कोटेश्वरदेखि कलंकी सडकखण्डमा हरियाली निर्माण गर्दै एनसेल

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वनतथा भु-संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको छ । यस सामाजिक पहल अन्तर्गत एनसेलले कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको छ । यसै पहलअन्तर्गत एनसेलले एकान्तकुना देखि बल्खु सडकखण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रुपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्नगरिसकेको छ । यस ग्रीनबेल्ट क्षेत्रलाई एक उदाहरणीय हरित क्षेत्रको रुपमा विकास गरी यस क्षेत्रकोसंरक्षण गर्ने उद्देश्य एनसेलले लिएको छ । यस घि एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोणका लागि पनि सहयोग गरेको थियो । हरियाली विकासका साथै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका ६,००० भन्दा बढि रुखबिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षणको काम पनि गर्नेछ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस सामाजिक पहलका बारेमा उत्साह व्यक्त गर्दै भने “वनतथा भू-संरक्षण विभागसँगको यो सहकार्यले कसरी सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उजागर गरेको छ । रिङरोडको १०.२ किलोमिटर सडकखण्डको क्षेत्रमा दायाँबायाँ हरियाली निमार्ण तथा संरक्षणको कार्य सार्वजनिक-निजी साझेदारीको एक उत्तम उदाहरण हो । यो पहलले समुदायमा स्वच्छ वातावरण निमार्णगर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्यप्राप्तिमा योगदान पुर्याउने विश्वास लिएका छौ । यो पहल कार्बन फुटप्रिन्ट घटाउन र पर्यावरण संरक्षणका लागि हामीले गरेका कार्यक्रमहरु मध्ये एक हो । दीर्घकालिन प्रभाव पर्ने दीगो पहलहरुमा योगदान गर्ने हाम्रो उदेश्य रहेको छ ।” वनतथा भु-संरक्षण विभागका महानिर्देशक मन बहादुर खडकाले भने, “वृक्षारोपण गर्दै हरियाली बढाउने सरकारको अभियान अन्तर्गत यो रिङरोड ग्रीनबेल्ट योजना कार्यान्वयनका लागि २ महानगरपालिकाका समन्यवयका साथ एनसेलसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं । रुख रोप्न सजिलो छ तर यसको हेरचाह गरी हुर्काउने र हरियाली कायम गर्दै फाइदा लिन धेरै गाह्रो हुन्छ र यो काम एनसेलले गर्दैछ । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत यो योजनाको जिम्मेवारी लिएर यसको राम्रो हेरचाह हुने विश्वास दिलाएकोमा हामीएनसेल प्रतिआभारी छौं ।” यो योजना कार्यान्वयन गर्न वनतथा भु-संरक्षण विभाग र एनसेलकाबीच भएको सहकार्यको प्रसंशा गर्दै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, “यो योजनाले हाम्रो हरियाली विकास तथा वातावरण संरक्षण सम्बन्धीग्रीन एन्ड ब्लु क्याम्पेनमा ठूलो योगदान दिने भएकोले हाम्रो ललितपुर महानगरपालिका यो योजनाको सफल कार्यान्वयनका लागि आवश्यक पर्ने कुनैपनि सहयोग प्रदान गर्न तयार छ ।” एक जिम्मेवार कर्पोरेट नागरीकको रुपमा एनसेलले दीगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षातथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरु गर्दै आएकोे छ । औद्योगिक व्यावसायिक नियमावलीले पनि व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ । वातावरण संरक्षण पहलअन्तर्गत नै रही एनसेलले काठमाडौं महानगरपालिकामा एक हरित पार्क पनि निर्माण गर्दैछ । यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको थियो र यसका साथै धनुषामा वृक्षारोपण र पर्यावरण संरक्षण तथा प्रवद्र्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालन गरेको थियो । यस पहलको सफल कार्यन्वयन पछि सरकारले धनुषाधाम संरक्षित वनलाई ‘खुल्ला चरिचरन तथा अनियमित कटान मुक्त क्षेत्र’पनि घोषणा गरिसकेको छ ।

सहकारीबाट आत्मनिर्भर बन्दै जुम्लाका महिला, भन्छन्ः घर चलाउन मुस्किल पर्थ्याे, अहिले निकै सजिलाे भएकाे छ

जुम्ला । आर्थिक अवस्था कमजोर भएका जुम्लाका महिला पछिल्लो समयमा सहकारीबाट आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय तहमै सहकारी सञ्चालनमा आएपछि यहाँका महिलालाई सहकारीले आत्मनिर्भर बनाएको हो । जिल्लाको सिंजा गाउँपालिका-६ जोडुमा रहेको महादेव जनसेवा कृषि उत्पादक कृषक समूहबाट न्यूनतम ब्याजदरमा ऋण लिएर महिलाले आयआर्जनका काम गरेरका संस्था अध्यक्ष दलबहादुर बुढाले जानकारी दिए । उनले भने, “महिलाहरु सहकारीले बनाएका समूहमा आबद्ध भइ मासिक रूपमा बचत गरी ऋण लिएर आयआर्जनका काम गर्न थालेका छन् । आबद्धमध्ये १५ देखि २० महिलाले तरकारी खेती, व्यापार, भेडा बाख्रापालनलगायतका उत्पादनशील काम गर्दै आएका छन् ।” पहिला सहकारीमा आबद्ध नहुँदा घर चलाउन मुस्किल हुने यहाँका महिलालाई अहिले सरकारीले विभिन्न प्रकार सीपमूलक तालिम दिएपछि उनीहरुका जीवनशैली विस्तारै परिर्वतन हुँदै गएको संस्थाका उपाध्यक्ष बेलकौरा बुढाले बताए । सहकारीबाट सिकेको सीपमूलकबाट तालिमले अहिले यहाँका महिलाले मासिक १० रूपैयाँदेखि १५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका स्थानीयवासी धर्मकली बुढाले जानकारी दिए । सहकारीबाटै ४० हजार रूपैयाँ ऋण लिएर तरकारी खेती र व्यापार शुरु गरेको स्थानीयवासी मुनबहादुर बुढाले बताए । उनले भने, “आजभोलि मासिक पाँच हजार रूपैयाँ कमाउने गरेको छु । सहकारीले बचत गर्न र कमाउन सिकाएको छ ।” विसं २०७३ वैशाख १ गते स्थापना भएको सो संस्थाले कृषितर्फ पशुपालन, तरकारी खेती, राडीपाखी व्यापार र वैदेशिक रोजगारीका लागि पनि आफ्ना सेयर सदस्यलाई ऋण लगानी गर्दै आएको छ । महिलालाई सङ्गठित गर्दै उनीहरुको विकासका लागि महिलाले नै सञ्चालन गरेको सो कृषि उत्पादक कृषक समूहले साविकको शनिगाउँ गाविसका सहकारी मध्यनमूना सहकारीको रूपमा विकास भइरहेको सचिव जोबना बुढाले बताए । सो संस्थामा अहिले २४८ सेयर सदस्यमध्ये अधिकांश विपन्न परिवार रहेका छन् । ती मध्ये ६८ पुरुष, ६७ महिला, ५८ बालिका र अन्य ५५ ले बालबचत गर्ने गरेका छन। । पुरुष र महिलाले रु १०० बचत गर्ने गरेका छन् भने बालबचत मासिक रु ५० उठाउने गरिएको उनले जानकारी दिए । आफूले नै समूहमार्फत बचत गरेको पैसा सरकारीमा जम्मा गरेर सेयर सदस्यहरुले त्यहीँबाट ऋण सहयोग लिएर आयआर्जनको काम गरिरहेका छन् । ऋण प्रवाह गर्दा समूहले सस्तो दिने गरेको सो संस्थाले जनाएको छ । स्थानीय तहमा सञ्चालनमा आएका संस्थाले किसानको मागलाई ध्यानमा राख्दै कृषि सहकारी संस्थाले अग्र्यानिक अन्न बालीको बीउ उत्पादनमा जोड दिएको तिला गाउँपालिका-१ मा रहेको समावेशी महिला सहकारी संस्थाका सचिव वसन्ती बस्नेतले जानकारी दिए । अन्यत्रबाट बीउ ल्याएर खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि यहाँका संस्थाले अन्नबालीको बीउ उत्पादनमा जोड दिएको यहाँका सहकारी बताउँछन् । रासस

