लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधी

काठमाडौं । मोहम्मद सलाह प्रेरित लिभरपुलले च्यापियन्स लिगको उपाधी जितेको छ । आइतबार बिहान भएको उपाधी भिडन्तमा लिभरपुलले टोटनह्यामलाई २–० अन्तरले पराजित गरेर उपाधी चुमेको हो । खेल सुरु भएको २ मिनेटमै लिभरपुलले पेनाल्टी पायो र त्यसलाई सलाहले गोलमा परिणत गरे । खेलेको ८७ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । दबावमा खेलेको लिभरपुलले टोटनह्यामलाई गोल गर्ने अवसर भने दिएन् । इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगको टोटनह्याम भने खेलमा पकड जमाएर पनि पराजित हुने पुग्यो ।

पबी गुरुङले बनाईन १ लाख अनुहारलाई सुन्दर, दक्षिण कोरियाकाे उपचार पद्धतिक

काठमाडाैं । नेपालमा छाला रोगको अत्याधुनिक कस्मोटोलोजी उपचार पद्धति दक्षिण कोरियाबाट नेपाल भित्रयाउने पहिलो महिला बनेकी छिन, पबी गुरुङ । त्यसो त नेपालमा डरमाटोलोजी विधिबाट धेरै अघि देखि छाला रोग उपचार हुँदै आएको छ । तर अत्याधुनिक कस्मोटोलोजी उपचार प्रक्रियाबाट अनुहारको चांया,पोतो,दाद त्यस्तै बढ्दो उमेर तथा आमा बनी सकेका महिलाका अनुहारमा देखिने दाग लेजर थेरापी प्रयोग गरी सजिलै हटाउने उपचार  शैली पबीले शुरुवात  गर्न सफल भएकी हुन् । लेजर थेरापीलाई उपचार प्रक्रिया मध्ये विश्वमा उत्कृष्ट र सुरक्षित मानिन्छ । सन २००३ मा दक्षिण कोरियाका प्रसिद्ध मेडिकल कलेज  चाउ भीउबाट दुई वर्षे कस्मोटोलोजी उपचारका शैधान्तीक अध्ययन  र प्रयोगात्मक तालिम लिएकी छिन् । त्यस पछि सन् २००६ देखी नेपालमा कोरियन स्किन केयर पार्लर सञ्चालन गरी हाल सम्म करिब १ लाख अनुहारलाई झन सुन्दर बनाउन सफल भएको अनको दाबी छ । सक्रिय र सृजनशील कार्यलाई सधैँ पछयाउने बानीले गर्दा उनको पार्लरमा महिलाहरूको लामो लाइन लाग्ने गर्दछ । जस कारण आज सम्म पार्लर चलाउन विज्ञापनको सहारा लिनु परेको छैन । विशेष गरी याहां डण्डीफोर, कम्बीनेशन केयर, पोर्स केयर र स्किन एलर्जी जस्ता रोगको सफल उपचार हुने गर्दछ । पबीका अनुसार अनुहारको छालामा पानीको मात्रा १० देखि २० प्रतिशत त्यस्तै लिपिङ नामक तत्व ११ प्रतिशत हुन जरुरी छ , यसबाट छाला सधैँ चम्किलो र उज्यालो देखिन गर्दछ । तर यदि नेचुरल मोस्चराईजर फयाकटर ३१ प्रतिशत भन्दा कम भएमा छाला चाउरी पर्दछ । जसलाई कस्मोटोलोजी उपचारबाट हेरचाह गरी रहर लाग्दो अनुहारमा फर्काउन सहयोग पुग्छ । उपचारमा प्रयोग गरिने सौन्दर्य प्रोड्कटस विश्व स्वास्थ्य सगंठनले गुणस्तर स्वीकृत गरेका उत्पादन मात्र प्रयोग गरिने भएकोले अन्य साइड इफेक्ट नहुने उनले दाबी गरेकी छिन् । छालामा विभिन्न समस्या देखिए प्राय सहरी महिला इन्टरनेट, युट्युब र सामाजिक सञ्चालमा देखिाइएका व्युटि प्रोडक्टस प्रयोग गर्दछन् । त्यस्ता उत्पादनले अनुहारको बाहिरी छाला फ्याँकी दिने गर्दछ । अनुहारको भित्रबाट पलाउने नरम छाला पूर्ण विकास हुनको लागि २८ दिन लाग्दछ । त्यस क्रममा घामको कडा किरणले त्यो कलिलो छालालाई असर पु¥याईदिने गर्दछ , फलस्वरुप  अनुहार कुरूप देखिन्छ । त्यस कारण व्युटि प्रोडकट प्रयोग गर्दा प्रयोगशालामा गुणस्तर प्रमाणीकरण  गरिएको वा विश्व स्वास्थ्य सगठनले समर्थन गरेका उत्पादन प्रयोग गर्न उनले सुझाएकी छिन् ।

गायक रमेश श्रेष्ठको ‘टिकटकले डुबायो’ सार्वजनिक, भिडियोमा रक्षा र बले

कठमाडौं ।  गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘टिकटकले डुबायो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सबमा ब्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘टिकटकले डुबायो’भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द र चर्चित तथा ब्यस्त संगीतकार शंकर थापा स्माइलको संगीत रहेको छ । म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिष्टको रहेको छ । भिडियोलाइ निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढंगले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा भद्रगोल टेलिचलचित्रका चर्चित पात्र सागर लम्साल (बले) तथा मोडल रक्षा श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियाे हेर्न  क्लिक गर्नुहाेस् ।