कोरोना मिथ्या र सत्यताः ल्वांगको तेल सेवनले कोरोनाबाट बचाउँछ

काठमाडौं । हिजोआज कोरोना भाइरसलाई लिएर विभिन्न प्रकारका मिथ्याहरु चलिरहेका छन् । यसले सर्वसाधारणमा भ्रमको स्थिती सृजना गरेको छ । ती मिथ्याहरु के हुन् र त्यसको वास्तविकता के हो भन्ने वारेमा यहाँ केही उदाहरण प्रस्तुत गरिएको छ । बच्चाहरुका लागि भिटामीन–सी सप्लिमेन्ट प्रयोग गर्न होइन, त्यस्तो पटक्कै होइन । शरीरलाई जति भिटामिन–सी को आवश्यकता पर्छ, त्यसको पूर्ति हरेक दिनको सन्तुलित आहारबाटै प्राप्त हुन्छ । यदी शरीरमा भिटामीन–सी को कमी छ भने डक्टरले बताए अनुसार मात्र गर्नुहोस् । धेरै मात्रामा गरिएको भिटमीन–सी को प्रयोगले पाचनतन्त्र तथा किडनीमा नराम्रो असर पुर्याउन सक्छ । बच्चाहरुलाई कोरोना संक्रमण हुँदैन त्यसैले स्कुल खोल्दा यो कुरामा दुईमत छैन कि कोरोना भाइरसको असर बढि उमेरका मानिसहरुको तुलनामा बच्चालाई कम हुन्छ । तर, बच्चामा कोरोना भाइरसको संक्रमण देखिन सक्ने कुरालाई भने नकार्न चाहिँ सकिँदैन । बच्चाहरुले पनि सावधानी अपनाउन त्यतिनै जरुरी छ जति बढि उमेरका मानिसहरुले अपनाइरहेका छन् । त्यसैगरी, यदी कुनै एकजना बच्चामा यस्तो संक्रमण भयो भने पूरै स्कुलभरी फैलिनसक्ने भएकोले पनि अहिले स्कुल खोल्नु उपयुक्त हुँदैन । ल्वांगको तेल सेवनले कोरोनाबाट बचाउँछ यो सही हो कि दम, मधुमेह तथा फोक्सोसँग सम्बन्धित विरामीहरुलाई ल्वांगको तेलले राहत महसुस गराउँछ । यसमा म्यागनिज, फाइवर, भिटामीन–सी लगायतका करा प्रचूर मात्रामा पाइन्छ । यसले श्वास नलीलाई खोल्ने तथा व्याक्टेरियाका कारण हुने फोक्सोको संक्रमणमा फाइदा पुर्याउँछ । तर कोरोनाको सन्दर्भमा पनि ल्वांगको तेलले सकारात्मक नतिजा दिन्छ भन्ने कुराको हालसम्म पनि कुनै प्रमाण फेला परेको छैन । (हिन्दुस्तानडटकम बाट साभार)

प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता: अब आँसु खसाउनु पर्दैन

प्रधानमन्त्रीकाे मजदूर दिवसमा रचित कविता अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन नेपाली मन अब फुट्दैन राष्ट्रिय एकता टुट्दैन शान्ति अब यहाँ मर्दैन नेपाली मर्न पर्दैन बढ्यो नेपाल अब बढ्यो अघि विकासमा पछि पर्दैन गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाल्नु पर्दैन । *** सामाजिक न्याय र समानता अधिकारसम्पन्न जनता मेची-काली, पहाड-तराई निर्भय वातावरण सुरक्षित नारी अब आधुनिकतामा बढ्यो नेपाल गणतन्त्र हो यो गणतन्त्र सार्वभौम जनताको जनतन्त्र अब आँसु खसाउनु पर्दैन *** फाटोका खेती कुहिन्छन् स्वार्थी हिंसा तुहिन्छन् अब चेलीका चुरा फुट्दैनन् कोही टुहुरा पर्दैनन् गणतन्त्र हो यो गणतन्त्र शक्तिका स्रोत जनताको जनतन्त्र हो यो जनतन्त्र अब आँसु खसाउनु पर्दैन रगत बगाउनु पर्दैन

मलाई काम देऊः तिम्राे घर बनाउन, मेराे डेरा भाडा तिर्न

एक बिहानै झिसमिसे उज्यालोमा गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर समयलाई प्रतिबिम्वित गर्दै तिम्रो चर्को मोलमलाईको बीचमा जब म ठिङ्ङ उभिन्छु मलाई लाग्छ म बेचिन आएको हो यो शहरमा हरेक बिहान हरेक दिन म वस्तु हो विना सोकेश भित्र नसजिएको कुनै वस्तु मात्र आजको लागि बेचिन तम्तयार वस्तु…….. जलप विनाको, विज्ञापन विनाको आफैंले आफैंलाई तिम्रो चौरस्तामा फिजाउँदा जब तिम्रा आँखाहरु मेरा पाखुरी ….शरीरलाई नियाल्छन् म आजको रोजि रोटि खोसिने डरले चुप चाप शालिन ढुंगा बनिदिन्छु र, आफैंलाई बिक्री गरिदिन्छु मानौं तिमी मानिस र म वस्तु मात्र वस्तु तिमीले मलाई आजको ज्यामी मान्नु नमान्नु मलाई लानु नलानु रोज्नु नरोज्नु…. पूर्णतया तिम्रो अधिकार हुनेछ म प्रश्न प्रतिप्रश्न गर्नेछैन म मौनताको अधिनमा रही तिमीले अह्राएका हरेक काम अघोषित मजदूर नियममा रही म मात्र वस्तु बनिदिने छु आजको दिन तिम्रो लागि हेर घामहरु छिप्पि सकेका छन् सात बजिसक्यो…आठ बजिसक्यो ….नौ…. बिन्ति मलाई लगिदेउ छोरी भोकाएकी छे बिरामी श्रीमतीलाई दबाई लानुछ घरबेटीको डेराभाढा दिनु छ   बिन्ति मलाई लगिदेउ छोरी भोकाएकी छे बिरामी श्रीमतीलाई दबाई लानुछ घरबेटीको डेराभाढा दिनु छ उफ्….यो घाम कति चाँडो छिप्पिएको आज म कसैलाई बरु सुनाउँदिन आज मजदूर दिवस भएर के भो त ? म मा कुनै गुनासो छैन…. आखिर म तिम्रो सुन्दर घर बनाउन मेरा घनले ढुंगा फोडिरहँदा प्रत्येक घनका प्रहारमा मलाई इश्वर खोजेझैं लाग्छ अनि हरेक साँझ ज्याला थाप्दै गर्दा मलाई स्वतन्त्र भएझैं लाग्छ गौशाला, चावहिल…… रत्नपार्कहरुमा कुटो, कोदालो…घन बोकेर म ठिङ्ङ उभिँदा लाग्छ देशको वर्तमानमा उभिरहेको छु आखिर मेरो देश पनि त हरेक दिन हरेक साँझ आफूलाई कुनै न कुनै किसिमले बेचिरहेको छ म जस्तै….. बिराटनगर–५ हाल एनसीसी बैंक, तेह्रथुम