब पढ्नाले मानिसको सिद्धान्तमा समेत परिवर्तन हुन सक्छ । पछिल्लो समयमा कागजबाट बनेका किताबको सट्टा मानिसहरु विस्तारै कम्प्युटर, ट्याबलेट, मोबाइल जस्ता डिजिटल उपकरणहरुमा पढ्ने बानी पर्न थालेका छन् । खासगरी कोभिड महामारी पछिको समयमा धेरै ठूलो संख्याका मानिसहरुमा यस्तो बानीको विकास भएको अनुमान गरिएको छ । डिजिटल माध्यमबाट पढ्ने बानीका पनि केही फाइदा छन् । कागजबाट बनेका पुस्तकहरुको तुलनामा डिजिटल पुस्तकहरु सस्तोमा पाउन सकिन्छ । साथै यस्ता पुस्तकहरु पुराना वा बिग्रिने डर पनि हुँदैन । बिबिसी रिलमा प्रकाशित कथा अनुसार स्क्रीनमा पढ्दा हाम्रो दिमाखलाई के असर गर्छ भन्ने विषयमा ३० भन्दा बढी देशका विद्वान र वैज्ञानिकलाई ल्याइएको थियो । सो अनुसन्धानको विषयमा नर्वेको स्टाभान्जर युनिभर्सिटीकी प्रोफेसर तथा लेखिका एनी मंगेनले स्क्रीनमा पढ्ने सामग्रीमा कागजको तुलनामा कम बुझ्न सकिने बताएकी थिइन् । अमेरिकी गैरसरकारी संस्था ‘सेपियन ल्याब्स’को हालैको रिपोर्टले बच्चालाई कम उमेरमा स्मार्टफोन दिँदाको नकारात्मक असर युवाअवस्थामा देखिने बताएको छ । साइन्टिफिक अमेरिकानाका अनुसार स्क्रीनमा पढ्दा कागजको तुलनामा मस्तिस्कले धेरै स्रोतहरुको प्रयोग गर्छ र पछिसम्म सम्झन पनि गाह्रो हुन्छ । हामीले कति पढ्छौं भन्ने विषय भन्दापनि कुन माध्यमबाट पढ्छौं भन्ने विषय महत्वपूर्ण हुन्छ । किनभने मानिसको मस्तिस्कमा पढाईले प्रभाव पार्छ । दृष्य, भाषा, विचार तथा भावनालाई पढाइले एकसाथ जोड्ने काम गर्छ । किताब किन पढ्न पर्छ ? ब्ल्याक गल्र्स बुककी संस्थापक नेटली कार्टरले हरेक मानिसले किताब पढ्नुपर्ने बताउँछिन् । किताबले हाम्रो जीवनको अनुभव दिनुका साथै हाम्रो समाजको बारेमा बताउने उनको भनाइ छ । त्यस्तै, बिब्लियोथेरापिस्ट इला बार्थोडले पुस्तक नभएको हामी आजको जस्तो मानिस नहुने तर्क गर्दै मानव जीवनमा सबैभन्दा ठूलो परिवर्तन आगोको शक्ति र पढ्ने सीपको आगमन भएको बताएकी छन् । बिबिसीबाट ।