सञ्चारमन्त्रीको पहिलो निर्णय : हरेक नागरिकको पहुँचमा सूचना प्रविधि

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशैभरको सञ्चार सेवा सहज बनाउने गरी आफूले काम गर्ने बताएको छिन् । मंगलबार सञ्चार मन्त्रीका रुपमा पदभदार ग्रहण गर्दै उनले देशभर गुणस्तरीय दूरसञ्चार सेवा पुर्याउन आफूले काम गर्ने बताएकी हुन । उनले हातमा प्रविधि हुने तर भनेको समयमा फोन नलाग्ने समस्या भैराखेको भन्दै उक्र समस्यालाई समाधान गर्ने गरी गुणस्तरीय, सहज र सुलभ ढंगले हरेक नागरिकको पहुँचमा सूचना प्रविधि पुर्याउने आफ्नो मुख्य काम रहेको बताईन । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएसँगै मन्त्री शर्मा सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेकी हुन् ।

डेढ घण्टापछि सुचारु भयो टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । दिउँसो १२ बजेदेखि देखिएको समस्य करिब साढे एक घण्टापछि समाधान भएको हो । यो अविधिमा नेपाल टेलिकमको सिम प्रयोगकर्ताहरूले मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने जस्ता समस्या सामना गरेका थिए । टेलिकमले सेवा अवरुद्ध भएको विषयमा अध्ययन भइरहेको जनाएको छ ।

नेपाल टेलिकमको नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । मंगलबार मध्यान १२ बजेदेखि टेलिकमको मोबाइल तथा ल्याण्ड लाइनमा समस्या देखिएको हो । टेलिकमले के कारणले १२ बजेदेखि सबै सेवा अवरुद्ध भएको विषयमा अध्ययन भैरहेको जनाएको छ । अहिले केही पोस्टपेड मोबाइल प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने जस्ता समस्याको सामना गरिरहेको गुनासो गरिरहेका छन् ।