आज दिनभर: निर्वाचन गर्न ८ अर्ब चाहिने, स्वराेजगार बन्न ३ लाख पाइने

आगामी बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले मध्यावधि निर्वाचन गराउनको लागि ८ अर्ब रुपैयाँ लाग्न सक्ने प्रारम्भिक अनुमान गरेको हो । आइतबार निर्वाचन आयोगले अर्थ सचिव शिशिर ढुङ्गानासँग छलफल गर्दा ८ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने अनुमान छलफलमा भएको बुझिएको छ । यस्तै, सीडीएस एण्ड क्लियरिङ्ग(सीडीएससी) ले आगामी माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने भएकाे छ । सञ्‍चालक समितिको निर्णयानुसार सीडीएससीले साे दिनदेखि धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्रलाई दुई कार्य दिन‘टी प्लस टू’भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने भएकाे हाे । यी हुन् आज दिनभरका सामग्री: घरजग्गा कारोबारमा उछाल पुस महिनामा घर जग्गा कारोबारमा निकै उछाल आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा घर जग्गा कारोबारमा मंसिर महिनाको तुलनामा निकै उछाल आएको हो । विभागका अनुसार देशभर २ लाख १४ हजार २ सय ६० वटा घरजग्गा कारोबार भएको छ । ‘टी प्लस टू’ माघ ११ गतेदेखि नै कार्यान्वयनमा आउने सीडीएस एण्ड क्लियरिङ्ग(सीडीएससी) ले आगामी माघ ११ गतेदेखि ‘टी प्लस टू’ कार्यान्वयनमा ल्याउने भएकाे छ । सञ्‍चालक समितिको निर्णयानुसार सीडीएससीले साे दिनदेखि धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्रलाई दुई कार्य दिन‘टी प्लस टू’भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने भएकाे हाे । म व्यवसाय गर्छु भनेर आउनेलाई ३ लाख दिन्छाैं: अध्यक्ष तामाङ बाग्मती प्रदेशको रामेछाप जिल्लामा पर्ने एउटा सुन्दर गाँउपालिका हो दोरम्बा । यो गाँउपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित छ । दोरम्बा गाँउपालिका ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकिृतिक रुपले फरक विशेषता बोकेको क्षेत्र पनि हो । मुलप्रवाह क्षेत्र बनाएर अविरल रुपमा बगिरहने चौरी खोला, घट्टेखोला र धोवी खोला यो गाँउपालिकाको मुख्य प्राकृतिक सम्पदाहरु हुन् । जसलाई बैंकले बिनाधिताे ८ कराेड कर्जा दियाे बाबुराम कार्कीले शुरुमा आफ्नै परिवारको प्रयोजनका लागि मात्र गाई पाले । त्यो भन्दा पर उनले सोचेका पनि थिएनन् । उनले भक्तपुरको दुधपाटीमा दुइटा गाई पाल्न सुरु गरे । आफूलाई पुगेपछि उनले छिमेकीलाई बेच्न थाले । बिस्तारै माग बढ्दै गयो । कार्कीले दुईबाट गाईको संख्या ६ पुर्‍याए । मध्यावधि निर्वाचन गर्न ८ अर्ब चाहिने आगामी बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि ८ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले मध्यावधि निर्वाचन गराउनको लागि ८ अर्ब रुपैयाँ लाग्न सक्ने प्रारम्भिक अनुमान गरेको हो । आइतबार निर्वाचन आयोगले अर्थ सचिव शिशिर ढुङ्गानासँग छलफल गर्दा ८ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने अनुमान छलफलमा भएको बुझिएको छ । नेप्सेको उचाई कायमै सोमबार पनि नेप्सेको उचाई कायमै रहेको छ । अघिल्लो सातादेखि निरन्तर नयाँ उचाई चुमेको नेप्से परिसूचक आज पनि नयाँ उचाईमा पुग्न सफल भएको छ । सोमबारको बजारमा परिसूचक १७.३१ अंकले बढेर २३३२ बिन्दुमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले निकाल्यो लोडसेडिङ तालिका नेपाल विद्युत प्राधिकरणले लाेडसेडिङ्काे तालिका सार्वजनिक गरेकाे छ । जुम्लाका विभिन्न स्थानमा दैनिक बत्ति जाने प्राधिकरणले सूचना मार्फत जानकारी दिएकाे छ । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले अब दैनिक लोडसेडिङ गर्ने गरी तालिका सार्वजनिक गरेको हो । पूर्व मुख्यसचिव रेग्मी बेलायतको राजदूतमा नियुक्त पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी राजदूतमा नियुक्त भएका छन् । उनी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका हुन् । नेपालमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना भाइरस देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । बेलायतबाट आएका तीन नेपालीमा नयाँ प्रजातीकाे काेराेना भाइरस देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द नेपाल आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थको आयात बन्द गर्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेशनले (आइओसी) दुई वर्षभन्दा बढी समयदेखि सुरक्षाका कारण देखाउँदै उक्त डिपो सञ्चालनमा समस्या भएको जनाउँदै आएको थियो । सूर्या लाईफ इन्स्योरेन्सको साढे १० प्रतिशत लाभांश पारित सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको १०.५२६ प्रतिशत लाभांश पारित भएको छ । आज माघ ५ गते बसेको कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।