महालक्ष्मी विकास बैंकका ग्राहकलाई चिरायु नेसनल हस्पिटलमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युटसँग सम्झौता गरेको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक/सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् ।साथै, बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २०%, उपचार प्रक्रियामा अधिकतम १५%, रोगको निदानमा अधिकतम १२% तथा औषधिमा ५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशका १ सय २ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
नुवाकोटको त्रिवेणीधाममा माघ १६ गतेदेखि श्रीमद्भागवत महायज्ञ
काठमाडौ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । माघ १६ गतेदेखि २४ गतेसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर सप्ताह महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी त्रिवेणीधाम सुधार तथा संरक्षण संस्था, शिवपुरी गाउँपालिका र पञ्चकन्या गाउँपालिकाले महायज्ञको उद्देश्य र लक्ष्यबारे जानकारी गराएका हुन् । त्रिवेणीधाममा एक लाख पर्यटक भित्राउने लक्ष्यका साथ महायज्ञ आयोजना गर्न लागिएको कथावाचक ईश्वरकृष्ण महाराजले बताए । उनले भने, नेपालमा धार्मिक क्षेत्रबाट पर्यटनको विकास गरी समृद्धि हासिल गर्न सम्भव छ । त्रिवेणी धार्मिक हिसाबले र आफैमा अति रमणीय पवित्र स्थान भएकोले सबैलाई एक पटक जान आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि तथा बौद्ध महासंघका उपाध्यक्ष धर्मगुरु खेम्पो कमल भण्डारीले महायज्ञमा माघ १६ र १७ गते मात्र प्रवचन दिने बताए । उनले नेपाल जात, धर्म र प्राकृतिक धरातलले विश्वमा प्रख्यात रहेको पनि जानकारी दिए । उनले विदेशबाट आउने पर्यटकहरु अधिकांश नेपालमा धार्मिक कारणले आउने गरेका बताए । उनले हिन्दु र बौद्ध धर्मको दृष्टि फरक भएपनि चर्या एउटै हुने उल्लेख गरेका छन् । त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले जानकारी दिइन् । उनले महायज्ञ मूल समारोह समितिका उक्त कार्यक्रममा प्रमुख अतिथिहरु हिन्दु धर्मका ईश्वर कृष्ण महाराज र बौद्ध धर्मका तर्फबाट खेम्पो कमल भण्डारी रहेका थिए । नुवाकोटको त्रिवेणी धाममा १ लाख पर्यटक भित्राउने योजना रहेको बताएका छन् । कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष श्रीराम कृष्ण थापाले महायज्ञका माध्यमले त्रिवेणीधामबारे विश्वभर जानकारी गराउने लक्ष्य राखिएको बताए । त्रिवेणी तीन खोला वा नदीको संगम भएकाले अति पवित्र पुण्य स्थानको रुपमा मानिने भएकाको नेपालमा मात्र नभएर पुरै विश्वमा नै यसबारे प्रचार हुनुपर्ने जानकारी दिए । थापाले उक्त स्थानमा धर्मशालाको निर्माण, विभिन्न देवीको देवताको मन्दिर निर्माण र ध्यान केन्द्रको निमार्ण तथा बौद्धमार्गीहरुको लागी गुम्बा निर्माण गर्ने कार्य हाल भइरहेको जानकारी दिएका छन् । महायज्ञबाट संकलित रकम त्रिवेणीधामको पूर्वाधार विकासमा खर्च हुने उल्लेख गरे । त्रिवेणी धाम सुधार तथा संरक्षण संस्थाकी अध्यक्ष लिलादेवी थापाले उक्त धाममा सबैलाई एकपटक आई धार्मिक कार्यमा सहयोग गर्न आग्रह गरिन् । उनले धामको महत्वबारे प्रकाश पारेकी थिइन् । महायज्ञ मूल समारोह समितिका उपाध्यक्ष रमेश कुमार पाठकले नेपाल र नेपालको पनि त्रिवेणी बनाउन त्रिवेणीधामले महत्वपूर्ण भूमिका खेल्ने बताए । त्रिवेणीधामको महायज्ञले सबै पार्टीलाई पनि एकताको शुत्रमा बाँकी विकासको काममा अघि बढाउने आशा बढेको बताए । नेपाल कम्युनिष्ट पार्टी संघिय क्षेत्र न. १ का अध्यक्ष पदम उप्रेतीले सबै धर्मको प्रतिमा स्थापना गर्दै सम्पुर्ण जाती धर्मलाई संगै अगाडि लानुपर्ने उल्लेख गरेका छन् । उनले धार्मिक सहिष्णुता राख्दै समृद्ध नुवाकोट, समृद्ध शिवपुरी हुनेमा उक्त महायज्ञ कोषेढुंगा हुने आशा व्यक्त गरे । समृद्ध नेपाल हुनमा सबैको भुमिका हुने भन्दै महायज्ञले त्यस दिशातर्फ प्रेरित गर्ने बताए ।
प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसाेसिएशनबीच सम्झौता
काठमाडाैं । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एसाेसिएशन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएशनका उपाध्यक्ष अलमौनले हस्ताक्षर गरेका हुन्। इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पुर्याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताए ।रासस