लाभांश पारित गर्न गुराँस लाइफले डाक्यो साधारणसभा, कहिले हुँदैछ बुक क्लोज ?
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले आगामी मंसिर १० गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ बजे काठमाडौंको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा आफ्नो ११औं साधारणसभा बोलाएको हो । सभाले सेयरधनीलाई कूल ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५.५००६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै कार्त्तिक २२ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् । सम्बन्धित समाचार गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने
गणपति लघुवित्तको लाभांश घोषणा, गत दुई वर्षयताकै उच्च
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कार्त्तिक १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनस सेयर पश्चात संस्थाको चुत्तला पुँजी १५ करोड १४ लाख रुपैयाँ नाघ्ने छ । प्रस्तावित २० प्रतिशत लाभांश गत दुई वर्षयताकै उच्च हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५.७९ र आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कूल ७.३६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
नाडेप लघुवित्तले घोषणा गर्यो अघिल्लो वर्षको भन्दा दुई गुणा बढी लाभांश
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेका छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कार्त्तिक १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद (करसहित) लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ४८ करोड ५७ लाख रुपैयाँ पुग्ने छ । प्रस्तावित २१.०५३ प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा दुई गुणा बढी हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई कूल १० प्रतिशत बोनस सेयर मात्रै वितरण गरेको थियो ।