नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको हकप्रद सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद सेयर सूचिकृत भएको छ । मंगलबार मात्रै यी दुई कम्पनीको कुल एक करोड ११ लाख ६१ हजार ४५४ कित्ता सेयर नेप्सेमा थपिएको हो । सो मध्ये नेशनल लाइफ इन्स्योरेन्सको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, स्वरोजगार लघुवित्तको पनि १२ लाख २८ हजार ९७७ कित्ता हकप्रद थपिएको छ ।

जनता बैंकले घोषणा गर्यो ८.५० प्रतिशत लाभांश, नगद लाभांश दिए पनि बजारमा खरिदमा चाप

काठमाडौं । जनता बैंक लिमिटेडले ८.५० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको २६७ औं बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति गरेपछि र सञ्चालक समिति पारित गरेपछि लागु हुने बैंकले जनाएको छ । अधिकांश बैंकरुको नगद लाभांश घोषणा गरेसँगै बजारमा शेयर बिक्रीबो चाप बढ्ने गरे पनि जनता बैंकको लाभांश घोषणापछि पनि खरिदकर्ताहरुकै चाप देखिएको छ । तुलनात्मक रुपमा सस्तो शेयर भएको र गत चौमासमा राम्रो प्रगति हासिल गरेकोले नगद लाभांशका बाबजुद लगानीकर्ताको आकर्षण देखिएको हो । मंगलबार ११ः३० बजे बैंकको ३० हजार कित्ता शेयरका लागि खरिदकर्ता हुँदा ८ हजार कित्ता शेयर मात्र बिक्रीमा राखिएको थियो ।

अपी पावरले पाँच प्रतिशत बाेनस सेयर दिने

काठमाडौं । अपी पावर कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत बाेनस सेयर दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्तापुँजीको कर बाहेक ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनी निर्माण गरिरहेको आठ मेगावाट क्षमताको अप्पर नौगाड साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी गरेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् बलाँच सवस्टेशनमा जोडिनेछ । अपी पावर कम्पनीले निर्माण गरेको सो आयोजनामा नेपाल एसबिआइ बैंक र प्रभु बैंक लिमिटेडको संयुक्त लगानी रहेको छ । कम्पनीले यसअघि ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले यो आयोजना निर्माणपश्चात् ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने तयारी गरेको जनाएको छ । यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण शुरु गरेको छ । रासस