ईसेवा महाउत्सवः रवि बोमजनले जिते नामी कार
काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाको दशैं-तिहार र छठ पर्व लक्षित ‘ईसेवा महाउत्सव’मा रवि बोमजनले नामी कार जितेका छन् । गत असोज १ गते ईसेवाले ईसेवा महाउत्सव घोषणा गरेको थियो । सोही घोषणाबमोजिम मकवानपुरनिवासी बोमजङले नामी कार जितेका हुन् । गोलाप्रथाको माध्यमबाट उनी चुनिएका हुन् । ललितपुरको पुल्चोकस्थित एलिस कन्फ्रेन्समा आयोजित एक औपचारिक कार्यक्रमबीच उपहार विजेता घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नेपाल क्रिकेट टीमका कप्तान रोहित पौडेल, ईसेवाका कार्यकारी अधिकृतहरू, प्रेस प्रतिनिधि, सेलिब्रेटी र कन्टेन्ट क्रिएटरलगायतकाे उपस्थिति थियो । २०८१ साल असोज १ देखि कात्तिक ३० गतेसम्म चलेको ईसेवा महा-उत्सव चलेको थियो । ईसेवा महा-उत्सवका अन्य विजेताहरूको नाम सोमबार नै इसेवाको फेसबुक पेजमा सार्वजनिक गरिएको थियो । सरोजकुमार पाण्डे र अविन गुरुअचार्यले आईफोन १६ जितेका थिए । उनीहरूले १०० रुपैयाँको खेलमा सहभागी भई आईफोन जितेका हुन् । यसैगरी, अनिल चालिसे, दीपक महतो र अनिल सिंहले ईसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ हात पारे ।
टिकटकको ‘सेफ्टी एम्बेसडर’ कार्यक्रम सम्पन्न, डिजिटल सुरक्षाबारे छलफल
काठमाडौं । टिकटकले आफ्नो सेफ्टी एम्बेसडर कार्यक्रमअन्तर्गत नेपालमा डिजिटल सुरक्षाको बारेमा चेतना जगाउन एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ओशिन सिटौला, पराक्रम राणा, मञ्जिता मानन्धर, सुशान्त प्रधान, राष्ट्र विमोचन तिमल्सेना र श्री पाण्डेलगायत सहितको प्यानल छलफल प्रस्तुत गरिएको थियो । प्यानलका सदस्यहरूले इन्टरनेटको जिम्मेवार प्रयोग र सुरक्षित सामग्री निर्माणको वकालत गर्दै गलत सूचना, उत्पीडन, साइबर बुलिङ, अनलाइन ठगीहरू लगायतका डिजिटल सुरक्षाका विभिन्न पक्षहरूबारे छलफल गरे । विश्वव्यापी रूपमा १ बिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू रहेको यस प्लेटफर्मको नेपालमा सेफर टुगेदर अभियान सकारात्मक कदम हो । उक्त अवसरमा आकर्षक कन्टेन्ट सिर्जना गरेर कसरी राम्रो कन्टेन्ट क्रिएटर बन्न सकिन्छ भन्नेबारे कार्यक्रमका अतिथिहरूलाई सुझाव र दिशानिर्देशहरू पनि दिइएको थियो । प्रश्न-उत्तर सत्रको क्रममा दर्शकहरूले क्रियटरहरूसँग अन्तरक्रिया गरेर कन्टेन्ट निर्माणका विभिन्न चुनौतीहरूमा रोमाञ्चक अन्तर्दृष्टि पनि प्राप्त गरे । यो अभियान टिकटकको जीवन्त र विविधतायुक्त कम्युनिटीहरूका लागि सुरक्षित र स्वागतयोग्य प्लेटफर्म निर्माण गर्ने लक्ष्यको एक हिस्सा हो । सेफर टुगेदर पहलमार्फत् टिकटकका प्रयोगकर्ताहरूले प्लेटफर्ममा उपलब्ध विभिन्न इन- एप सुरक्षा सुविधाहरूको फाइदा कसरी लिन सक्छन् भन्ने बारे जागरुकता सिर्जना गर्ने लक्ष्य राखेको छ । प्रयोगकर्ताहरूको सुरक्षा टिकटकको शीर्ष प्राथमिकतामा रहेको छ । प्लेटफर्मले सेफ्टी