एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत बनायो वित्तीय चेतनामूलक ५ भिडियो

काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु बनाएको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए । उक्त भिडियोहरुमा मोबाइल बैंकिङ्गको प्रयोग, धारा-बत्ती तथा स्कूलको बिल भुक्तानी तरिका, डिजिटल ठगीबाट बच्ने उपाय, सरकारी राजश्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने बैंकको विश्वास छ । साथै, बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) सँगको सहकार्यमा सातै प्रदेशमा वित्तीय साक्षरता (फाइनान्सियल लिट्रेसी) कार्यक्रमको सुरुवात भएको जानकारी समेत गराएको छ ।

दाङको बङ्लाचुलीमा एफटिटीएच सेवा

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बङ्लाचुली गाउँपालिकास्थित कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटिटीएच) सेवाको बिहीबार शुभारम्भ गरेका छन् । सो सेवा थालनी भएसँगै बङ्लाचुली क्षेत्रमा अब द्रूतगतिको ‘इन्टरनेट’ सेवा चल्नेछ । अप्टिकल फाइबरमा आधारित  सो सेवा मार्फत ल्याण्डलाइन टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सकिने जनाइएको छ । कमिरेचौरमा पाँच सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) जडान गरी सेवा सुरु गरिएको हो । नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालय काठमाडौँका इन्जिनियर सुरेश भण्डारीका अनुसार पहिलो चरणमा बङ्गलाचुली गाउँपालिकाको कार्यालय, कमिरेचौर बजार र श्रीवारीका गाउँमा यो सेवा उपलब्ध गराइने छ । टेलिकमले २५, ५०, १०० र १५० एमबिपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको उनले बताए । सो अवसरमा मन्त्री शर्माले आधुनिक टेलिकम सेवाको पहुँच सबै गाउँपालिकामा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए । बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले सञ्चारमन्त्री शर्माका पहलमा बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा सुरुभएसँगै  यस क्षेत्रका नागरिकलाई सञ्चार क्षेत्रमा सहज हुने विश्वास व्यक्त गरे । रासस

