अब नेपाली र इजरायली नागरिकले एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने

काठमाडाैं । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको सो दूतावासले जानकारी दिएको छ । राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिएका थिए । सो अवसरमा केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

तीज: कस्ताे दर खाने, कसरी व्रत बस्ने ?

काठमाडाैं । तीज सबै हिन्दु नारीहरुको महान पर्व हो। पौराणिक कालदेखी नै तीज को ब्रत गर्नै धार्मिक परम्परा रही आएकाे  छ । पौराणिक मान्यता अनुसार माता पार्वतिले शिवजीलाई पतिकाे रुपमा पाउनको लागी वर्षौंसम्म कठोर तपस्या गर्नुभएको थियो ।  नेपालमा पनि विवाहित, अविवाहित महिलाहरू आफ्नो श्रीमानको लामो आयु, सुस्वास्थको कामनाको लागि व्रत बस्ने चलन छ। अहिले कोरोनाको यस्तो बेलामा पहिला आफ्नो सम्पूर्ण स्वस्थको ख्याल राखेर मात्रै व्रत बस्नु उचित हुन्छ। किनभने अहिले बिरामी भए पनि अस्पताल जानुसक्ने अवस्था छैन । कोभिड-१९ काे कारण गर्दा सबै अस्पतालहरुमा बेडको साथै आइसोलेसनको समेत कमी छ । त्यसैले यो बेला अझै सजग रहनु आवश्यक छ । याे समयमा कतिपयले दरको नाममा मासु तथा मादकपदार्थको सेवन गरेकोे नि पाइन्छ तर यस्ताे खानेकुरा यो बेला नखाको नि बेस हो। उच्च क्यालोरीयुक्त भएको खानेकुरा जस्तै खिर, मिठाई , पुरी , दहि, महि जस्तै परिकारहरु दरकाे रुपमा खान सकिन्छ । यस्ता खानेकुराहरु चाँडै भोक लाग्न नदिने, र शक्ति वर्धक हुन्छन् । धार्मिक दृष्टिकोणले राम्रो मानिएकाे उपवास स्वास्थको लागी पनि उत्तिकै राम्रो हुन्छ । उपवासले शरीरमा भएको विकारहरु हटेर जान्छन् । यसले  शरीरका नराम्रो कोलेस्ट्रोल हट्नुकाे यसले साथै तौल नियन्त्रणमा पनि सहयोग गर्दछ । यस महामारीकाे समयमा केही नखाई बसेर शरीर कमजोर भई रोगसँग लड्ने क्षमतामा कमी आउन सक्ने भएकोले पुरा रुपमा भाेकै बस्नुभन्दा पनि केही फलफुलहरु खाएर व्रत बस्नु उचित हुनेछ । पुरा दिन केही नखाई भोकै बसेर कतिपय बेहोस भई मूर्छा पर्ने हुनाले पनि यस्ताे तरिकाकाे व्रत उपयुक्त हुँदैन । व्रत बस्ने व्यक्तिले पूजाआजा गरेपछि केही झोलिलो कुरा , सर्वत, जुस फलफूल , मिश्री, सुपको सेवन गर्नुपर्छ । ज्येष्ठ नागरिक, बिरामी व्यक्ति, कमजोर महिलाहरुले आफ्नो स्वस्थ अवस्था आदिको विशेष रूपमा ध्यान दिनुपर्छ । यस्ताे समयमा घरमै बसेर पूजापाठ गरौं र मन्दिर जाने, हुल हुने, साथी  बोलाउने काम अहिले नगरौं । स्वास्थ्य नै सम्पति हो, यो भनाई कहिल्यै नबिर्साैं । फलफुल आदिको उचित सेवन गरौं र अत्याधिक मात्रामा केही पनि नखाउ ।  गुलियोकाे साटाे मिश्री काधा, फलफूलको जुस्, आदिको सेवन गर्नु उचित हुनेछ । यसले मस्तिष्कको रक्त नलीहरुको कामलाइ सामान्य अवस्थमा राख्न मद्दत गर्नुकाे साथै हर्मोन नियन्त्रन गर्दछ ।

दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारीद्धारा ऊर्जा बचत अभियान शुरु

ललितपुर ।  दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’ ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ । संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन गरेको हो । यसले ऊर्जाको अधिकतम उपयोगद्वारा प्रविधियुक्त उद्यम व्यवसायको प्रवद्र्धन गर्दै उपभोक्ताको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग गर्ने संस्थाका अध्यक्ष गोविन्द बजगाईँले बताए । उनले भने, “यस संस्थाले मुलुकमै पहिलो पटक सहकारीको नमूना बनी सामुदायिक विद्युतीकरण अभियान चलाएर ललितपुरका विकट बस्तीहरुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच पु¥याएको छ ।” विसं २०५४ देखि संस्था विद्युतीय अभियान शुरु गरी २०५७ सालमा विधिवत् रुपमा दर्ता भएर २०६१ साल भदौ २ गते साविकको देवीचौर गाविसमा केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न सफल भएको बजगाईँले जानकारी गराए । सो संस्थाले समाजमा उद्यमशीलताको विकास गर्दै ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, विद्युत् महसुल भुक्तानीका लागि अग्रिम बचत गराउन सहयोग, न्यून आयस्तर भएका र ऊर्जामा आधारित उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न चाहने उपभोक्तालाई ऋण सहयोगका साथै विद्युतीय प्रविधि खरीदका लागि बचत रकमको उपयोग गराउन मद्दत गर्छ । उक्त संस्थाले दक्षिण ललितपुरका करीब छ हजार ५०० घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पु¥याएकामा अब लगभग एक हजार घरधुरीमा मिटर जडान गर्न बाँकी छ । संस्थाले हालसम्म ललितपुरका तीन गाउँपालिका र गोदावरी नगरपालिकाको देवीचौरमा एक सयभन्दा बढी ट्रान्सफर्मर, १७८ किलोमिटर एचटी र करीब ४६० किलोमिटरमा एलटी लाइन जडानसमेत गरेको छ । लगनखेलस्थित सबस्टेशनदेखि चापागाउँ फिडर हुँदै दक्षिण ललितपुरका सबै क्षेत्रमा लाइन गएकाले चापागाउँ फिडर जीर्ण र लोड बढी भएर लाइन ट्रपिङको समस्या बढी हुने गरेको छ । यसैगरी कान्ति राजमार्गमा समयसमयमा पहिरो जाँदा सडकका साथै विद्युत् आपूर्तिमा पटकपटक बाधा पुगेको बजगाईँले जानकारी दिए । संस्थाले समय समयमा विद्युतीय समस्या अन्त्य गरेर दीर्घकालीन समाधानका लागि उन्यूचौरमा सबस्टेशन निर्माणको काम अघि बढाउने भएको छ । उक्त स्टेशनले काम गर्न थालेपछि दक्षिण भेगको विद्युत् आपूर्तिमा थप सहजता र गुणस्तरीयता कायम हुनाका साथै उद्योगधन्दा सञ्चालनमा समेत उपयोगी हुने बताइएको छ । उक्त संस्थाले सञ्चालनमा ल्याएको प्रविधिमा आधारित अनलाईन पेमेन्ट र मोबाइल एप्सको प्रयोग पनि सफल भइरहेको संस्थाका सचिव लोकबहादुर पुलामीले जानकारी दिए । उनले भने, “हामीले विभिन्न संस्थाको सहकार्यमा महिला उद्यमशीलता विकासका लागि सीपमूलक तालीमका साथै व्यवसाय सञ्चालनमा सहजीकरण र व्यवस्थापनको कामसमेत गर्दै आएका छाँै ।” गत वर्ष ६४ भन्दा बढी महिलालाई उद्यमशीलता विकासको तालिम दिएर आत्मनिर्भर हुन सिकाएको पुलामीले बताए । संस्थाले न्यून आय भएका कमजोर उपभोक्ता तथा शेयर सदस्यका घरमा सरल कर्जामार्फत विद्युत् सेवाको पहुँच विस्तारसमेत गरेको कोषाध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।