ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
चितवन । पूर्वी चितवनको खैरहनीमा ट्र्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–४ का ५७ वर्षीय रिठ्ठे परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार परियारको आफ्नै बारीमा धान रोपाइँका लागि जोत्ने क्रममा ना७त ४४८८ नंको ट्र्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट परियारको घटनास्थलमा नै मृत्यु भएको हो । परियारलाई ठक्कर दिने ट्र्याक्टरका चालक इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस
गजलः आमा
धर्ती सारा, जगतै देखायाैं, कति दुःख, सहेर हुर्कायाैं दश मैना, गर्भमा बाेकेर जन्म दिइ, अमेतपान गरायाैं भाेक प्यास, सहेर आफै सन्तानलाई, पेटभरी खुवायाैं छाेराछाेरी बिरामी पर्दा झन कति रात, नसुती बितायाैं भविष्यकाे साहारा सम्झेर राम्राे मान्छे, बनाउन पढायाैं थाेरै सफल, हुँदा नि सन्तान कति धेरै, खुशी भै रमायाैं कति धेरै, खुशी भै रमायाैं बिराटनगर-३ [email protected]
क्यान्टिनमा भाडा माझ्ने ढकाल अहिले रेष्टुरेन्टकाे मालिक, भन्छन्- हरेस खाइन, त्यसैले सफल भएँ
काठमाडौं । सानो कामलाई ठुलो मान्दै लगनका साथ मिहिनेत गरे सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् राकेश ढकाल । सामान्य परिवारमा रसुवामा हुर्किएका ढकालमा आफै केहि गरौं भन्ने भावका साथ राजधानी काठमाडौंमा आए । जस्तो सुकै काम गरेर भएपनि काठमाडौंमै जम्ने रहर उनको थियो । त्यहि हुटहुटिले १४ बर्षको कलिलो उमेरमा रसुवाबाट काठमाडौं आई गङगालाल हस्पिटलको क्यान्टिनमा भाडा माझ्ने काम गरे । यहि काममा देखेको लगनशीलताले आज आफै रेष्टुरेन्टका मालिक बनेको छन् राकेश ढकाल । काम सानो हुँदो रहेनछ भन्दै उनले भने, ‘जिवनमा धेरै संघर्ष गरे । हरेस खाइन त्यहि कारण आज रेष्टुरेन्ट खोल्न सफल भँए ।’ राजधानी काठमाडौंको शंखमुलमा खानाका पारिखीहरुको स्वादलाई मध्ये नजर गर्दै गएको फागुनदेखि उनले पूर्ण रुपमा ‘बज्यैको सेकुवा’ सञ्चालनमा ल्याउन सफल भए । नेपाली चुलोमा पकाएको नेपाली परिकारलाई आफूहरूले मेनुमा प्राथमिकता दिएको उनले बताए । हरेक युवाहरु व्यवसायमा नलागेसम्म मुलुक विकसित नहुने भन्दै उनले लामो समयपछिको अनुभवलाई आत्मसाथ गर्दै आफैले नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए । अनुभवपछि आफै पनि व्यवसाय गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि आफूले रेष्टुरेन्ट खोलेको उनको भनाई छ । कर्नरमा सेकुवा लगायत खसीको भुटन कलेजो लगाएत कुखुराको विभिन्न परिकारहरूको स्वाद ग्राहकवर्गले लिन सक्ने उनले बताए । बज्यैको सेकुवा कर्नरले १२ जना कामदारहरूलाई रोजगारी दिन सफल भएको छ । उनले यसबीचमा काठमाडौंका विभिन्न सेकुवा कर्नरहरूमा वेटर देखि मेनेजरसम्म काम गरे । बाजेको सेकुवा, प्रेसिडेन्ट सेकुवामा मेनेजर भई काम गरेको अनुभव यतिबेला उनलाई थप सफलतामा डोराएकाे छ । झण्डै १५ वर्ष अन्य ठाँउमा काम गर्दै गर्दा घरायसी बाध्यताका कारण आफुहरुले विदेशका विभिन्न ठाँउका तारे होटलबाट समेत अनुभव बटुल्न सफल भएका छन् उनी । भाडा माझ्नेबाट वेटर हुँदै मेनेजरसम्म हुँदा होटल रेस्टुरेन्ट व्यवसायमा धेरै योगदान छ ढकालको । विभिन्न कठिन परिस्थितिहरूमा संघर्ष गर्दै यो अवस्थासम्म आइपुग्दा ढकालले आफ्नो छुट्टै ब्रान्ड स्थापना गर्ने सफल छ । लामो समयदेखि विभिन्न सेकुवा कर्नरबाट विभिन्न परिकार सेकुवाको अनुभव लिएका छन् ढकालले । झण्डै ३५ लाख लगानीमा काठमाडौंको शंखमुलमा बज्यैको सेकुवा स्थापना गरेको उनले बताए । ‘देश तथा विदेशका विभिन्न अनुभव समेटेर आफ्नो छुट्टै ब्रान्ड बनाएको छु’ उनले भने- ‘पक्कै ग्राहक मन जित्नेछु । नेपालीपन दिन थप सशक्त बन्नेछु ।’ पूर्ण पारिवारिक वातावरण रहेको सेकुवा कर्नरले आगामी दिनहरूमा आफ्नो ब्राण्डलाई काठमाडौं उपत्यकाको विभिन्न स्थान र उपत्यका बाहिरका मुख्य शहरहरूमा पनि स्थापित गराउने लक्ष्य ढकालको छ । राकेश ढकाल