मानवअधिकारवादी संस्था ‘हस्टेल फर हुमनिटी’ नेपालमा शुभारम्भ
काठमाडाैं । स्थानीय समुदायमा स्वास्थ्य र शिक्षाबारे वकालत तथा सहकार्य गर्ने उद्देश्यले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘हस्टेल फर हुमनिटी’ नेपाल च्याप्टरको शुभारम्भ गरिएको छ । मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रअनुरुप संस्थाले न्याय र मानवअधिकारको पक्षमा लडिरहेका समुदायको पक्षमा सरोकार भएका संस्थासँग साझेदारी गरेर काम गर्ने जनाएको छ । शिक्षा र स्वास्थ्यसम्बन्धी आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाको हित र अधिकारको पक्षमा काम गरिने बताइएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गरी हस्टेल फर हुमनिटी नेपाल च्याप्टरको घोषणा गर्दै संस्थाका अध्यक्ष विनोद शर्माले बालबालिकाको पक्षमा वकालत तथा आवश्यक सहयोग जुटाउने लक्ष्यका साथ संस्थाले काम गर्ने बताए । यो कार्यक्रमअन्तर्गत बालबालिका र युवाको शिक्षा, स्वास्थ्य र मानवअधिकारको पक्षमा काम गर्ने जनाइएको छ । अमेरिकामा मुख्य कार्यालय रहेको यो संस्थाले नेपालको जुनसुकै क्षेत्रमा निश्चित क्षेत्र वा समुदायको पहिचान गरी कार्यक्रम सञ्चालन गर्नेछ । हरेक बालबालिकाको समान अधिकारको सुनिश्चितताका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शर्माको भनाइ छ । नेपाल च्याप्टरमा शर्माको अध्यक्षतामा १७ सदस्यीय समिति घोषणा गरिएको छ । विद्यालय तथा कलेजमा यस्तो कार्यक्रम सञ्चालन गरिने संस्थाका सदस्य ऋषि गौतमले बताए । नेपालमा कार्यरत मानवअधिकारवादी संस्था तथा स्थानीय सरकारको सहकार्य र साझेदारीमा संस्थाका गतिविधि अघि बढाइने उनको भनाइ छ । रासस
नेपाल स्टारको बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक
काठमाडौं । नेपालकै पहिलो रियाली शो नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ । ‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ राष्ट्रिय च्यानल नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा सिद्धार्थ बैंक बनेको हो । बुधबार राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारीपत्रमा हस्ताक्षर भएको छ । साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन(एनटिभी)का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्वबद्धता जनाएका छन् । सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भरटाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । साथै, यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले उल्लेख गरे । नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले जानकारी दिएका छन् । टेलिभिजन च्यानलको अत्याधुनिक प्रबिधि प्रयोग गरी उत्पादन र प्रशारण गरिने कार्यक्रम नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयास भएको छ । स्पष्ट र बुलन्द आवाजमा फुल एचडीमा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ र्बैकलाई स्वागत गर्न पाउदा नेपाल टेलिभिजन गौरवान्वित भएको र सधै यस्ता कार्यक्रममा यस र्बैकलाई सदैव स्वागत गर्ने नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले बताए । यो सम्बन्धलाई सदैव अगाडि बढाउन सिद्धार्थ बैंक तयार रहेको र यस किसिमका राष्ट्रिय स्तरको कार्यक्रमबाट देशको कुना कन्दरामा रहेका, तर अवसर नपाएका प्रतिभावानहरुलाई अवसर दिइनुपर्ने उनले बताए । सिद्धार्थ र्बैक सदैव यस्ता राष्ट्रिय स्तरका कार्यक्रमहरुमा साथ दिन तत्पर रहेको प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले जानकारी दिए । गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा नेपाल स्टारको निर्यायक संगीतकार आलोकश्रीले गर्ने बताए । आज कलाले कदर पाउन थालेको छ र कलाको माग दिनानुदिन बढेदै गइरहेको अवस्थामा हामी राष्ट्रिय कलाकारको खोजिमा निस्केका छोै यस महान अभियानमा बरिष्ठ गायक गायिक क्रमश रामकृष्ण ढकाल र अन्जु पन्त सहितको हाम्रो टिमले मुर्धन्य कलाकारको खोजी गर्नेछ । नेपाल टेलिभिजनबाट प्रशारण हुन लागेको यो कार्यक्रमले नव आगन्तुक कलाकारलाई स्वागत गर्ने गायक अन्जु पन्तले बताइन् । यो कार्यक्रमले निश्चय पनि राम्रो कलाकार जन्माउन सफल हुने र यही प्रयासस्वरुप आफु लागि परेको गायक रामकृष्ण ढकालले भने । कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डल, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, कि इन्टरटेनमेन्टका अध्यक्ष , बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लगायत अन्यको उपस्थित रहेको थियो सिद्धार्थ बैक सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०४ एटिएम र १ हजार ६ सयभन्दा बढी पिओएस मेसिनमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडाैं । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावले बदलीसँगै वर्षा भइरहेको मौसमविद् समीर श्रेष्ठले बताए । “उक्त वायुको प्रभाव भोलिबाट विस्तारै कम हुँदै जाने छ”, उनले भने । उपत्यकामा आज दिउँसो मौसम खुले पनि साँझपख वर्षा हुने बताइएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । भोली देशको पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव सात र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस