७० अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम बढ्यो, तीन शीर्षकमा कुमारी बैंक अगाडि
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजार दैनिक निरन्तर रुपमा घटेर २६ सय बिन्दु नजिक पुगेको छ । मंगलबारको बजारमा पनि सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशतले घटी हो । बजारमा परिसूचक घटेपनि सेयर कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार भने ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा १८६ कम्पनीसहित कूल २१८ वटा स्क्रिप्टको कारोबार भएको छ । ७५ हजार ३७४ पटकको कारोबारमा कूल १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबारमा आएका कम्पनीमध्ये कुमारी बैंक तीन शीर्षकमा अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको लाभांश घोषणा भएकैदिन कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमको आधारमा मात्रै नभई बैंक कारोबार संख्या र कारोबार कित्ताको आधारमा पनि शीर्ष स्थानमा रहेको छ । कम्पनीको एकैदिन ६ लाख ११ हजार ४८४ कित्ता सेयर ३ हजार ३८४ पटकमा किनबेच भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । दुई कम्पनीका लगानीकर्ताः जसको सम्पत्ति १० प्रतिशतले बढ्यो मंगलबार कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर प्रतिकित्ता ३०३ रुपैयाँमा झरेको छ । लाभांश घोषणा गरेकै दिन कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.३६ प्रतिशत लाभांश घोषणा गरेको हो । यससँगै लगानीकर्ताहरु निराश देखिएका मंगलबारको बजारले प्रष्टाएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा १० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, १७३ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ । ५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ । जसमध्ये अधिकांश हाइड्रोपावर समूहका कम्पनी रहेका छन् ।
दुई कम्पनीका लगानीकर्ताः जसको सम्पत्ति १० प्रतिशतले बढ्यो
काठमाडौं । मंगलबारको बजारमा दुई कम्पनीका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले बढेको छ । दिनभरको कारोबारमा ७० अंकले घटेको बजारमा पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र मैलुङ्ग खोला जलविद्युत कम्पनीका लगानीकर्ताको भर्च्युअल सम्पत्ति १० प्रतिशतले बढेको हो । जसमध्ये सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कम्पनीको सेयर मूल्य १५९.३० रुपैयाँले बढेर प्रतिकित्ता १७५३ रुपैयाँ पुगेको छ । यो लघुवित्तको दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै सेयर मूल्य बढिरहेको छ । शुरुवाती दिनमा सामान्य रुपैयाँले बढेपछि पछिल्ला केहि दिनदेखि भने लघुवित्तको सेयर मूल्यमा दैनिक सर्किट लेभलमा बढिरहेको छ । यससँगै आजको दिनमा संस्थाको १० कित्ता सेयर हुनेको सेयरधनीको सम्पत्ति बढेर १७ हजार ५३ रुपैयाँ पुगेको छ । ७० अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम बढ्यो, तीन शीर्षकमा कुमारी बैंक अगाडि त्यसैगरी, मैलुङ्ग खोला जलविद्युतको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । अघिल्लो दिन प्रतिकित्ता २२६ रुपैयाँमा सेयर कारोबार भएको कम्पनीको सेयर मूल्य एकैदिनमा बढेर प्रतिकित्ता २४८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २२.६० रुपैयाँले बढी हो । त्यस्तै, मंगलबारको टप गेनरको तेश्रो स्थानमा मेगा बैंक रहेको छ । बैंकको सेयर मूल्य १.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३५६.८० रुपैयाँले बढी हो । जुन अघिल्लो दिनको तुलनामा ६.९० प्रतिशतले बढी हो ।
रिज लाईन ईनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । रिज लाईन ईनर्जीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ) जारी गर्ने भएको छ । जसको लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । असोज १२ गते भएको उक्त सम्झौता पत्रमा रिज लाईन ईनर्जीका तर्फबाट वसन्त गिरी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजारको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो । यससँगै कम्पनीले कूल २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ ।