१७ प्रतिशत बोनस पछि वेष्ट्रन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । वेष्ट्रन डेभलपमेन्ट बैंकको १७.४१३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार नमस्ते वित्तीय संस्थासँग मर्ज भर्इ वेष्ट्रन डेभलपमेन्ट बैंककाे नामबाट काराेबार गरिरहेकाे यस कम्पनीकाे मूल्यमा समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०० रुपैयाँ रहेको थियो ।

साउन ४ गतेदेखि नागवेली लघुवित्तको हकप्रद सेयरकाे बिक्री खुला

काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ४ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । संस्थाले चुक्तापुँजी बढाउन १ बराबर १ अनुपातमा(अर्थात १०० प्रतिशत) हकप्रद सेयर बिक्री गर्न लागेको हो । लघुवित्तले ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत निष्काशन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक सेयरधनीले भदाै ७ गतेसम्म आवेदन दिन पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ७ करोड ६६ लाख रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद जारी पश्चात संस्थाको पुँजी १५ करोड ३२ लाख रुपैयाँ नाघ्ने छ ।

निर्धन उत्थानको १८ लाख ९० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

काठमाडौं । मंगलबार निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको १८ लाख ९० हजार ३०६ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ । नक्सालको भगवतीबहालमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ९९ करोड ९७ लाख रुपैयाँ रहेको छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९८६ रुपैयाँ रहेको छ ।