माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक ल्यायो क्युआरमा भ्वाइस बक्सको सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाइस बक्स (इन्स्ट्यान्स पेमेन्ट नोटिफिकेसन) प्रविधि ल्याएको छ । बैंकले साउन ५ गते शुक्रबारबाट क्युआरमा भ्वाइस बक्स जडान गरि यो नविनतम प्रविधिको सुरुवात गरेको हो । उक्त प्रविधिको शुभारम्भ नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत यस बैंकका अन्य केही स्थानहरुबाट भएको हो । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । यससँगै अब माछापुच्छ्रे बैंकका क्युआर मर्चेन्टहरुले क्युआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी एसएमएस सँगसँगै ध्वनी मार्फत हुने जानकारी गराउँदछौं । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआर प्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । यस सुविधाबाट हजारौ साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सो को प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएका केही भुक्तानी सम्बन्धी विवादनिराकरण हुने विश्वास लिएका छौं । हाल उक्त सेवा नेपाल पे क्युआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जानकारी गराएको छ । बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल ‘स्मार्ट बैंक’ को रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ । हाल बैंकले ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।

विदेशबाट रेमिट्यान्स पाउनेलाई आईएमई पेले उपहार दिने, ल्यायो एक महिने नयाँ अफर

काठमाडौं । ‘आइएमई पे’ ले “रेमिट्यान्समा उपहारको बहार” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो । सो अफर यही साउन १ गतेदेखि साउनको अन्त्यसम्म चल्ने छ । यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहकमध्ये प्रत्येक हप्ता एक भाग्यशाली विजेताले स्मार्टफोन पाउनेछन् । साथै, अफरको अन्त्यमा एक जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार स्वरुप अत्याधुनिक प्रविधिको ल्यापटप प्रदान गरिनेछ । यस अफर अन्तर्गत रहेका साप्ताहिक तथा मासिक विजेताहरुको पुरस्कार वितरणको तस्वीर तथा भिडियो आइएमई पेको सामाजिक संजालमा प्रकाशन गरिने छ । यो अफर ग्राहकलाई विद्युतीय माध्यम मार्फत सहजै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गरी विद्युतीय भुक्त्तानी गर्न प्रेरित गर्ने उद्देश्का साथ सुचारु गरिएको हो ।

गुगलले नयाँ एआई ‘जेनेसिस’ परीक्षण गर्दै, अब एआईले समाचार समेत लेख्ने

काठमाडौं । गुगलले आफ्नो नयाँ एआई ‘जेनेसिस’ परीक्षण गरिरहेको छ । सो एआई उपकरणले सान्दर्भिक सूचना र ताजा घट्नाहरुको प्रोसेस गरेर समाचार समेत लेख्न सक्ने जनाइएको छ । गुगलले आफ्नो सो नयाँ उत्पादनलाई अमेरिकी प्रतिष्ठित सञ्चारमाध्यमहरुमाझ प्रस्तुत पनि गरिसकेको छ । के हो जेनेसिस ? जेनेसिस एआई भनेको लेख्न सहयोग गर्ने उपकरण हो । पत्रकारहरुलाई लेख्न सहयोग गर्ने उद्देश्यले उक्त प्रविधिको विकास गरिएको हो । यसको सहयोगले पत्रकारहरुले कठिन कार्यहरु पनि सहज ढंगले गर्नसक्ने बताइएको छ । गुगलले सो प्रविधिलाई जनेरेटिभ एआईबाट उत्पन्न हुनसक्ने समस्याबाट प्रकाशन उद्योगलाई बचाउनको लागि महत्वपूर्ण विकासको रुपमा लिएको बताएको छ । गुगलका प्रवक्ता जेन क्राइडरका अनुसार यो उपकरणको मुख्य काम पत्रकारहरुलाई काममा सहज बनाउनु मात्र हो र यो उपकरण पत्रकारहरुलाई विस्थापित गर्नको लागि भने बनाइएको होइन । घटनाहरुको रिपोर्ट गर्ने, लेखहरु सिर्जना गर्ने र तथ्यको जाँच गर्ने काम पत्रकारहरुले गर्न सक्ने र सो उपकरणले पत्रकारहरुलाई लेखन शैलीमा सहयोग गर्ने जनाइएको छ । साथै सो उपकरणले पत्रकारहरुलाई हेडलाइन बनाउन समेत सुझाव दिने गर्छ । केही विज्ञहरुले भने यो उपकरणले पत्रकारिताको निष्ठामाथि असर पार्नसक्ने चिन्ता व्यक्त गरेका छन् । एजेन्सीको सहयोगमा ।