हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुन्छ- कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेपनि देश सुन्दर हुने बताएका छन् । सोमबार काठमाडौँमा विद्यार्थीहरुमाझ भएको एक कार्यक्रममा बोल्दै पूर्व कार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै सो बताएका हुन् । साथै, उनले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताए । आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीति बदलिनुपर्ने बताएका छन् । उनले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताएका हुन् । देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेकोले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणको लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरुको झण्डा भन्दा बलियो बन्नुपर्ने बताए । आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होईन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्ने चाहाना राख्नुपर्ने बताए ।

वृज सिमेन्टद्धारा नेपाल स्टारका सिद्धान्त खड्कालाई घर बनाउन सिमेन्ट हस्तान्तरण

काठमाडाैं । वृज सिमेन्टले  सांगितिक रियालीटि शो कार्यक्रम नेपाल स्टारको सिद्धान्त खड्कालाई  घर बनाउन सिमेन्ट दिएकाे छ । नेपाल टेलिभिजनबाट प्रसारित उक्त शाे काे उत्कृष्ट ६ मा पर्न सफल खड्कालाई कम्पनीले सिमेन्ट दिएकाे हाे । वृज सिमेन्ट इण्डष्ट्रिजले उनको झापा जिल्लाको केर्खामा अवस्थित आफनै निवासमा उधोगको कारखाना रुपन्देहीबाट कम्पनीले स्वयं ढुवानी गरिदिएको हो । उनकाे घर निर्माणका लागि चाहिने सबै सिमेन्ट आफुहरुले नै उपलब्ध गराइदिने कम्पनीका कार्यकारी निर्देशक मोहित केडियाले  बताएका छन् । खड्का नेपाल स्टारको इटहरी अडिसनबाट नेपाल स्टारमा प्रवेश गरी उत्कृष्ट छैटौ स्थानबाट भोटको आधारमा बाहिरिएका थिए । नेपाल स्टारको पावर प्याक गायकको रुपमा सिद्धान्त खड्कालाई निर्णायकहरुले लिएका थिए । उक्त्त सहयोग पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले प्रदान गरेकाे हो । स्मरणीय छ कि पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्धेश्यका साथ स्थापना गरिएको गैर नाफामुलक सामाजिक संस्थाको रुपमा रहेको छ ।  

तन्त्र जे होस् मन्त्र एउटै हुनुपर्छ (कविता)

जब समृद्धिको कुरा नारामा सीमित हुन्छ जब न्याय र अधिकारका कुरा संविधानका धारामा सीमित हुन्छ तब बन्न सक्दैनन् रहरका सपनाहरु विपना कहिल्यै ।। नेतृत्वले राजधानी नै देश ठानिरहे डोल्पा र कालिकोटलाई दुर्गम नै मानिरहे नयाँ नेपालको सार्थकता के ? तन्त्र जे होस् मन्त्र एउटै हुनुपर्छ भेद र शोषणका बन्धन तोडेर हामी समान र स्वतन्त्र हुनुपर्छ तब न देश दुख्दा दुख्छन् मन मुटुहरु ।। भ्रष्ट र सामन्तकै राज चलुन्जेल आँखा छलुन्जेल दलालहरुले अभावले गरिबहरु ढलुन्जेल मौन बसिरहे सर्दै जानेछ विकास अनि समृद्धि सार्थक पार्न सहिदका सपना चलखेल टार्न र सीमा बार्न उठ्नै पर्छ हामी एक भएर प्रत्येक मुटुहरुमा धड्कनुपर्छ देश सधैँ ।। चुलाउनुछ आस्थाको शिखर फुलाउनुछ सिर्जनाका फूलहरु खुलाउनुछ विकासका बन्द मुहानहरु भुलाउनुछ स्वार्थमा तल्लीन मनहरुलाई राष्ट्रहितमा ।। हिजो आज र भोलि सबैका मन मस्तिष्कमा सजाइएका समृद्धि सपना पूरा गर्न अब अबेर गर्नु हुँदैन अल्झेर अन्धविश्वासमा ।। गोपाल खनाल तारकेश्वर गापा-१ दाङसिङ, नुवाकोट हाल पोखरा-११