सेन्टर भनिने सुरक्षा अपडेटहरूका लागि केन्द्रीकृत स्थान प्रदान गर्दछ जसले प्लेटफर्ममा सुरक्षा र यसलाई निरन्तर बढावा दिन टिकटकले लागू गर्ने सबै कार्यहरू सम्बन्धि नवीनतम जानकारीहरू प्रदान गर्दछ । सुरक्षा केन्द्रले नयाँ प्रयोगकर्ता सुरक्षा गाइड, अभिभावकहरूका लागि गाइड, सुरक्षा सुनिश्चित गर्न के गर्ने भन्ने बारेका स्रोतहरू र पूर्ण गोपनीयता गाइड सहित टिकटकका सुरक्षा सुविधा र उपायहरूबारे सबै टुल्स र सुझावहरू पनि समावेश गर्दछ । यसबाहेक, सेफ्टी सेन्टरलाई अनुकुल राख्न यसका प्रयोगकर्ताहरूका लागि तयार दिशानिर्देशहरू नियमित रूपमा अद्यावधिक पनि गरिन्छ । टिकटकसँग अनुपयुक्त सामग्री र व्यवहारलाई मध्यस्थता गर्न सामुदायिक दिशानिर्देशहरूको बलियो सेट रहेको छ । सामुदायिक दिशानिर्देशनहरू उल्लङ्घन गर्ने कुनै पनि सामग्री वा अन्य प्रयोगकर्ताविरुद्ध हिंसालाई उक्साउने हानिकारक सामग्रीको लागि शून्य सहनशीलताका साथ टिकटकले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षा र कल्याण सुनिश्चित गर्न कुनै कसुर बाँकी राख्दैन । सेफ्टी एम्बेसडर कार्यक्रमले नेपालमा डिजिटल सुरक्षाको लागि टिकटकको प्रतिबद्धतालाई सुदृढ बनाउँछ किनभने यस प्लेटफर्मले प्रयोगकर्ताहरूको अनलाइन र अफलाइन सुरक्षाका लागि निरन्तर लडिरहेको छ । यो अभियान प्रयोगकर्ताहरूलाई सुरक्षा, गलत सूचना र प्रामाणिक सामग्रीको शक्तिको बारेमा शिक्षित गर्ने टिकटकको सक्रिय प्रयासहरूको एक उदाहरण पनि हो । टिकटक छोटो आकारको मोबाइल भिडियोको लागि अग्रणी गन्तव्य हो । टिकटकका लस एन्जलस, न्यूयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिंगापुर, जाकार्ता, जोहानेसबर्ग, सियोल र टोकियो लगायतका शहरहरूमा विश्वव्यापी कार्यालयहरू छन् ।
भिभोको क्रिककार्निवलमा केटीएम आरसी २०० जित्ने मौका
काठमाडौं । स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार भिभोले ‘क्रिककार्निवल’ को सुरुवात गरेको छ । नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको खुसीमा भीभोले आफ्नो ७ औं सेल्स कार्निवलको सुरु गरेको हो । यो कार्यक्रम ४ डिसेम्बरदेखि सुरु भइसकेको छ भने ३१ डिसेम्बरसम्म सञ्चालन हुने भीभो नेपालले जनाएको छ । क्रिककार्निवलमा भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कार र विशेष सुविधा प्राप्त गर्न सकिने जनाइएको छ । क्रिककार्निवलअन्तर्गत भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिएको छ । अन्य पुरस्कारहरूमा भिभो स्मार्टफोन, टीडब्ल्यूएस इयरबड्स, ६ महिना सम्मको विस्तारित वारेन्टी र थप सरप्राइजहरू समावेश छन् । भिभोले नेपालमा आफ्नो ७ वर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो पुरानो ग्राहकहरूको सम्मानमा ७ भाग्यशाली भिभो भी ७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभो भी ७, भिभो भी ४० सँग केवल ३१ हजारमा एक्सचेन्ज गर्न पाउनेछन् ।