नवीन विशेषताहरु र आकर्षक डिजाइनमा निपूर्ण भिभो भी२९ फाइभजी सिरिज

काठमाडौं । भिभो भी सिरिजले स्मार्टफोन उद्योगमा आफ्नो अत्याधुनिक टेक्नोलोजीको साथै नवीन दृष्टिकोणसहित प्रभावशाली छाप छोडेको छ । भी सिरिजको नयाँ स्मार्टफोन भी२९ फाइभजी र भी२९ई यसको ज्वलन्त प्रमाण हो । उत्कृष्ट प्राविधिक र आकर्षक डिजाइन भएको भी२९ फाइभजी सिरिज स्मार्टफोन मात्र नभएर यो यस्तो उपकरण हो जसले स्मार्टफोन फोटोग्राफी र डिजाइनको पुनः परिभाषित गर्दछ । भिभोले नवीनता साथ साथै डिजाइनमा केन्द्रित उपकरणहरु निर्माण गरेर एउटा अलग स्थान बनाउन सफल भएको छ । भी२९ फाइभजी सिरिजले स्मार्टफोन फोटोग्राफीको सीमालाई वृद्धि गर्ने भिभोको विरासतलाई निरन्तरता दिएको छ । स्मार्ट औरा लाइट पोट्र्रेट, स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, सुपर ग्रुप भिडियो, सुपर मुन मोड र एस्ट्रो मोड जस्ता विशेषताहरूसँग यसले सुक्ष्म विवरणहरू, जीवन्त रङहरू खिच्न र आश्चर्यजनक पोट्र्रेटहरू सिर्जना गर्न मद्दत गर्दछ । यो एक फोटोग्राफी पावरहाउस हो जुन हरेक क्षणलाई जादूमय ढंगबाट कैद गर्न डिजाइन गरिएको हो । दुवै भी२९ फाइभजी र भी२९ई फाइभजी ले फोटोग्राफीलाई अगाडि ल्याउने क्यामेरा सेटअप प्रदर्शन गर्दछ । भी२९ फाइभजी मा, ५० एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा र २ एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसले गुणस्तरीय फोटो प्रदान गर्दछ । भी२९ई फाइभजी मा ६४ एमपी अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २एक्स प्रोफेशनल पोट्र्रेट मोडहरू छन् । यी सुविधाहरूले प्रयोगकर्ताहरूले प्यानोरामिक शटहरूदेखि लिएर उत्कृष्ट पोट्र्रेटहरू सम्म सजिलै खिच्न सक्छन् । भिभो भी२९ फाइभजी सिरिज भिभोको सुरुचिपूर्ण डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण हो । यो स्मार्टफोनमा स्लिम प्रोफाइल बडी र हल्का तौल रहेको छ । भी२९ फाइभजीमा उद्योगकै पहिलो ‘इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल’ प्रविधि प्रयोग गरिएको छ जसले फोनको पछाडिको प्यानलमा आकर्षक पिक ब्लू रङ प्रदान गर्दछ । साथै नोबेल ब्ल्याक कलरमा फ्लोराइट एजी ग्लास रहेको छ जसमा भएको न्यानो–स्केल फोटो इचिंग टेक्निकले स्थायित्व प्रदान गदै स्टेन रेसिस्टेन्ट बनाउँछ । त्यस्तै भी२९ई फाइभजीमा रोज गोल्डको लागि नानो–स्केल फोटोइचिङ प्रविधि र फरेस्ट ब्ल्याकको लागि फ्लोराइट एजी ग्लास रहेको छ । यी डिजाइनले सौन्दर्यता बढाउनुका साथै स्थायित्व प्रदान गर्दछ । भी२९ई को स्लिम फ्ल्याट फ्रेमले यसको सौन्दर्यता थप्नुका साथै समग्र प्रयोगकर्ता अनुभव वृद्धि गर्दछ । दुवै भी२९ फाइभजी र भी२९ई फाइभजीमा १२० हर्ट्जको रिफ्रेस रेट रहेको छ जसले प्रयोगकर्ताहरूको भियूङ्ग अनुभवलाई पुनः परिभाषित गर्दछ । हरेक पटक स्वाइप वा स्क्रोल गर्दा प्राकृतिक र सहज अन्तरक्रिया महसुस गर्न सकिन्छ । भी२९ फाइभजी मा क्वालकम स्न्यापड्रेगन ७७८ प्रोसेसर रहेको छ जसले सिमलेस मल्टिटास्किङ र सहज गेमिङ अनुभवहरू सुनिश्चित गर्दछ । यो १२जीवी र्याम र २५६जीवी स्टोरेज भरियन्टका साथ आउँछ । यसैबीच, भरपर्दो कार्यसम्पादनका लागि भी२९ई फाइभजी क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र प्राइभजी कनेक्टिभिटीको साथ आउँछ । यसमा ८जीवी र्याम र २५६जीवी स्टोरेज रहेको छ जसले गर्दा दक्षता र पर्याप्त ठाउँको सन्तुलन कायम भएको छ । तपाईं चाहे अनौपचारिक प्रयोगकर्ता वा पावर प्रयोगकर्ता हुनुहुन्छ भने यी उपकरणहरुले तपाईंको आवश्यकताहरू पूरा गर्छन् । ब्याट्रीको बारेमा कुरा गर्दा, भी२९ फाइभजीमा ४६०० एमएएच ब्याट्री र ८० वाट्टको फ्ल्यासचार्ज रहेको छ जसले तपाईंलाई सधैं कनेक्टेड राख्दछ । त्यस्तै भी२९ई फाइभजीमा ४८०० एमएएच ब्याट्री रहेको छ जसले तपाईंलाई निर्बाध रुपमा काम गर्न, गेमिङ वा स्ट्रिमिङ गर्न मद्दत गर्दछ । भिभो भी२९ फाइभजी सिरिज स्मार्टफोन बजारमा उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको प्रतीकको रूपमा प्रस्तुत भएको छ । यसको आकर्षक सौन्द्रयशास्त्र, शक्तिशाली क्यामेरा क्षमताहरू, सिमलेस कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्री लाइफका साथ भिभो नेपाली बजारमा निकै सफल भएको छ । यी उपकरणहरूले आधुनिक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्दछ, हरेक पक्षमा उत्कृष्ट अनुभव प्रदान गर्दछ । नेपाली बजारमा भी२९ फाइभजी ५९,९९९ र भी२९ई फाइभजी ४२,९९९ मा उपलब्ध रहेको छ ।