आरएमडीसीको २५ प्रतिशत लाभांश पारित, संचालकमा दुई जना निर्विरोध

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत लाभांश पारित गरेको छ ।लघुवित्तको शुक्रबार सम्पन्न २३ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांश पारित गरेको हो । साधारण सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले प्रस्तुत विवरण अनुसार संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा संचालन मुनाफा रु। ३१ करोड १० लाख आर्जन गरेको छ । साथै उक्त साधारण सभाले भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा आगामी ४ वर्षकोे लागि निर्विरोध चयन गरेको छ । अधिकृत पूँजी १ अर्ब ५० करोड रहेको यस वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख रहेको छ । २० प्रतिशत वोनस शेयर दिने प्रस्ताव स्वीकृत पश्चात संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख पुग्ने छ । यस संस्थाको आ।व।२०७६र०७७ को अन्त्यमा १७३ वटा साझेदार संस्थाहरुसंग ८ अर्ब ६ करोड कर्जा लगानीमा रहेकोमा, आ।व।२०७७र०७८ को अन्त्यमा २९३ वटा साझेदार संस्थाहरुसँग ११ अर्ब ८१ करोड कर्जा लगानीमा रहेको छ । आ।व। २०७७र०७८ को अन्त्य सम्ममा संस्थाले साझेदार संस्थाहरुका करीब ३१ हजार कर्मचारी तथा पदाधिकारीहरु ९ लाख ५८ हजार लघुवित्तमा संलग्न ग्राहक सदस्यहरुलाई तालिम तथा प्राविधिक सहयोग प्रदान गराईसकेको छ ।

विशाल बजार कम्पनीकाे सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडाैं । प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा विशाल बजार कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक गगन बहादुर बि.के र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् । २०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

राष्ट्रिय वाणिज्य बैंककाे ३३ प्रतिशत लाभांश पारित

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले संचालक समितीकाे प्रस्तावित ३३ प्रतिशत लाभांश पारित गरेकाे छ । बैंककाे १६ औं वार्षिक साधारणसभाले ३३ प्रतिशत लाभांश(नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको हाे । साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैंया नगद र ३० प्रतिशतले हुन आउने दुई अर्ब २७ करोड रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको हाे । यसपछी बैंकको कूल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैंया हुने छ । साथै, साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैंया कायम गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभामा अध्यक्ष डा.पाठकले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताए । बैंकको हाल ७७ जिल्लामा २५७ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।