क्यानकाे साधारण सभा अनिश्चितकालका लागि स्थगित
काठमाडौं । भदौ दोस्रो साताका लािग तोकिएको नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा अनिश्चितकालका लागि स्थगित भएको छ । क्यानले दोस्रो साताका लागि तोकेको साधारण सभा कोरोनालाई कारण देखाउँदै स्थगित भएको जानकारी गराएको हो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले साधारणसभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् । विश्वव्यापी फैलिएको कोरोना भाइरस र सरकारले एक सातादेखि लगाएको निषेधाज्ञाका कारण भदौमा तय भएको क्यानको वार्षिक साधारणसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको छ । गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो । स्थगित साधारणसभा आईसीसीसँगको समन्वय र सहज वातावरण पछि मिति तय गर्ने क्यानले जनाएको छ ।
तिम्रो कला साधनाको गुन तिर्न सकौं, राष्ट्रकवि ।।
मुक्तकहरु १.हरेक जनको हृदयमा थियौ राष्ट्रकवि सत्कर्मले दीर्घ जीवन जियौ राष्ट्रकवि ।। नेपाली यो कला जगत् उर्वर पारी गयौ शालीन तिमी अमर कृति दियौ राष्ट्रकवि ।। २.अन्धकार चिर्न जति महत्व छ रवि साहित्य जगत् उर्वर पा¥यौ धन्य राष्ट्रकवि ।। तिम्रो कला साधनाको गुुन तिर्न सकौँ जन्म सार्थक पार्यौ उच्च बनाएर छवि ।। ३. आधा गौरी आधा माधव भइ तिमी जियौ जाने बेला सुुन्दर कृति ऋतम्भरा दियौ ।। शास्त्रीयता स्वच्छन्दता वाद दुुबै मिलाई काव्य जगत् उर्वर पार्ने तिमी रत्न थियौ ।। ४. देवकोटा लेखनाथ समको एकाकार तिमी काव्यशक्ति देख्दा देवकै उपहार तिमी ।। आदर्श र अनुुकरणीय व्यक्तित्व हौ सरल सरस जिन्दगीको एउटै सार तिमी ।। ५. पिइरहूूँ लाग्ने साँच्चै तिम्रो काव्य धारा वियोगमा रोइरहेछन् नेपाली जन सारा ।। गाउँछ गीत नेपालीको ज्योति चम्काएर साहित्य आकाशका तिमी थियौ धुुव्र तारा ।। नुवाकोट, हालः पोखरा–११
पर्यटन मन्त्रालयको खर्च ५९ प्रतिशतमै सीमित
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गत आर्थिक वर्ष २०७६/०७७ मा ५९ प्रतिशत खर्च गरेको छ । मन्त्रालयले आज गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रगतिको पूस्तक सार्वजनिक गर्दै ५९ प्रतिशत खर्च गरेको जनाएको हो । मन्त्रालयले अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ८१ प्रतिशत खर्च गरेको थियो । मन्त्रालयले अपेक्षाकृत प्रगति नगरेको स्वीकारेको छ । मन्त्रालयका प्रवक्ता तथा सकमल प्रसाद भट्टराईले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण विभिन्न सामग्रीहरुको अभावले उल्लेख्य प्रगति नभएको बताएका छन् । उनले मन्त्रालयले पुँजीगत तर्फ ६४ वित्तीय तर्फ ५४ प्रतिशत र चालु तर्फ ८० प्रतिशत प्रगति भएको बताए । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पनि मन्त्रालयको वार्षिक प्रगति उत्साहजनक नभएको बताए । उनले कोरोना भाइरसको कारण उल्लेख्य काम हुन नसकेको बताए । ‘कोरोना नभएको भए हामी धेरै काम गर्थ्यौं, कोरोना नभएको भए भैरहवा विमानस्थलको निर्माण सम्पन्न भइसक्थ्यो त्यसमा साढे तीन अर्ब रकम खर्च हुन सकेन, निजगढ विमानस्थलमा पनि खर्च हुन सकेन, पोखरा विमानस्थलमा पनि त्यस्तै समस्या आयो, त्यसेले सोचेको जस्तो काम भएन,’ उनले भने । उनले कोरोना नभएको भए मन्त्रालयको प्रगति ९० प्रतिशत हुन सक्ने बताए ।