उच्च लाभांशदर पारित गर्न नबिलले डाक्यो साधारण सभा, कहिलेसम्मका सेयरधनीले पाउँछन् ?
काठमाडौं । नबिल बैंकले आगामी पुस ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान ९ः३० बजे काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रिय कार्यालय परिसरमा आफ्नो ३७औं वार्षिक साधारणसभा गर्न लागेको हो । सभाले वाणिज्य बैंकहरुमध्ये कै उच्च लाभांशदर पारित गर्दै छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ३३.६ प्रतिशत बोनस र करसहित ४.४ प्रतिशत नगद लाभांश प्रस्ताव उक्त सभामा लैजाँदै छ । प्रस्तावित बोनस सेयर पारित पश्चात बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ पुग्ने छ । उक्त लाभांश आगामी पुस १५ गतेसम्म कायम सेयरधनीले मात्रै पाउने छन् । बैंकले आगामी पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले सो भन्दा अघिल्लो कार्यदिनसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्नेले गत आवको लाभांश पाउने छन् । साथै, सभाले संस्थापक सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्दै छ । र, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा मर्जर गर्न वा एक्विजिसन गर्न वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक परेमा सभाले सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।
श्रृजनशील लघुवित्त आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल
काठमाडौं । श्रृजनशील लघुवित्तले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ३ लाख ३७ हजार २५ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ । यसको लागि लघुवित्तले सन्राइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । श्रृजनशील लघुवित्त नेपाल राष्ट्र बैंकबाट ुघु वर्गको इजाजत प्राप्त लघुवित्त हो । यसको गोलबजार ७, चोरहवा( सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको छ ।
‘एनआईबीएल सम्वृद्धि फण्ड-१’ परिपक्व हुँदै, नयाँ स्किम ल्याउने तयारीमा क्यापिटल
काठमाडौं । एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सम्वृद्धि फण्ड-१ आगामी पुस २२ गते परिपक्व हुँदै छ । २०७१ पुसदेखि दोश्रो बजारमा सञ्चालनमा आएको उक्त फण्ड आगामी पुस २२ गतेदेखि परिपक्व हुन लागेको हो । फण्ड व्यवस्थापक एनआईबीएल एस क्यापिटलले ७ वर्षमा परिपक्व हुने गरी एक अर्ब रुपैयाँ बराबरको आकार रहेको उक्त फण्ड जारी गरेको थियो । एनआईबिएल सामूहिक लगानी कोष अन्तगर्तको यो पहिलो योजना समेत हो । ७ वर्षे अवधिमा यो फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) न्यूनतम ९ रुपैयाँदेखि अधिकतम १८.३२ रुपैयाँसम्म पुगेको छ । त्यस्तै, पहिलो योजना परिपक्व हुन लागेसँगै क्यापिटल अर्को नयाँ स्किम ल्याउने तयारीमा छ । क्यापिटलले सामूहिक लगानी कोष अन्तर्गतकै ‘एनआईबिएल ग्रोथ फण्ड’ नामक नयाँ स्किम ल्याउने तयारी गरिरहेको क्यापिटलका म्युचुअल फण्ड प्रमुख पोष्कर बस्नेतले बताएका छन् । उनका अनुसार उक्त फण्डको आकार एक अर्ब ६० करोड रुपैयाँ बराबरको रहने छ । बन्दमुखी प्रकारको यो योजनाको अवधि १० वर्षको रहने क्यापिटलले जनाएको छ । पहिलो योजना परिपक्व हुन लागेसँगै क्यापिटल अर्को नयाँ स्किम ल्याउने तयारीमा छ । क्यापिटलले सामूहिक लगानी कोष अन्तर्गतकै ‘एनआईबिएल ग्रोथ फण्ड’ नामक नयाँ स्किम ल्याउने तयारी गरिरहेको क्यापिटलका म्युचुअल फण्ड एक्टिङ हेड पोष्कर बस्नेतले बताएका छन् । उनका अनुसार उक्त फण्डको आकार एक अर्ब ६० करोड रुपैयाँ बराबरको रहेको छ । जुन १० वर्षे अवधिको बन्दमुखी योजना हो । जुन निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग स्वीकृति माग्दै प्रकृया अघि बढाएको क्यापिटलले जनाएको छ । ‘हाम्रो सामूहिक लगानी कोष अन्तगर्तको पहिलो योजना ‘एनआईबिएल सम्वृद्धि फण्ड १’ यही पुसदेखि परिपक्व हुँदै छ । त्यसको सट्टामा हामीले नयाँ स्कीम ल्याउने तयारी गरेका छौं, जसको लागि बोर्डमा फाइल पठाइसकेका छौं, बोर्डको स्वीकृति पाएपछि हामीले दोश्रो बजारमा एक अर्ब ६० करोड रुपैयाँको नयाँ स्किम ल्याउने छौं,’ बस्नेतले विकासन्युजसँग भने । यससँगै, नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै क्यापिटलले एक करोड ६० लाख इकाईको ‘एनआईबिएल ग्रोथ फण्ड’ निष्काशन तथा बिक्रीमा ल्याउने छ ।